समीर रेग्मी
बुधवार, कार्तिक २०, २०७६
410

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र पछिल्लो समय विभिन्न क्षेत्रमा देखा परेको गिरावटले ओरालो लाग्ने क्रममा देखिएको छ । खुद्रा बिक्रीदेखि औद्योगिक उत्पादन अगस्टमा १७ वर्षकै कम भएको छ । नयाँ कार बिक्री रोकिएको छ भने आवसीय सम्पत्तिको मूल्य पनि ओरालो लागेको छ । उपभोक्ता ऋणमा भएको वृद्धिले यो अवस्था सिर्जना भएको हो ।
गत महिनाको सुरुमा सार्वजनिक भएको तथ्यांकले सेवा क्षेत्र सेप्टेम्बरमा सात महिनाकै सुस्त गतिमा वृद्धि भएको देखाएको थियो । काइसिन÷मार्किट पीएमआई ५१.३ मा झरेको थियो । यो फेब्रुअरीदेखिकै कमजोर तह हो । तर, ५० को सीमारेखाभन्दा माथि रहेको थियो । यो अंकले क्षेत्रमा विस्तार र संकुचनको तह छुट्ट्याउने गर्छ ।

अगस्टमा विश्वव्यापी निर्यात २०१८ को सोही महिनाको तुलनामा ३.२ प्रतिशतले घटेको थियो भने आयात पनि ८.५ प्रतिशतले ओरालो लागेको थियो । औद्योगिक नाफा पनि ओरालो लागेको छ ।
निराशाजनक अवस्थालाई थप गहिरो बनाउँदै तेस्रो त्रैमासको जीडीपी वृद्धि ३० वर्षकै न्यून अर्थात ६ प्रतिशतमा झरेको थियो । चीनको जीडीपी वृद्धि योभन्दा अघिल्लो तीन महिनाको अवधिमा ६.२ प्रतिशत कायम भएको थियो ।
सरकारले वृद्धिलाई माथि उकास्नका लागि सहयोगी नीति अंगीकार गरे पनि तेस्रो त्रैमासिक अवधिमा चीनको सुस्त आर्थिक वृद्धिले निरन्तरता पाएको थियो । तर, व्यावसायिक र उपभोक्ता मनोबल माथि उठाउन नसक्दा चिनियाँ सरकारको प्रभावकारितामा पनि प्रश्न चिह्न खडा भएको छ ।
अर्थतन्त्रलाई माथि उकास्ने चिनियाँ सरकारको नीतिमा १.३५ ट्रिलियन युआन अर्थात् १९० अर्ब अमेरिकी डलरको वर्षको सुरु ७ महिनाको अवधिमा निःशुल्क गरिएको कर्पोरेट कर र व्यक्तिगत कर तथा शुल्कसमेत रहेको थियो ।
अमेरिका–चीन व्यापारयुद्धको मध्यमा यो १६ महिनासम्म ओरालो लागेको थियो ।
अमेरिकासँगको व्यापारयुद्धको नकारात्मक असरलाई कम गर्न डलर–युआनबीचको कमजोर अवसथाको विनिमय दरले केही अवस्थासम्म सहयोग पुराएको छ । वित्तीय र मौद्रिक प्रोत्साहनको लगातारको विस्तारले सुस्त आर्थिक वृद्धिको विरुद्धमा भूमिका खेल्न सहयोग पु¥याएको छ । तर, वृद्धि लगातार ओरालो लागेको छ ।
२०१९ मा व्यापारयुद्धको नकारात्मक असरले म्यानुफ्याक्चरिङ क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । यो वर्ष आन्तरिक र बाह्य आर्थिक वातावरण बिग्रेको वर्षका रूपमा चित्रित भएको छ । यो वर्ष उपभोक्ता मुद्रास्फीतिमा वृद्धि भएको छ, कर्पोरेट नाफामा पनि गिरावट आएको छ भने निजी लगानी पनि मन्द भएको छ ।
गत महिना औद्योगिक नफा २०१८ को सोही महिनाको तुलनामा ५.३ प्रतिशतले ओरालो लागेर ५७५.५ अर्ब युआन अर्थात ८१.४८ अर्ब डलर कायम भएको छ ।
जनवरीदेखि सेप्टेम्बरको बीचमा नाफा ४.५९ ट्रिलियन युआन अर्थात् ६ सय ५० अर्ब अमेरिकी डलर नाघेको थियो । यद्यपि यो पनि वार्षिक मापनका आधारमा २.१ प्रतिशतले कम हो । यो सुरु ८ महिनाकोको तुलनामा १.७ प्रतिशतले कम हो ।
औद्योगिक उत्पादनको मूल्यमा आएको तीव्र गिरावट र बिक्रीको सुस्त वृद्धिका कारण यसो हुन गएको हो ।
अभैmपनि स्मार्ट म्यानुफ्याक्चरिङ उद्योगबाट आशाको संकेत देखा परेको छ । यो क्षेत्रमा २०१८ को तुलनामा सुरु ३ महिनाको अवधिमा नाफमा ६.३ प्रतिशतले वृद्धि भएको छ । यो बेइजिङको आफ्नो आर्थिक मोडलको दीर्घकालीन मिलानका लागि सहयोगी हुने देखिएको छ ।
‘मेड इन चाइना–२०२५’ ले विश्वव्यापी उच्च प्रविधिको म्यानुफ्याक्चरिङमा चीनको वर्चश्व कायम गर्ने लक्ष्य निर्धारित गरिएको छ । यो कार्यक्रमले सरकारी सहुलियत प्रयोग गर्ने, राज्य स्वामित्वका म्यानुफ्याक्चरिङ परिचालन गर्ने र पश्चिमा प्रविधिलाई भेट्न तथा उछिन्नका लागि बौद्धिक सम्पत्ति प्राप्तिको प्रयास गर्ने विषयहरू समावेश गरिएका छन् ।