ढुनबहादुर बुढाथोकी
आइतवार, पुष १५, २०७५

नेपाल, कृषिप्रधान मुलुक भईकन पनि यथेष्ट सिँचाइ सुविधाको अभावमा विद्यमान कृषियोग्य भूमिबाट अपेक्षाकृत लाभ लिन सकिएको छैन । जहाँ २६ लाख ४१ हजार हेक्टर जमिन कृषियोग्य रहेकोमा १७ लाख ६० हजार हेक्टर भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउन सकिने अध्ययनले देखाएको छ । परन्तु, सिँचाइ योग्य जमिनमध्ये १५ लाख ९ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध छ, जसमा वर्षभर सिँचाइ सुविधा भने ५ लाख ५७ हजार हेक्टरमा मात्र उपलब्ध हुन सकेको छ । परिणामतः कृषि ६५ प्रतिशत नेपालीको मुख्य पेसा भईकन पनि वार्षिक १ खर्ब अधिकको कृषि वस्तु आयात गर्नुपर्ने बाध्यता छ ।

1023
डा. चन्द्रमणि अधिकारी
आइतवार, पुष १५, २०७५

विगत डेढ दशकको तथ्यांक केलाउँदा कुनै–कुनै वर्ष आक्कलझुक्कलबाहेक नेपालको वार्षिक आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा सीमित छ । कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान ३७ बाट २८ प्रतिशतमा झरेको छ भने समग्र उद्योगको योगदान १८ बाट १४ प्रतिशतमा खस्किन पुगेको छ । त्यसमा पनि उत्पादनमूलक उद्योगको योगदान झन्डै ९ प्रतिशतबाट झरेर ५ प्रतिशतको वरिपरि पुग्न गएको छ । यस अवधिमा व्यापारघाटा अनुपात २.५ गुणाले र पैठारी १.५ गुणाले बढेको छ ।

1012
भगवान खनाल
शुक्रवार, पुष १३, २०७५

सिंहदरबारभित्र र बाहिर अहिले सरकारले पुसभित्रै बनाउँछु भनेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग(एनएनआरएफसी) बारेमा चर्चा चलिरहेको छ । पुस पहिलो साता सम्पन्न पहिलो अन्तरप्रदेश परिषद् बैठकको केही निर्णयहरूमध्ये एनएनआरएफसीको गठन पुसभित्रै गर्ने भन्ने पनि हो । यसैले धेरैको चासो यस आयोगको अध्यक्षलगायतका पदाधिकारीमा सरकारले कसलाई चयन गर्नेछ भन्नेमा छ ।

738
कारोबार संवाददाता
शुक्रवार, पुष १३, २०७५

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानीले राजधानीका सडक पखालिदिने उद्घोष गरेर २०५६ सालमा सुरु भएको राजधानीवासीको खानेपानीको सपनाका रूपमा रहेको चर्चित तथा बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न भई राजधानी ल्याइने भनिएको पनि २० वर्ष बितिसक्यो, तर अहिलेसम्म पनि योजना सम्पन्न हुन नसक्दा सपना बिपनामा परिणत हुन सकेको छैन ।

693
प्रा. डा. हरि शर्मा
शुक्रवार, पुष १३, २०७५

विश्वमा भगवान् गौतम बुद्धका अनुयायी (बुद्धमार्गी) को संख्या झन्डै ४९ करोड रहेको विश्वास गरिन्छ । महायान, थेरावाद र बज्रयान पथमा अग्रसर यी सबै बुद्धमार्गी जीवनमा एकपटक भगवान् बुद्धको जन्मस्थल देवभूमि नेपालमा अवस्थित पवित्र लुम्बिनी पुग्ने इच्छा राख्छन् । गत वर्ष मात्रै स्वेदशी तथा विदेशी गरी कुल १० लाख मानिसले लुम्बिनी भ्रमण गरेका थिए ।

712
कारोबार संवाददाता
बिहिवार, पुष १२, २०७५

एसियाली अर्थतन्त्र २०१९ मा २०१८ को दाँजोमा मन्द दरमा वृद्धि हुने देखिएको छ । धेरैजसो अर्थतन्त्र ओभरहिटिङ हुने अवस्थामा छैनन् । आर्थिक वृद्धिलाई सहयोग गर्नका लागि ब्याजदर न्यून हुने देखिएको छ ।

818
कारोबार संवाददाता
बिहिवार, पुष १२, २०७५

नेपालको संविधान (२०७२) को धारा ४३ प्रदत्त सामाजिक सुरक्षाको हकले आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भन्ने संवैधानिक प्रत्याभूति दिएको छ ।

