रिसव गौतम
बिहिवार, आश्विन २, २०७६
368

आजको व्यावसायिक युगमा व्यावसायिक संस्थाहरूले विश्वव्यापी रूपमा सामाजिक उत्तरदायित्व बहन गर्दै आएका पाइन्छन् । आजको व्यावसायिक युगमा व्यावसायिक संस्थाहरूले विश्वव्यापी रूपमा सामाजिक उत्तरदायित्व बहन गर्दै आएका पाइन्छन् । 
 व्यावसायिक संगठनको आधारभूमि समाज नै हो ।

व्यवसायको अस्तित्व समाज रहे मात्र रहन्छ अर्थात् व्यावसायिक संगठनहरूले आफ्ना सम्पूर्ण गतिविधि समाजमै गर्छन् । समाजलाई आफ्नो नाफा आर्जन गर्नेदेखि सारा उद्देश्य पूरा गर्ने आधार व्यवसायले बनाएको हुन्छ । तसर्थ समाजप्रति व्यावसायिक संघ–संगठनहरूको अधिकदायित्व हुन्छ ।
व्यवसायले समाजमा रहेर उपभोक्ता, सरकार, कर्मचारी र आफैंप्रतिको सामाजिक उत्तरदायित्व बहन गर्छ । नेपालमा पनि पछिल्ला वर्षहरूमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रम केही बढ्दै गएको देखिन्छ ।  यस्तै किसिमले व्यवसायले समाजमा गरेको गतिविधिको अध्ययन, अनुसन्धान र मूल्याङ्कन गर्ने कार्य सामाजिक लेखा परीक्षण हो । सामाजिक लेखा परीक्षणले व्यवसायहरू कसरी सामाजिक दायित्व निर्वाह गर्दै आएका छन् भन्ने अनुगमन गरी विवरण तयार गर्ने गर्छ । यस्तो लेखा आन्तरिक एवं बाह्य गरी दुई प्रकारका हुन्छन् । अर्थात् सामाजिक उत्तरदायित्वको मूल्याङ्कन गर्न बाह्य सामाजिक लेखा परीक्षण आवश्यक हुन्छ ।
सामाजिक लेखा परीक्षण सम्बन्धमा विद्वान् लेखक बाउर र फेनले भनेका छन्, “सामाजिक लेखा परीक्षणबाट वचनबद्ध एवं व्यवस्थित रूपमा सामाजिक उत्तरदायित्वको मूल्याङ्कन गर्ने र कम्पनीको क्रियाकलापबाट भएका महत्वपूर्ण विषयहरूको प्रतिवेदन तयार गर्ने गरिन्छ, जसबाट समाजमा प्रभाव पारेको थाहा हुन्छ ।” 
अर्का विद्वान् केथ डाभिज र रवर्ट ब्लाभस्ट्रोमले भनेका छन्, “सामाजिक लेखा परीक्षण एक व्यवस्थित अध्ययन हो, संगठनको सामाजिक कार्य सम्पादन मूल्याङ्कन गरिन्छ, जुन आर्थिक कार्य सम्पादनभन्दा भिन्न छ ।”  यसरी सामाजिक लेखा परीक्षण व्यवसायले सामाजिक दायित्व निर्वाह गर्नुसँग सम्बन्धित छ । व्यवसायले सामाजिक पृष्ठभूमिमा आफूलाई कायम राखेर समाजका लागि के–कस्तो कार्य ग¥यो भन्ने कुराको मूल्याङ्कन विवरण नै सामाजिक लेखा परीक्षण हो । सामान्यतया सामाजिक लेखा परीक्षण कार्यमानसँग तुलना गरी तथ्याङ्क संकलन गर्न, कार्य सम्पादनमा सजग रहन, लाभ–लागत विश्लेषण गर्न गर्ने गरिन्छ । आजको व्यावसायिक युगमा व्यावसायिक संस्थाहरूले विश्वव्यापी रूपमा सामाजिक उत्तरदायित्व बहन गर्दै आएका पाइन्छन् ।
सामाजिक लेखा परीक्षणलाई दुई भगमा विभाजन गरी अध्ययन गरिएको पाइन्छ ।  