समीर रेग्मी
सोमवार, चैत्र १०, २०७६
486

भाइरसको क्षेत्र बढेसँगै चीनले यसको महामारीलाई बुझ्यो र यसलाई नियन्त्रण गर्नतर्फ लाग्यो । यो विश्वव्यापी महामारीलाई नियन्त्रण गर्नका लागि चीनले सबै स्तरमा काम ग-यो र बिस्तारै–बिस्तारै संक्रमणमाथि नियन्त्रण कायम ग-यो ।
चीनले वुहानमा फै लिएको भाइरसको महामारीलाई जसरी अनुमान लगायो, यो क्षेत्रलाई अन्य राज्यसँग पूरै किसिमबाट सम्पर्कविहीन ग-यो ।

वुहानबाट बाहिर जान र अन्य क्षेत्रबाट भित्र पस्नका लागि प्रतिबन्ध लगायो । साथै मानिसलाई घरबाट बाहिर निक्लन समेत प्रतिबन्ध लगायो । यसपछि संक्रमण फै लनबाट रोक्नका लागि स्यानिटाइजर छर्कन थाल्यो ।
चीनको सरकार र प्रभावित क्षेत्रको प्रशासनले कोरोना भाइरसको विषयलाई लिएर अनलाइन वा अफलाइन चर्चा गर्न प्रतिबन्ध लगायो । अफवाह फै लाउने विरुद्ध सख्त कारवाही गरियो ।
कोरोना प्रभावित सबै क्षेत्रमा स्वास्थ्य कोड नामको प्रणाली तयार गरेर लागू गरियो । सबै मानिसलाई उनीहरूको रेकर्डअनुसार रातो, पहेँलो र हरियो रंगको कोड दिइएको थियो । यसै कोडका आधारमा मानिसको उपचार सुरु गरिएको थियो ।
चीनका कैयौं कम्पनीले अनुहार पहिचानको प्रणाली सुरु ग-यो । यस प्रणालीको सहयोगबाट सार्वजनिक स्थलमा मास्क नलगाउने व्यक्तिको पहिचान गरियो र उनीहरूको विरुद्धमा कारबाही गरियो ।
संक्रमित तथा बचाउको तरिका नपनाउने व्यक्तिको पहिचानका लागि सोसल मिडियाको सहयोग लिइयो, अनि यस किसिमका मानिसका लागि सुरक्षात्मक उपाय अपनाउनका लागि प्रोत्साहित गरियो । कैयौं सहरमा संक्रमितको पहिचान बताउने व्यक्तिलाई प्रोत्साहनस्वरूप पुरस्कारसमेत दिइयो ।
प्रशासनले प्रत्येक खाली तथा उपयुक्त स्थानमा अस्थायी अस्पताल बनाउने काम सुरु ग-यो र केही दिनमै अस्पतालको ठूलो नेटवर्क समेत स्थापित गरियो । जिमखाना तथा रंगशालाजस्ता ठाउँलाई अस्पतालमा परिवर्तन गरियो । स्कुल र कलेज बन्द गरियो । मल, सिनेमा हल समेत सबै भीड हुने स्थानमा मानिसलाई जानबाट रोक लगाइयो ।
कोरोना भाइरसको संक्रमण फै लनबाट रोक्नका लागि चीनले ५ सय ४९ राष्ट्रिय तथा राज्य राजमार्गका साथै काउन्टी र टाउनसिप सडकलाई पूरै किसिमबाट बन्द गरिदियो । देशका १२ हजारभन्दा बढी राजमार्ग भाइरस प्रभावित क्षेत्रबाट पृथक् गरियो । यसैगरी प्रभावित क्षेत्रमा ११ हजारभन्दा बढी स्वास्थ्य केन्द्र बनाइयो । यी केन्द्रमा मानिसको जाँच आफ्नो परीक्षण गराउन सक्थे । ज–जसलाई कोरोना भाइरसको संक्रमणको शंका लागेको छ, उनीहरूले यी केन्द्रमा आफ्नो जाँच गराउन सक्थे ।
चीनको २८ प्रान्तमा अन्तर–प्रान्तीय सडकयात्री परिवहन बन्द गरिएको थियो । २ सयभन्दा बढी सहरमा सार्वजनिक परिवहन बन्द गरिएको थियो । यसका अतिरिक्त रेल परिवहनमा पनि प्रतिबन्ध लगाइएको थियो ।
कुनै पनि किसिमका कच्चा वस्तु प्रभावित क्षेत्रमा पठाउन तथा त्याहाँबाट बाहिर लैजान रोक लगाइएको थियो । महामारीको रोकथामा तथा नियन्त्रणका लागि टोल सडकबाट हिड्ने सबै सवारी साधनलाई टोल करबाट छुट दिइयो ।
बिरामीको बढ्दो संख्यालाई मध्यनजर गर्दै राता–रात १ हजार शय्या क्षमतको अस्पताल बनाएर तयार गरिएको थियो । केबल हुबेई प्रान्तमा एक दर्जनभन्दा बढी अस्थायी कोरोना भाइरस अस्पताल बनाइयो ।
मानिससम्म औषधि र खाना पु-याउनका लागि रोबोटको प्रयोग गरियो । चीनको यो कडाइको फाइदा महामारीसँग जुझ्नका लागि उपयुक्त प्रमाणित भयो । अवस्थामा सुधार आयो । यद्यपि घरको केवल एक व्यक्तिलाई मात्रै बाहिर निक्लने अनुमति दिइयो ।
सबै स्कुल–कलेज बन्द गरेर अनलाइन कक्षा चलाइयो । घरमा भोजन तथा अस्पतालमा औषधि पु-याउनका लागि केन्द्रीकृत सुविधा सुरु गरियो ।
चीनले सहरनै बन्द गरेको जस्तै गरेर अर्को ठूलो प्रभावित मुलुक इटालीले पनि आफ्नो देश नै बन्द गराएको छ । अमेरिकाले पनि न्युयोर्क सहरलगायत क्यालिफोर्निया राज्य नै लकडाउन गरेको छ । हाल चीनमा घरेलु नयाँ संक्रमणको नयाँ घटना देखिएको छैन । त्यसैले यो महामारी नियन्त्रणका लागि चीनबाट पनि केही सिक्ने कि ?