कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

शिक्षा समग्र विकासको मेरुदण्ड हो, त्यसैले शिक्षालाई हरेक राज्यले महŒव दिएको हुन्छ । आज सर्वत्र शिक्षाको विकासका बारेमा व्यापक चर्चा पनि हुने गरेको छ । शिक्षा नै त्यस्तो महŒवपूर्ण विषय हो जसले समस्यालाई समाधान गर्दै स्तरीय जीवनयापन गर्न सिकाउँछ । समुदायभित्रकै व्यक्तिको नेतृत्व तथा व्यवस्थापनमा समुदायकै विद्यार्थी अध्ययन गर्ने कलेजलाई सामुदायिक कलेज भनेर चिनिन्छ ।

103
कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

जाति तथा उत्पत्ति, पेसा, वर्ण, लिङ्ग, अनि क्षेत्रका आधारमा गरिने भेदभाव नै जातीय विभेद हो । जातीयताका आधारमा सार्वजनिक स्थान, मठमन्दिर, पूजाआजा, भोजभतेर, पाटीपौवा, सेवा प्रवाहमा प्रवेश गर्न निषेध गरिने, प्रतिबन्ध लगाउने, बहिष्कारमा पारी दुव्र्यवहार गर्नु नै छुवाछूत हो । यो सामाजिक अपराध हो । जातीय भेदभाव तथा छुवाछूतविरुद्धको कसुर मानव मर्यादाविरुद्धको कसुर हो । यस्तो कसुरमा कसुरदारलाई सजायको भागीदार बनाइन्छ ।

225
गजेन्द्र बुढाथोकी
मंगलबार, कार्तिक २६, २०७६

आवर्तमान विश्वव्यापी खुला बजार अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका उल्लेख्य मानिन्छ । अझ निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य संवाहक (ड्राइभिङ फोर्स) नै मानिन्छ । नेपालको हकमा निजी क्षेत्र, अझ पछिल्ला वर्षहरूमा, सोचेजस्तो सबल रूपमा प्रस्तुत हुन नसकेको देखिँदै आएको छ । नेपालमा औद्योगीकरणको गति वि.सं. १९९२ बाटै आरम्भ भइसके पनि २०४२ सालपछि अवलम्बन गरिएको वित्तीय उदारीकरण र २०४६ सालपछि अवलम्बन गरिएको आर्थिक उदारीकरणपछि नेपालको निजी क्षेत्रले गति लिन थालेको हो ।

207
कारोबार संवाददाता
सोमवार, कार्तिक २५, २०७६

आजभन्दा दुई–तीन वर्षअघिसम्म विद्युत्को उत्पादनमूलक क्षेत्रमा प्रयोग भन्ने विषयमा चर्चा–परिचर्चा गर्नु आवश्यक थिएन । तीन वर्षअघिसम्म मुलुक लोडसेडिङले आक्रान्त थियो, तर अब अवस्था फेरिएको छ । विद्युत्को अभाव घटेको छ र बिजुलीको प्रयोग ढुक्कसँग गर्न पाएको छौं । हामी बिस्तारै बिजुलीमा आत्मनिर्भर हुन् सक्छौ भन्ने आशा पलाएको छ ।

1560
ढुनबहादुर बुढाथोकी
सोमवार, कार्तिक २५, २०७६

सन् १९४७ मा भारत बेलायती साम्राज्यबाट स्वतन्त्र भयो । सन् १९५२ देखि पञ्चवर्षीय योजना अवलम्बन ग¥यो । योजनाबद्ध आर्थिक विकासको अवधारण भारतका निमित्त फलिफाप बन्न पुग्यो । सन् १९८० को अवधिमा समाजवादमा आधारित अर्थव्यवस्था अवलम्बन गरेको भारतले सन् १९९० मा आइपुग्दा बजारमुखी अर्थव्यवस्था अंगीकार गर्न पुग्यो ।

