गजेन्द्र बुढाथोकी
मंगलबार, मंसिर २६, २०७४

नेपालमा विश्व बैंकको अर्को विफल परियोजनाको नाम थपिएको छ– गरिबी निवारण कोष । परियोजनाको म्याद औपचारिक रूपमा सकिने भएको र विश्व बैंकले यसका लागि थप लगानी नगर्ने जनाउ दिइसकेकाले यसको भविष्य अन्योलमा परेको छ । अर्थमन्त्रालयका एक जना वरिष्ठ अधिकारी केवल भण्डारीले ट्विटरमा लेखका छन्– “परियोजनाको अवधि समाप्त हुने भएकाले परियोजना स्वतः अन्त हुन्छ । म चैं सोचमग्न छु, यसबाट अपेक्षित रूपमा गरिबी निवारण उल्लेख्य हुन नसकेकोमा बितेको समयको हिसाब कसरी दिने भनेर ?” यो परियोजनाका लागि भनेर विश्व बैंकले तीन चरणमा गरी करिब २२ अर्ब रुपैयाँ लगानी गरेको थियो ।

1219
कारोबार संवाददाता
सोमवार, मंसिर २५, २०७४

मंसिर १० गते प्रथम र २१ गते दोस्रो चरणमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि २०७२ असोज ३ गते संविधानसभाद्वारा जारी संविधानअनुरूपको संवैधानिक व्यवस्थाबमोजिम तीनै तहका जनप्रतिनिधिमूलक संस्थाको गठन भएको छ । नयाँ संरचनाअनुसारको जनप्रतिनिधित्वको यस व्यवस्थासँगै मुलुक लामो संक्रमणकालबाट मुक्त भएको छ । यससँगै अब संविधानको भावनाबमोजिम मुलुकको शासन व्यवस्था सञ्चालन हुने अपेक्षा गरिएको छ ।

1616
कमल रेग्मी
सोमवार, मंसिर २५, २०७४

एउटै बिमालेखका माध्यमबाट जोखिम एवं लगानी समेटेर सञ्चालन गरिने बिमालेख नै युनिप लिंक बिमा योजना हो । अर्को शब्दमा जोखिम रक्षावरण एवं धितोपत्रका विभिन्न संयन्त्रमा लगानी गरी मिश्रित रूपमा लाभ लिन सकिने प्रकृतिको बिमालेख नै युलिप हो । बिमालेखबापत बिमितले प्राप्त गरेको बिमा शुल्कमध्ये निश्चित रकम मोटालिटी जोखिम खर्च, व्यवस्थापन खर्च र अन्य तोकिएका खर्च कट्टा गरी बाँकी रहेको बिमा शुल्क विभिन्न फन्ड (इक्विटी फन्ड, डेब्ट फन्ड, ब्यालेन्स फन्ड, मनि मार्केट फन्ड, ग्रोथ फन्ड, इन्कम फन्ड, डाइभर्सिटी फन्ड) मा बिमक (बिमा कम्पनी) का फन्ड व्यवस्थापन अधिकृतको प्राविधिक राय, परामर्श, सल्लाह, सुझावमा बिमित (बिमालेख खरिद गर्ने व्यक्ति, संस्था) ले चाहेको फन्डमा बिमकले लगानी गरिदिने गर्छ ।

1179
एकराज पाठक
आइतवार, मंसिर २४, २०७४

तीन वर्षअघि नेपालमा सम्पन्न अठारौँ शिखर सम्मेलनले संशोधन गर्नुअघि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कको बडापत्रमा यसको शिखर सम्मेलन प्रत्येक वर्ष र आवश्यकता परेमा त्यो भन्दा चाँडो आयोजना गर्न सकिने प्रावधान थियो । तर, आयोजना गर्ने भनिएका देशहरूका आन्तरिक कारण या सदस्य राष्ट्रहरूकै विवादका कारण शिखर बैठक नै समयमा सम्पन्न हुन सकेको छैन ।

993
रमेश घिमिरे
आइतवार, मंसिर २४, २०७४

नेपालमा कम्युनिष्ट दलभित्रका चिन्तक, युरोपेली समुदाय र चीन तीनै पक्ष कम्युनिष्ट एकता होस् भन्ने चाहन्थे भन्ने खुलेको सत्य हो । तर, अहिले यी पक्षहरू एक ठाउँमा बसेर वा कुनै दुई पक्ष एक ठाउँमा आएर वा स्वदेशी पक्ष मात्र एक ठाउँमा आएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको कोर्स अघि बढेको हो भन्ने खुलेको छैन ।

