कारोबार संवाददाता
बिहिवार, आश्विन ४, २०७५

नेपाल राजनीतिक संक्रमणबाट गुज्रिरहदा आमनेपाली नागरिक यसबाट कहिले पार पाइएला र विकासले गति लेला भनेर कुरेर बसिरहेका थिए । तर, संविधान कार्यान्वयन भएर स्थिर सरकार बनेपछि विकास अघि बढ्ला कि भन्ने लागेको छ । स्थिर सरकारले पनि अब आर्थिक क्रान्ति अघि बढाउनुपर्छ भन्दैछ ।

1243
कारोबार संवाददाता
बिहिवार, आश्विन ४, २०७५

सामान्यतया मानिसका आधारभूत आवश्यकताहरूको परिपूर्तिका लागि आवश्यक पर्ने रकम र यसको उचित व्यवस्थापन गर्ने प्रणालीलाई अर्थतन्त्रका रूपमा बुझ्न सकिन्छ, अर्थात् मानिसका आधारभूत आवश्यकताका वस्तु तथा सेवाको उत्पादन, विनिमयका माध्यमबाट बिक्री–वितरण र यसको उपभोगको व्यवस्थापन गर्ने आर्थिक प्रणाली नै अर्थतन्त्र हो ।

2393
डा. भरतराम ढुंगाना
बुधवार, आश्विन ३, २०७५

वित्तीय समावेशीकरणमा वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाहरूको भूमिका महत्वपूर्ण रहे पनि अधिकांश यस्ता संस्थाहरू बढी मुनाफा आर्जन गर्ने उद्देश्यले सहरी तथा अर्धसहरी क्षेत्रहरूमा सीमित रहेको पाइन्छ । वाणिज्य बैंकलगायत अन्य वित्तीय संस्थाहरूको संख्या तथा शाखाहरूको विस्तारमा हरेक वर्ष उल्लेखनीय रूपमा वृद्धि हुँदै आए पनि ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसले बैंकिङ तथा वित्तीय सेवाहरू सहज रूपमा प्राप्त गर्न नसक्नु वित्तीय क्षेत्रको एउटा प्रमुख चुनौती हो । वित्तीय पहुँच क्षेत्रगत रूपमा विश्लेषण गर्दा प्रदेश ६ र ७ मा सन्तोषजनक छैन ।

2519
प्रकाश शर्मा ढकाल
बुधवार, आश्विन ३, २०७५

नेपालको अर्थतन्त्रका प्रमुख आधार कृषि, ऊर्जा र पर्यटन हुन् । यसमा पनि पर्यटन क्षेत्र नेपालका लागि तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक लाभयुक्त क्षेत्र हो । नेपालको अर्थतन्त्रमा यस क्षेत्रको वास्तविक योगदानको आँकडा अहिले न त तथ्यांक विभागसँग रहेको छ, न त पर्यटन मन्त्रालयसँग नै ।

1513
गम्भीरबहादुर हाडा
मंगलबार, आश्विन २, २०७५

रसरकारी संस्थाहरू विशेष वर्ग र व्यवसायको हितका लागि स्वस्फूर्त रूपमा स्थापना र सञ्चालन हुने आपसी सद्भाव तथा समझदारीका आधारमा आफ्ना कार्यक्रमहरू अगाडि बढाउने हुँदा सरकारी क्षेत्रका तुलनामा बढी गतिशील, व्यावहारिक प्रभावकारी तथा कर्तव्यनिष्ठ भई कुनै पनि राष्ट्रको उत्थान र चौतर्फी विकास अभियानमा आफ्ना विविध कार्यक्रमको कार्यान्वयनद्वारा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्ने मान्यता रहिआएको छ ।

2609
गजेन्द्र बुढाथोकी
मंगलबार, आश्विन २, २०७५

देशमा न पर्याप्त सरकारी लगानी छ, न त उद्योग–व्यवसायको नै विस्तार भएको देखिन्छ । रोजगारी सिर्जना त परै जाओस्, अलिअलि काम गरिरहेका युवावर्ग पनि हरेक दिन लर्को लागेर विदेश पलायन भइरहेका छन् । कृषिक्षेत्रको उत्पादनको अवस्था हेर्यो भने विरक्त लागेर आउँछ ।

1692
रमेश घिमिरे
सोमवार, आश्विन १, २०७५

नेपालमा निर्दोष व्यक्तिको हत्या भएका तर हत्यारा पत्ता नलागेका धेरै घटना भएका छन् । प्रहरीले जनाएअनुसार भन्दै फलानो ठाउँमा मृत अवस्थामा फलानो व्यक्ति वा पहिचान नखुलेको व्यक्ति भेटियो भन्ने समाचार सार्वजनिक हुने गर्छन् । तर, कुनै–कुनै घटनामा मात्र अपराधी पत्ता लगाएर कारबाही गर्नुपर्छ भनेर समाजले आवाज उठाएको देखिन्छ ।