263
डा. टीकाराम पोखरेल
सोमवार, कार्तिक २५, २०७६

सुखी नेपाली समृद्ध नेपाल वर्तमान सरकारको लोकप्रिय नारा हो । नारा मीठो छ र त लोकप्रिय छ । यो नारा सरकारका समर्थकहरूको त मुखैमा झुन्डिएको छ । सरकारी कार्यालयका दस्तावेजमा पानैपिच्छे यो नारा देख्न–पढ्न पाइन्छ । प्रचार हेर्दा यो नारालाई सार्थक बनाउन सरकारको ध्यान नगएको भन्न सकिन्न ।

244
कारोबार संवाददाता
आइतवार, कार्तिक २४, २०७६

हामी सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’का रूपमा मनाउँदैछौं, जुन सन्निकट (दुई महिनापछि) आउँदैछ । सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने हाम्रो लक्ष्य छ । तर, नेपाल आइरहेका विदेशी पर्यटकको हालसम्मको आगमन दर हेर्दा सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउन साँच्चै कठिन छ । किनभने, हालै नेपाल पर्यटन बोर्डले अध्यागमन विभागको हवाला दिँदै निकालेको तथ्यांकअनुसार सन् २०१८ को १० महिनामा नेपाल भ्रमण गर्न आएको विदेशी पर्यटकको संख्या र २०१९ को १० महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्यामा झिनो अंकले मात्रै वृद्धि भएको छ ।

286
भुवन थापा
आइतवार, कार्तिक २४, २०७६

सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीकमात्र नभई आधुनिक नेपालका लागि गर्विलो इतिहास बोकेको स्थल पनि हो । अर्थात सिन्धुलीगढी नेपाल–अंग्र्रेज युद्धको जीवित दस्तावेज हो । नेपालको ऐतिहासिक राष्ट्रिय पहिचान बोकेको तथा विदेशी हमलालाई परास्त गराई राष्ट्रिय स्वाभिमानलाई सधैँ उँचो बनाएको सिन्धुलीगढीले आधुनिक नेपालको निर्माणमा उत्तिकै महत्वपूर्ण योगदान बोकेको छ ।

286
सागर परियार
आइतवार, कार्तिक २४, २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक १५ गते राष्ट्रिय पोषण अभियानको शुभारम्भ गर्नुभयो । गरिबी, अशिक्षा उत्पादनको कमीका कारण बढ्दै गएको कुपोषण अन्त्यका लागि सरकारले राष्ट्यि पोषण अभियान सुरु गरेको हो । जन्मेको ६ महिनादेखि २३ महिनासम्मका बालबालिका, गर्भवती आमा, प्रजनन उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत उपलब्ध गराउने ध्येयले बलियो नेपाल नामक गैरसरकारी संस्थाले कात्तिक १५ गतेदेखि नेपालमा राष्ट्यि पोषण अभियान सुरु गरेको छ ।

261
नारायण घिमिरे
शुक्रवार, कार्तिक २२, २०७६

तराई र पहाडमा बसोबास गर्ने नेपालका धेरै मानिस जीवनको कुनै समयमा जडीबुटी निर्मित ओखती सेवन गरेका भेटिने गरे तापनि शरीरले शरीरकै नियमित उपचार गराउन सहयोगी हुने उपचारमूलक वा हिलिङ खानाहरूबारे त्यति जानकारी राख्दैनन् । जहाँ उनीहरू बसोबास गर्छन् त्यहाँ रहेका जडीबुटीहरू शताब्दीयौं पुरानो स्वदेशी आयुर्वेदिक स्वास्थ्य सेवा प्रणालीको हिस्सा हो । नेपालको रैथाने आयुर्वेदिक स्वास्थ्य सेवा प्रणाली, जसले उचित आहार र जीवनशैलीमार्फत रोकथाममा जोड दिने भए तापनि ग्रामीण भेगमा उक्त ज्ञान खासै पुग्न सकेको छैन । पुगेको छ त आयुर्वेदिक औषधी रोग लाग्दा दिइने ओखती हो भन्ने अर्ध–ज्ञान ।

356
ज्ञानमणि नेपाल कालोटोपी
शुक्रवार, कार्तिक २२, २०७६

गत असोज २४ गते सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको भोटसिपामा बस दुर्घटना हुँदा १२ जना यात्रीको निधन भयो । ८० जनाभन्दा बढी घाइते भए । कात्तिक १५ गते पनि सिन्धुपाल्चोकबाट काठमाडौंका लागि छुटेको बस जर्सिङपौवामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो । कात्तिक १७ गते सिन्धुपाल्चोककै सुकुटेमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भयो भने ५२ जना घाइते भए । सोही दिन म्याग्दी र कैलालीमा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गयो ।