845
पदमराज अवस्थी
बिहिवार, मंसिर २१, २०७४

देशमा चुनावी वातावरण बढ्दै जाँदा मूलधारका राजनीतिक दलहरूले भोट माग्ने प्रमुख अस्त्रका रूपमा सामाजिक बिमा तथा सामाजिक सुरक्षाका कार्यक्रमहरूको प्रयोग गर्दै आएका छन् । अहिले १ सय ४० भन्दा बढी देशमा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालनमा आएका छन् ।

917
प्रकाश शर्मा ढकाल
बिहिवार, मंसिर २१, २०७४

आन्तरिक तथा बाह्य व्यापार प्रवद्र्धन तथा विस्तारका लागि पर्याप्त अवसर तथा सम्भावना हुँदाहुँदै पनि नेपालको निर्यात व्यापारले अपेक्षित सफलता हासिल गर्न सकेको छैन । आयात प्रतिस्थापन गर्ने वस्तु उत्पादनमा वृद्धि हुन नसक्दा आयात बढ्दै गएको छ । पछिल्लो एक दशकको तथ्यांक मात्र केलाउने हो भने पनि निर्यात २१-२२ प्रतिशतले वृद्धि हुँदा आयात झन्डै ३ सय प्रतिशतले र व्यापारघाटा ४ सय २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

1031
ढुनबहादुर बुढाथोकी
शुक्रवार, मंसिर २२, २०७४

१९७० ताका सुरु भएको दूरसञ्चार सेवाले अनेकन् आरोह–अवरोह पार गरिसकेको छ । २०४० को दशकमा डिजिटाइजेसन हुनु, २०५२ ताका अप्टिकल फाइबर बिच्छ्याउने कार्य हुनु, २०५६ मा जीएसएम मोबाइल प्रारम्भ हुुनु, २०५७ मा इन्टरनेट सुरु हुनु, २०६० को दशकमा ५ वटा निजी क्षेत्र प्रविष्ट हुनु, २०६६ मा थ्रीजी, २०६९ मा वाईम्याक्स, २०७३ मा फोरजी सेवा भित्रिनु दूरसञ्चार क्षेत्रका घुम्ती हुन् । दूरसञ्चार क्षेत्रमा नीतिगत उदारीकरणका कारण युनाइटेड टेलिकम लिमिटेड, तत्कालीन ऐनसेल प्रालि, एसटिएम टेलिकम सञ्चार प्रालि, नेपाल स्याटेलाइट टेलिकम प्रालि, स्मार्ट टेलिकम प्रालि स्थापना भएका हुन् ।

1053
नारायण पौडेल
शुक्रवार, मंसिर २२, २०७४

नेपाल विभिन्न राजनीतिक आरोह–अवरोहहरू पार गर्दै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गराउने अत्यन्तै संवेदनशील मोडमा रहेको छ । संविधानमार्फत एकात्मक शासन व्यवस्थालाई विस्थापित गरी संघीय शासन व्यवस्थालाई आत्मसात् गरिएको वर्तमान अवस्थामा मुलुकलाई आर्थिक रूपले सबल बनाउन संघीय आर्थिक संरचना निर्माण गर्नु अपरिहार्य भए पनि यसको व्यवस्थापनमा निकै ठूलो चुनौती देखिएको छ ।

1600
कारोबार संवाददाता
बुधवार, मंसिर २०, २०७४

नेपालमा लगानी प्रवद्र्धनका लागि सरकारको स्थायित्व र नीतिहरूको निरन्तरतामाथि धेरै अघिदेखि नै स्वयं लगानीकर्ता एवं विज्ञहरूले औंल्याउँदै आएका छन् । लगानी प्रवद्र्धनका लागि लगानीमैत्री वातावरणसँगसँगै सरकारको स्थायित्व र नीतिहरूको निरन्तरता अपरिहार्य पूर्वसर्त पनि हुन् । यही तथ्यमाथि जोड दिंदै पछिल्लो पटक नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारको स्थायित्व र नीतिगत निरन्तरताको आवश्यकता औंल्याएकी थिइन् ।

1038
प्रा.डा. विकाशराज सत्याल
बुधवार, मंसिर २०, २०७४

प्रत्यक्ष प्रभाव नदेखिए पनि प्रदूषणले अर्थतन्त्रमा गहिरो प्रभाव पार्छ । संसारमा बढ्दो प्रदूषणको मात्राबाट विकसितदेखि विकासोन्मुख सबै राष्ट्र पीडित बनेका छन् । विकसित राष्ट्रमा यसबारे चर्चा, अनुसन्धान र राजनीतिक बहस निकै चल्छ । युरोपेली राष्ट्रहरूमा कैयौं पटक वातावरण विनाश र प्रदूषणको मुद्दामा सरकार हारेको, जनतासँग आफ्नो भूलका लागि क्षमा मागेको र विरोधी दललाई सरकारमा सामेल समेत गरेको भेटिन्छ । युरोपका धेरै देशमा सानो तर प्रभावकारी बनेका ग्रिनपार्टी छन् जसको मुख्य एजेन्डा संसद्मा वातावरण विनाश र प्रदूषणको मुद्दा उठाउने र ठूला दल र जनतालाई सचेत गराउने हुने गर्छ ।

