समीर रेग्मी
बुधवार, कार्तिक २७, २०७६
574

पश्चिमा मुलुक विशेष गरी अमेरिकी आलोचकहरूले चीनको कम्युनिस्ट सरकारको आलोचना नगरेको दिन नै छैन । उनीहरूले चीनले पश्चिमा प्रविधि चोरेको, मानव अधिकारको उल्लंघन गरेको, छिमेकीलाई हतोत्साहित गरेको, अन्य देशको राष्ट्रिय सुरक्षामा आँच आउने काम गरेको र अन्य गलत कामहरूको आयोजना गरेको आरोप लगाउँदै आएका छन् ।
यी आरोपहरू सत्य हुन् वा नहुन्, यो व्यक्तिको दृष्टिकोण र आदर्शमा निर्भर रहन्छ । यी अरोपहरू तैरिएका हिउँका टुक्राजस्तै मात्र हुन् र अन्य आलोचनाहरू असत्य समाचार र बढाइचढाइ गरिएका विषय मात्र हुन् ।

सायद अन्य मुलुकहरूतर्फ चिनियाँ सरकारको उपलब्धि, योगदान र व्यवहारहरूले इतिहासको पानामा पनि प्रकाश छरेको देखिन्छ र यसले नै मूल्यांकन पनि गर्छ ।
चिनियाँ सत्ता पूर्ण छैन, गल्तीहरू पनि गरेको हुन सक्छ र केही गलत काम पनि गरेको हुन सक्छ । तर, चीनले १९७८ मा देङ सियोपेङको समयमा सुधार सुरु गरेपछि अर्थतन्त्रको आकारमा ३५ गुणाले वृद्धि भएको छ । यो मुलुकले कृषि, उद्योग, विज्ञान र प्रविधि तथा राष्ट्रिय सुरक्षाजस्ता चार विषयमा आधुनिकीकरण गरेको छ ।
बेलायतलाई आफ्नो अर्थतन्त्रको आकारलाई दोब्बर पार्न १ सय वर्ष लागेको थियो । महŒवपूर्ण आर्थिक उपलब्धिले चीनलाई म्यानुफ्याक्चरिङ शक्तिकेन्द्रका रूपमा उभ्याएको छ र फाइभ–जी, एआई, क्वान्टम कम्प्यूटिङ र अन्य प्रविधिहरूमा ठूलो उपलब्धि हासिल गरेको छ । केही अन्य चिजमा त चीनले पश्चिमा मुलुकलाई उछिनिसकेको पनि छ । चीनको सैन्य शक्ति र प्रविधि अमेरिकाको जत्तिकै समेत पुगिसकेको छ ।
यो भन्दा पनि महŒवपूर्ण कुरा के छ भने सरकारको ठूलो उपलब्धि भनेको ८० करोड मानिसलाई चरम गरिबीबाट बाहिर ल्याउन सफल भएको छ । संयुक्त राष्ट्रसंघको परिभाषाअनुसार प्रतिदिन १.९० डलरमा जीवनयापन गर्ने मानिसलाई गरिबीको रेखामुनि मानिएको छ । यसले सबै मानिसको जीवनस्तरमा सुधार आएको छ । चीनले आफ्नो ५ हजार वर्षको इतिहासमा पहिलो पटक असिम गरिबीलाई उन्मूलन गर्न सफल भएको छ ।
चोर्ने खलाको आर्थिक अभ्यास तथा ऋणको पासोनको कूटनीतिको आरोप पश्चिमाहरूले लगाउँदै आएका छन् । यी अरोपहरू आधारहीन मात्रै हुन् । यदि चिनियाँ लगानी भएका मुलुकहरूलाई सोध्ने हो भने पनि उनीहरूले यो आफ्नो आर्थिक विकासका लागि औजार भएको बताउने गरेका छन् ।
चीनविरोधी प्लेटफर्ममा जितेका सरकारहरू पनि यू–टर्न भएका छन् । हालै मात्र चीन विरोधी अभिव्यक्ति दिएर जित्न सफल भएका ब्राजिलका राष्ट्रपतिले चीनले ब्राजिललाई किन्न खोजेको आरोपसमेत लगाएका थिए । उनले ताइवानको भ्रमण समेत गरे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मित्रता पनि कायम गरेका छन् ।
तर राष्ट्रपतिमा जित हासिल गरेपछि उनले उपराष्ट्रपतिलाई चीनको भ्रमणमा पठाए । किनभने चिनियाँ लगानी र व्यापारले देशको आर्थिक विकास र वृद्धिमा सघाएको थियो ।
तपार्इंहरूले पढ्नुभएकै होला, कम्युनिस्ट चीनले हङकङमा मानव अधिकारको उल्लंघन गरेको छ र साउथ चाइन सी मा छिमेकीहरूलाई चिढ्याएको छ । तर, हङकङले उपनिवेशको कुनै पनि इतिहासको तुलनामा बढी स्वतन्त्रता प्राप्त गरेको छ ।
पश्चिमा मुलुकमा विशेष गरी अमेरिकामा हिंसात्मक प्रदर्शनकारीलाई पक्राउ गर्ने र पछि थोरै अपराधमा पनि मार्ने समेत गरिएको छ । काला अमेरिकीहरूलाई प्रहरीको आदेश नमानेको आरोपमा मार्ने र मरणासन्न हुने गरेर पिट्ने समेत गरिएको छ । त्यसैले भन्न सकिन्छ, हङकङमा गरिएको प्रदर्शनको विरुद्धमा चिनियाँ सरकारले गरेको गतिविधि त्रूmर छैन । यो न्यायपूर्ण राज्य स्थापनाका लागि गरिएको प्रयास हो । हाल हङकङका नागरिकले बेलायती उपनिवेश रहेको समयको तुलनामा बढी नै अधिकार र स्वतन्त्रता प्रयोग गरिरहेका छन् । यसै विषयलाई लिएर चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणको समयमा हङकङको मामिलामा हस्तक्षेप गर्नेको हड्डी भाँच्ने चेतावनीसमेत दिएका थिए ।