326
घनेन्द्रबहादुर श्रेष्ठ
शुक्रवार, कार्तिक २२, २०७६

खास गरी पर्यटन व्यवसाय सेवा निर्यात गर्ने व्यवसायमा पर्ने उत्तम व्यवसाय हो । नेपालमा पर्यटनको माध्यमद्वारा आर्थिक समृद्धि ल्याउने विषयमा व्यवसायी, बुद्धिजीवी, राजनीतिज्ञ तथा विशेषज्ञहरूका धारणा बाक्लै सुन्न–पढ्न पाइन्छ । तर, यस व्यवसायलाई राज्यले कसरी प्रवद्र्धन गर्नुपर्छ भन्ने कुरामा केवल भ्रमण वर्ष घोषणा गरेर तथा इन्टरनेटमा साइट राखेर वा ब्रोसर र पम्फेल्ट बनाएर मात्र पर्यटनको प्रवद्र्धन हुन सक्ने कुरामा विश्वास कम छ । किनकि यस्ता प्रयासहरू विगत लामो समयदेखि नभएका होइनन् ।

320
गोविन्द चापागाईं
बिहिवार, कार्तिक २१, २०७६

यसरी लगानी गर्दा मुलुकको आर्थिक विकास हासिल हुनुका साथै देश समृद्धितर्फ अघि बढ्नसमेत टेवा पुग्छ । हाम्रो देश नेपाल जलस्रोतको दोस्रो धनी देशका रूपमा संसारभर परिचित हुँदै आइरहेको छ । पहिलो जलस्रोतको धनीका रूपमा ब्राजिल रहेको छ भने दोस्रो नेपाल हो । अटुट रूपले बग्ने यहाँका नदी, ताल, तलैया, खोलालगायत धेरै ससाना नदीहरूले यहाँको प्राकृतिक सौन्दर्यलाई नै मोहित बनाएको छ । बर्खाको समयमा त झन् यी खोला–नदीहरूले निकै ठूलो रुप लिने गर्छ ।

371
अच्युतप्रसाद पौडेल ‘चिन्तन’
बिहिवार, कार्तिक २१, २०७६

जलवायु पविर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धिका पक्ष देशहरूको २५ औँ सम्मेलन आउँदो मंसिरमा चिलीको सान्टियागोमा हुने कुरा प्रकाशमा आएको छ । त्यसो त यसैको पूर्वसन्ध्यामा भुटानको थिम्पुमा हालै अतिकम विकसित देश भनौँ एलडीसीका वातावरण, वन, जलवायु परिवर्तन मन्त्री, उच्च अधिकारी एवं विज्ञहरू भेला भई हरित ग्यासको उत्सर्जन कम गर्ने नीति र कार्यक्रम बनाउन सबैलाई ध्यानाकर्षण गराएका छन् । एलडीसीको ४७ देशको नेतृत्व भुटानले गर्दै गर्दा थिम्पुमा यसरी मन्त्रीस्तरीय बैठक बसेको हो ।

382
रमेश घिमिरे
बिहिवार, कार्तिक २१, २०७६

यसपटकको अर्थशास्त्रको नोबेल पुरस्कारले क्रमभंग गरेको छ । यसअघिका विजेताहरूले सिद्धान्तको प्रतिपादन गरेका हुन्थे भने यस पटकका विजेताहरूले विधिको प्रतिपादन गरेका छन् । पहिलेका विजेताका सिद्धान्त पाठ्यसामग्री हुन्थे भने यस पटकका विजेताको योगदान व्यावहारिक छ । “प्रयोगमा आधारित नयाँ विधिले विकास अर्थशास्त्रलाई रूपान्तरण गरेको छ, जुन अहिले अनुसन्धानको फक्रिँदो क्षेत्र हो,” पुरस्कार प्रदान गर्ने संस्था रोयल स्वीडिस एकेडेमीले भनेको छ ।

371