1395
कारोबार संवाददाता
सोमवार, आश्विन १, २०७५

चालू आव ०७५/७६ को पहिलो महिनामा मुलुकले १ खर्ब, १३ अर्ब ६८ करोड रुपैयाँबराबरको व्यापारघाटा बहोरेको आँकडा भन्सार विभागले केही दिनअघि सार्वजनिक गर्यो ।

1384
कारोबार संवाददाता
आइतवार, भदौ ३१, २०७५

व्यापार, विकास र मानवअधिकारको बहस गर्दा तीनवटा सरोकारवाला प्रत्यक्ष जोडिन आउँछन् । व्यापारमा निजी क्षेत्र, विकासमा सरकार र मानवअधिकारमा नागरिक । व्यापार, विकास र मानवअधिकारमा प्रमुख सरोकारवाला फरक–फरक भए पनि यी तीनवटै विषयमा सरकार, निजी क्षेत्र र नागरिकको भूमिका सँगसँगै रहन्छ ।

1546
डा. सुमनकुमार रेग्मी
आइतवार, भदौ ३१, २०७५

सुपारीका उत्पादन र उत्पादनलाई असर गर्ने विकृति बढ्दै आएको चित्रण यथार्थ हो । नेपालमा मात्र उत्पादन हुने सुपारीको परिमाण वर्षमा पुग–नपुग ५–६ हजार मे.टन मात्रै रहेको व्यापारीहरूको भनाइ छ, तर झापामा मात्र ९ हजारभन्दा बढी मे.टनको परिमाणमा निर्यातको सिफारिस गरिएको विगतमा देखिन्छ । सुपारी फल्ने भनिएका जिल्ला झापा र मोरङका बगानमा यतिको परिमाणमा सुपारी फल्नु आश्चर्यजनक बताइन्छ, तर पूर्वी क्षेत्रमा वार्षिक करिब १५ हजार टन सुपारी उत्पादन हुने अनुमान छ ।

2393
प्रकाश पाक्साँवा
शुक्रवार, भदौ २९, २०७५

लालीगुराँस नगरपालिकाको नौसंसारेकी विष्णु सुवेदीको हातका आंैला फुटेर चिराचिरा भएका छन् । हातैभरि घाउको दाग अनि औंलाको काप पाकेका छन् । यो सबै हुनुको कारण विष्णुले चियाबगानमा काम गर्नु हो ।

1365
उदय रानामगर
शुक्रवार, भदौ २९, २०७५

व्यापारलाई देशको आर्थिक विकासको इन्जिनका रूपमा लिने गरिन्छ । मुलुकमा रोजगारी सिर्जना गरी जनताको जीवनस्तर उकास्नुका साथै गरिबी न्यूनीकरण कार्यमा व्यापारको ठूलो भूमिका रहेको छ । अहिलेको विश्वमा अर्थतन्त्रलाई गतिशील बनाउन व्यापारको महŒवपूर्ण भूमिका रहेको छ । सन् २०१६ को तथ्यांकअनुसार विश्वमा वस्तु तथा सेवा व्यापारको आकार झन्डै २१ ट्रिलियन अमेरिकी डलर पुगेको छ, जसमा अतिकम विकासशील देशको योगदान भने १ प्रतिशतमा मात्र रहेको छ ।

2996
कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५

नेपालमा हाल व्यापक रूपमा बोलिने, सुनिने र पढिने शब्द हो— समृद्धि । नेताहरूको भाषणमा, विज्ञ र विद्वान्हरूको लेख तथा छलफलहरूमा र सरकारी तथा गैरसरकारी संस्थाका रिपोर्टहरूमा दिनहुँजसो समृद्धिका बारेमा सुन्न र पढ्न पाइन्छ ।

2164
कारोबार संवाददाता
बिहिवार, भदौ २८, २०७५

मन्थली नगरपालिकाको नगर शिक्षा समितिले ६९ जना शिक्षकको अव्यावहारिक ढंगबाट सरुवा गरेको भन्दै बुधबार सम्बन्धित निकायहरूमा ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले जिल्ला समन्वय समिति, मन्थली नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ, रामेछापमा सरुवा र दरबन्दी मिलानको विरोधमा ज्ञापनपत्र बुझाएको हो ।

2994
ढुनबहादुर बुढाथोकी
बिहिवार, भदौ २८, २०७५

अहिले बजारमा रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको चर्चा–परिचर्चा छ । रक्सौल–काठमाडौं रेलमार्गको विषय प्रवेश गर्नुपूर्व भारतमा रेल सेवाको विरासत बुझ्नु उपयुक्त हुन्छ । भारतमा त्यतिबेलै रेलसेवा सुरु भएको थियो, जतिबेला भारतमा अंग्रेजको जगजगी थियो । भारतीय भूमिमा पदार्पण गरेको पहिलो रेल भने यात्रुवाहक थिएन, मालवाहक थियो । पहिलो पटक सन् १८५१ डिसेम्बर २२ मा गुडेको रेल मालवाहक थियो भने त्यसको दुई वर्षपश्चात् सन् १८५३ मा यात्रुवाहक रेल सञ्चालनमा आएको थियो ।

2761