1274
कारोबार संवाददाता
मंगलबार, मंसिर १९, २०७४

छिमेकी राष्ट्र भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक अब्दुल जे कलामले सन् २००६ को अगस्ट १० गते नयाँ दिल्लीमा जन्नापिथ पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दा भनेका थिए, “मेरो मृत्युमा कुनै बिदा घोषणा नगर्नु, बरु थप एक दिन बढी काम गर्नु ।” कर्मशीलहरू कामलाई सम्मान गर्दा आफू सम्मानित भएको ठान्छन् तर हाम्रो देशमा चाहि“ सार्वजनिक बिदालाई प्रतिष्ठाको विषय बनाउने प्रचलन बढ्दै जाँदा पूरै देश ठप्प पार्ने सार्वजनिक बिदाको संख्या दिनानुदिन बढ्दै जान थालेको छ ।

1987
गजेन्द्र बुढाथोकी
मंगलबार, मंसिर १९, २०७४

आर्थिक विकासका दृष्टिले नेपाल अब समृद्धिको बाटोतर्फ लम्कने संकेतहरू देखिन थालेका छन् । राजनीतिक संक्रमणकै नाममा करिब सात दशक विभिन्न खालका प्रयोगमै बित्यो । यसबीचमा मुलुकको विकास पनि प्रयोगवादी नै रह्यो । नेपालका लागि कुन मोडलको कस्तो विकास रणनीति चाहिन्छ भन्ने विषयमा स्पष्टता नै रहेन । शासकहरूजस्ता आए उनीहरूले त्यहीअनुसारको विकास मोडलको सिफारिस गर्ने, आफूअनुकूलका विज्ञ वा प्रशासकलाई नियुक्त गरी तिनले सिफारिस (प्रेस्क्राइब) गरेको विकास मोडल नै अपनाउने प्रवृत्ति रहँदै आयो ।

2651
रमेश घिमिरे
सोमवार, मंसिर १८, २०७४

नेपालमा सबैभन्दा दु्रत गतिमा फैलिरहेको गल्ली–गल्ली र गोरेटोसम्म पुगेको बिजनेस स्मार्ट मोबाइल सेट, ल्यापटप कम्प्युटर र इन्टरनेट हो । सूचना–प्रविधि भनेको मुख्यतः यिनै तीन चिजको संयोजन हो । यसका प्रयोगकर्ता हरेक वर्ष दोब्बर बढेको पाइन्छ । नेपालमा सूचना–प्रविधि प्रयोग गर्नेको आधार संख्या कम भएको हुनाले वृद्धि दु्रत देखिएको हो । सूचना–प्रविधिसम्बन्धी सामग्रीको मूल्य एकातिर हरेक वर्ष घट्दै जाने र अर्कातर्फ त्यसको प्रयोग गर्ने विधि तथा उपयोगिताबारे सर्वसाधारणले पनि बुभ्mदै गएकाले यसको प्रयोग बढेको हो ।

1085
प्रा.डा. कमलराज ढुंगेल
सोमवार, मंसिर १८, २०७४

कुनै पनि अर्थतन्त्रका चार अंग उपभोग, उत्पादन, विनिमय र वितरण हुन्छन् । यी सबैको क्रियाशीलता सन्तुलित ढंगले हुँदा मात्र देश विकासले पाइला चाल्न सक्छ । आर्थिक समृद्धि प्राप्त हुन्छ । नागरिकको जीवनस्तरमा बढोत्तरी हुन्छ । दरिद्रता हट्छ र स्वच्छ समाजको परिकल्पना गर्न सकिन्छ । आर्थिक जगत्का यी सबै अंगमध्ये उत्पादन र उपभोग प्रारम्भिक अंगका रूपमा रहेका हुन्छन् । उपभोगका निम्ति उत्पादन जरुरी हुन्छ । कुनै वस्तु वा सेवा एउटा अवस्थाबाट अर्को अवस्थामा रूपान्तरण गर्नुलाई उत्पादन भनिन्छ । उत्पादित वस्तु तथा सेवालाई निश्चित मूल्यमा बजारमार्फत उपभोक्ताहरूसमक्ष पुर्याउने कार्य विनिमयले गर्छ । उपभोक्ताहरूले आफ्नो आवश्यकताअनुसार मुद्राको माध्यमद्वारा खरिद गर्छन् ।

1159