कारोबार संवाददाता
आइतवार, मंसिर १५, २०७६
205

हाल विश्वमा मान्यता प्राप्त आठ हजार मिटर अग्ला हिमालहरू १४ वटा रहेका छन् । त्यसो त निकट भविश्यमै आठहजार मिटरभन्दा माथिका अरु ६ वटा हिमालहरू थप हुँदैछन् । सौभाग्यवश थपिने ती ६ वटै हिमाल नेपाल सरहदभित्र रहेका छन् । विश्वका यी अग्ला १४ वटा हिमाल सर्वप्रथम कसले चढे, कहिले ? यहाँ छोटोमा चर्चा गर्ने प्रयास गरिएको छ ।
विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८,८४८ मिटर) हो भने हो भने, हो हिमाल सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमण्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चोमोलुङमा चढेका थिए । त्यस्तै विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु) हो । यो हिमाल ८,६११ मिटर अग्लो रहेको छ । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालीयन आरोहीद्धय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक चढेका थिए ।

त्यस्तै विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा रहेको छ । यसको उचाई ८,५८६ मिटर रहेको छ । यो हिमाल बेलायका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से-चे हो । यसको उचाई ८,५१६ मिटर रहेको छ । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीटजरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै वश्वको पिाँचौं अग्लो हिमाल मकालु हो । यसको उचाई ८,४६३ मिटर रहेको छ भने जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्स लगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बु लगायतको टोलीले चढेका थिए । त्यस्तै विश्वको छैठौं अग्लो हिमाल चो–ओयु हो । यसको उचाई ८,२०१ मिटर रहेको छ । सन् १९५४ अक्टोम्बर १९ मा अस्ट्रियन नागकिद्धय हर्बर्ट टिची र सेप जेक्लर र पासाङ दावा शेपा नेपालीले चढेका थिए ।
एवम् प्रकारले विश्वको सातौं अग्लो हिमाल धौलागिरी हो । यसको उचाई ८,१६७ मिटर रहेको छ । यो हिमाल सन् १९६० को, १३ मे मा स्वीटजरल्यान्डका पर्वतारोहीहरू कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्धय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक चढेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । यसको उचाई ८,१६३ मिटर रहेको छ । मनास्लु हिमाल सन् १९५६ मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले चढेका थिए । एवम् रीतले विश्वको नवौं अग्लो हिमाल नांगा पर्वत हो । यो हिमालको उचाई ८,१२६ मिटर रहेको छ । यो हिमाल पाकिस्तानमा रहेको छ । अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३, जुलाई ३ मा पहिलोपटक चढेका थिए ।
विश्वको १० औं अग्लो हिमाल अन्नपूर्ण–१ हो । यो हिमाल नेपालमा रहेको छ भने यसको उचाई ८,०९१ मिटर हो । फ्रान्सका पर्वतारोहीद्धय माउरिस हर्जोग र लुइस लाचेनलले सन् १९५० जुन ३ मा पहिलोपटक सफलतापूर्वक चढेका थिए । विश्वको ११ औं अग्लो हिमाल गासेरब्रुम–१ हो । यो हिमाल पनि पाकिस्तानमा रहेको छ । यसको उचाई ८,०८१ मिटर रहेको छ भने यो हिमालको सन् १९५८ जुलाई ५ मा अमेरिकन पर्वतारोहीद्धय एन्ड्रयु कोउफम्यान र पिट स्कोइन्ङले चढेका थिए । विश्वको १२ औं अग्लो हिमाल ब्रोडपिक हो । यो हिमाल पनि पाकिस्तानमै रहेको छ भने यसको उचाई ८,०५१ मिटर हो । यो हिमाल सन् १९५७ जुन ९ अस्ट्रियन पर्वतारोहीहरू फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुलले चढेका थिए । विश्वको १३ औं अग्लो हिमाल गासेरब्रुम–२ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ । यसको उचाई ८,०३५ मिटर हो । सन् १९५६ को जुलाई ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्टले सफलतापूर्वक चढेका थिए ।
साथै हालसम्मको विश्वको १४ औं र आठहजार मिटरको अन्तिम अग्लो हिमाल हो ‘सिसापाङमा ।’ यो हिमालको उचाई ८,०२७ मिटर रहेको छ । यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमानामा रहेको छ । यो हिमाल सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीहरूको जम्बो टोलीले सफलतापूर्वक चढेका थिए ।
–निनाम कुलुङ ‘मंगले’