कारोबार संवाददाता
आइतवार, मंसिर २९, २०७६
539

हालै आएको समाचारअनुसार युरोपियन युनिनय सम्बद्ध देशअन्तर्गत रहेको युरोपियन हवाई उड्डयन आयोगले नेपालका सबै हवाई कम्पनीलाई फेरि पनि अस्थायी प्रतिबन्ध अर्थात् ‘कालोसूची’को लिस्टमा राखेको छ । समाचारअनुसार युरोपियन युनियन सम्बद्ध देशअन्तर्गत रहेको युरोपियन हवाई उड्डयन अयोगले नेपाली हवाई कम्पनीहरूलाई फेरि ६ महिनाका लागि कालोसूची अर्थात् ‘ब्ल्याक लिस्ट’मा राख्ने निर्णय २३ मंसिर, २०७६ मा गरेको हो ।
स्मरणीय छ, सन् २०१३ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले नेपालको हवाई उड्डयन क्षेत्र र नेपालमा उड्ने विमानहरू अन्तार्राष्ट्रिय मापदण्डअनुसार नभएको भनी प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनलाई आधार मान्दै युरोपियन युनियनअन्तर्गत रहेको युरोपेली हवाई उड्डयन आयोगले ‘युरोपियन हवाई सुरक्षा सूची’ अनुसार नेपालका प्रायः सबै हवाई सेवा कम्पनीलाई असुरक्षित मान्दै आफ्नो आकाशमा कुनै पनि नेपाली वायुसेवा कम्पनीलाई उडान भर्न नपाउने गरी अस्थाई प्रतिबन्ध अर्थात् ‘कालोसूची’मा राख्दै आएको छ । त्यसो त युरोपियन हवाई उड्डयन आयोगले ‘युरोपियन हवाई सुरक्षा सूची’ अनुसार आफ्नो आकाशमा कुनै पनि नेपाली वायुसेवाको जहाज उड्न नपाउने गरी लगाएको अस्थायी प्रतिबन्ध (कालोसूची अर्थात् ब्ल्याक लिस्ट) बाट हटाउन नेपालले सुरुदेखि नै पहल गर्दै आएको छ । तर, हालसम्म पनि यो विषय सधैंका लागि सल्टाउन नेपाल सरकार सफल हुन सकेको छैन ।

फलतः नेपाली वायुसेवा कम्पनीहरूमाथि लागेको युरोपियन उड्डयन आयोगले आफ्नो आकाशमा नेपाली वायुसेवाको जहाज उड्न नपाउने गरी लगाएको कालोसूची अर्थात् ब्ल्याक लिस्टबाट हट्न सकेको छैन तापनि सो सूचीबाट हट्ने प्रयासलाई नेपालले निरन्तरता दिँदै आएको छ । भलै ६-७ वर्षमा पनि सफल हुन नसक्नु अर्कै कुरो हो । सम्भवतः अब ६ महिनासम्म नेपाली हवाई कम्पनीहरू कालोसूचीमै रहने छन् । यसले सन्निकट आउँदै गरेको नेपाल भ्रमण वर्षलाई ठूलै असर पर्ने देखिन्छ ।
जबकि सन् २०१७ मै आइकाओका प्राविधिक टोली आएर नेपालको हवाई क्षेत्रमा सकारात्मक सुधार भएको भन्दै आफ्नो संस्थालाई नेपालमाथि लागेको अस्थायी हवाई उडान प्रतिवन्ध हटाउन सुझाव दिएको थियो । सोहीअनुसार नेपाली वायुसेवा कम्पनीहरूमाथि लागेको युरोपियन उड्डयन आयोगको कालोसूची अर्थात ‘ब्ल्याक लिस्ट’बाट हट्ला भन्ने ठूलो आशा गरिएको थियो ।
हुन त पछिल्लो पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएका योगेश भट्टराईले ‘नेपाली वायुसेवा कम्पनीहरूमाथि युरोपियन उड्डयन आयोगले आफ्नो आकाशमा नेपाली वायुसेवाको जहाज उड्न नपाउने गरी लगाएको कालोसूची अर्थात् ब्ल्याक लिस्टबाट निकट भविष्यमै हट्नेछ ! भनी बोलेका थिए । तर, त्यसको ठीक उल्टो परिणाम आएको छ ।
यसरी सन् २०१३ देखि नेपाली वायुसेवा कम्पनीहरूमाथि लागेको युरोपियन उड्डयन आयोगले आफ्नो आकाशमा नेपाली वायुसेवाको जहाज उड्न नपाउने गरी लगाएको कालोसूची अर्थात् ब्ल्याक लिस्टबाट अभैm हट्न सकेन । धन्य लगभग आधा भूगोल एसिया र लगभग त्यति नै भूगोल युरोपमा पर्ने तर, आपूmलाई युरोप महादेशको देश मान्ने टर्कीले भने त्यही समयको सेरोफेरोमा नेपालमा उडान गर्दै आएको छ । फेरि त्यही टर्की देशको टर्किस एयरलाइन्सको टिके ७२६ एयरबस–३३० विमान त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेक–अफ गर्ने क्रममा धावन मार्ग (वि.सं. २०७२ फागुन २० गते) मा टर्कीको राजधानी इस्तानबुलबाट आएको टर्किस एयरलाईन्स जोतिन पुग्दा चार दिनसम्म नेपाल आउने र नेपालबाट बाहिर जाने विभिन्न देशका हवाईजहाजहरू नै रोकिन पुगेको थियो । यसरी हेर्दा हाम्रो देशमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानलस्थलको स्थिति पनि यस्तो छ ।
हुन त युरोपियन युनियनअन्तर्गत रहेको युरोपेली हवाई उड्डयन आयोगका प्राविधिकहरू गत सेप्टेम्बरमै नेपालको हवाई सुरक्षासम्बन्धी पछिल्लो प्रगति विवरण हेर्नका लागि नेपाल आउने भन्ने थियो । खासमा युरोपियन उड्डयन आयोगले नेपालमा हवाई उडानसम्बन्धी दुई अलग–अलग निकाय (नियामक र सेवा प्रदायक) गठन गर्न चासो वा भनौं दवाव दिएको हो । त्यसका लागि नेपालले नागरिक उड्डयन प्राधिकरणलाई छुट्याएर अलग–अलग गठन गर्ने (सेवा प्रदायक र नियामक) ऐन बन्ने क्रममा छ ।

–निनाम कुलुङ ‘मंगले’