814
हरिश चन्द
बुधवार, पुष ११, २०७५

खेतलाई छोएर सुसाउँदै महाकाली नदी बग्छ, तर खेतको होचो भाग किनारलाई छोएर बग्ने महाकालीको पानी खेतसम्म नपुग्दा स्थानीयले आकाशे पानीको भरमा बर्खामा रोपाइँ गर्ने र हिउँदमा गहुँ छर्ने गरेका छन् ।

693
अनन्त सदाबहार
बुधवार, पुष ११, २०७५

बेलायतबाट सुरु भएर युरोपभरि फैलिएको औद्योगिक क्रान्ति (१७६० देखि १८४०) को प्रभाव स्वरूप पुँजीपति र मजदुर वर्गको उदय भयो । औद्योगिक क्रान्तिले तत्कालीन समाजमा पारेको विभिन्न प्रकारका प्रभावप्रति फरक–फरक व्यक्तिले फरक तरिकाले प्रतिक्रिया जनाए ।

1078
गम्भीरबहादुर हाडा
बुधवार, पुष ११, २०७५

नेपालजस्तो विकासोन्मुख मुलुकको बढ्दो आवश्यकता पूरा गर्न कर, सरकारी महसुल तथा सार्वजनिक संस्थानहरूबाट प्राप्त मुनाफा आदि आय स्रोतहरू अपर्याप्त हुन्छन् । यस्तो अवस्थामा सरकारले आन्तरिक र बाह्य स्रोतबाट पनि ऋण लिएर खर्च गर्नुपर्ने आवश्यक रकम पूरा गर्नुपर्ने हुन्छ ।

1027
सुदर्शन अधिकारी
मंगलबार, पुष १०, २०७५

मानवको जन्मपश्चात् उसको आफ्नो शारीरिक तथा मानसिक विकासमा उचित रेखदेख भएन भने बाल्यकालदेखि नै विविध समस्या र अवरोधको सामना गर्नुपर्ने अवस्थाको सिर्जना हुन सक्छ । तसर्थ बालक जम्मेदेखि नै उसको राम्रो हेरचाह खानपान र दुई वर्षपश्चात् सामान्य सिकाइका चरणहरूप्रति आकर्षित गर्नुपर्छ ।

806
गजेन्द्र बुढाथोकी
मंगलबार, पुष १०, २०७५

देशमा लामो समयसम्म व्याप्त सशस्त्र द्वन्द्व र राजनीतिक अस्थिरताका कारण देशमा छाया अर्थतन्त्र व्यापक रूपमा मौलाउँदै गएको छ । छाया अर्थतन्त्रबारे अनेकन परिभाषा छन्, कसैले यसलाई भूमिगत अर्थतन्त्र (अन्डग्राउन्ड इकोनोमी) भन्ने गरेका छन् भने कसैले कालो (ब्लाक इकोनोमी), चोरीचकारीका अर्थतन्त्र (ग्रे इकोनोमी) ।

1343
ढुनबहादुर बुढाथोकी
सोमवार, पुष ९, २०७५

सन् १९८० ताकाबाट आर्थिक समृद्धिको पथमा लम्कन थालेको भारतले सन् १९९० को दशकबाट बृहत् आयोजनाहरू अगाडि सारेको पाइन्छ । खासगरी सन् १९९८ ताका तत्कालीन प्रधानमन्त्री अटलबिहारी वाजपेयीले राष्ट्रिय राजमार्गलगायतका कैयन् महŒवपूर्ण आयोजनाहरू अगाडि सारे ।

680
डा. वामदेव सिग्देल
सोमवार, पुष ९, २०७५

सन् १९७० को दशकसम्म विकासोन्मुख मुलुकका रूपमा रहेको चीन अहिले विकसित मुलुकको अग्रपङ्क्तिमा रहेको छ । चीनले गरेको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास नेपाललगायतका अल्पविकसित तथा विकासोन्मुख मुलुकका लागि नमुना तथा अनुकरणीय छ । दूरदर्शी राजनेता तेङस्याओ पेङले चिनियाँ अर्थतन्त्रलाई क्रमशः खुला र उदार तुल्याउँदै सुधारका कार्यक्रम अघि सार्दै गएबाट चीनले ‘एक मुलुक दुई खाले आर्थिक पद्धति’ अपनाउँदै आएको पाइन्छ ।

666
कारोबार संवाददाता
आइतवार, पुष ८, २०७५

मुुलुकभित्र रहेका विभिन्न क्षेत्रका नागरिकहरूबीच जीवनस्तरमा समानता छैन । आर्थिक रूपमा होस् वा सामाजिक, राजनैतिक रूपमै पनि मुलुकभित्रका सबै नागरिकको समान र सन्तुलित पहुँच छैन । एकीकृत प्रादेशिक विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्ने राज्यको रणनीति अधुरो छ ।

573