एउटा अनिवार्य लेखा परीक्षण र अर्को ऐच्छिक लेखा परीक्षण । अनिवार्य लेखा परीक्षण सरकारद्वारा नीतिनियमका आधारमा संगठनहरूलाई अनिवार्य सामाजिक लेखा परीक्षण गर्न लगाइन्छ । प्रदूषण नियन्त्रण, समान रोजगारी र वस्तु सम्पादन आवश्यकताको मुद्दामा यस्तो लेखा परीक्षण केन्द्रित हुन्छ । ऐच्छिक सामाजिक लेखा परीक्षण भने व्यवसायले इच्छाले जनविश्वास आर्जन गर्ने गर्छ । मूलतः शिक्षा, बिक्रीपछिको सेवा, सार्वजनिक जनचेतनाजस्ता कुरा यसमा केन्द्रित भएको पाइन्छ । नेपालमा पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रलाई अनिवार्य सामाजिक उत्तरदायित्वको प्रावधान लागू गरेको छ । पछिल्लो मौद्रिक नीतिमार्फत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकहरूले खर्च गर्ने रकममध्ये केही निश्चित प्रतिशत रकम प्रदेशहरूमा पनि खर्च गर्नुपर्ने अनिवार्य प्रावधान राष्ट्र बैंकले ल्याएको छ । तर, कतिपय बैंक तथा वित्तीय संघ–संस्थाहरूले भने यसरी सामाजिक उत्तरदायित्व बहन गर्ने गरी भन्दा देखावटी हिसाबले मात्रै खर्च गरिरहेका देखिन्छन् ।
अझ अघि बढेर भन्दा सही सबुत ठाउँ खोजेर खर्च गर्नेभन्दा बढी प्रचार गर्ने बढी गरिरहेका छन् । बैंकहरूले त थोरबहुत सामाजिक उत्तरदायित्व बहन गरेकै अवस्था छ, तर निजी क्षेत्रद्वारा सञ्चालित अत्यधिक नाफा आर्जन गरेका ठूला व्यावसायिक संस्थाहरूले समेत सामाजिक उत्तरदायित्व बहन गर्न चुकिरहेका छन् । सामाजिक उत्तरदायित्वको त के कुरा त्यस्ता व्यावसायिक संस्थाहरूले करोडौं कर छली गरेका, आफ्ना कर्मचारीहरूको श्रम शोषण गरेका, न्यूनतम तलबमा बढीभन्दा बढी समय काममा लगाएका दृष्टान्तहरू कति छन् कति ! अझ नेपालमा त के छ भने निजी क्षेत्रका कैयौं ठूला साना व्यावसायिक उद्यमहरूले गुणस्तर मेन्टेन नगरेर कच्चा वस्तु उत्पादन गरी जनताका जीउधनको नोक्सान गरेका अनेकन् उदाहरण छन् ।
कालोबजारी गरेका छन्, त्यो मामिलामा सरकारले कत्ति पनि नियन्त्रण गर्न सकेको छैन । तिनीहरूले अनुशासित तवरले व्यवसाय सञ्चालन गरेर समाजप्रतिको उत्तरदायित्व समेत बहन गर्ने त कहिले हो कहिले ? हालै नेपालका बैंकहरूको एटीएमबाट चिनियाँ ह्याकरहरूले पैसा लुटेको एउटा घटनालाई स्मरण गरौं । जनताले आफ्नो पैसा घरमा असुरक्षित हुने कारणले नै बैंकमा जम्मा गर्ने हुन् । तर बैंकहरू नै असुरक्षित भएपछि जनतामा त्रास फैलनु स्वाभाविक नै हो । घटनापछि अनेकन् समाचारहरू आए । त्यसमध्ये बैंकहरूले नै गर्दैनन् साइबर सुरक्षा बिमा भनेर समाचार आयो । वार्षिक अर्बाैं नाफा कमाउने दौडमा रहेका बैंकहरूले साइबर सुरक्षा र बिमा गर्ने मामिलामा किन सोचेनन् वा अटेर गरे भन्ने प्रश्न पनि आयो । त्यो पनि समाजिक उत्तरदायित्वबाट च्यूत भएको दृष्टान्त हो । जनताको धनको सुरक्षा गर्नु बैंकको गुणस्तरीय सेवाभित्र पर्छ । तर, बैंकहरू कमाउने भन्दा बढी ध्येय अरू कुरामा राखिरहेका छैनन् ।
एउटा पब्लिक कम्पनीले आफू निहित समाजको वरपर आम्दानीको केही अंश निशंकोच खर्च गर्नु उसको दायित्व नै हो । तर, नेपालमा यसरी उत्तरदायित्व बहन गर्ने कुरालाई बैंकिङ क्षेत्रले समेत हार्दिकतापूर्वक लिन सकेको छैन । लिएकाहरू पनि बढीजसो स्वार्थ अनुकूल क्षेत्रमा लगानी गरिरहेका छन् । 
उपभोक्तावाद र सामाजिक उत्तरदायित्वको सम्बन्ध उपभोक्तावाद वर्तमान विश्वको जल्दोबल्दो मुद्दा हो । अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीले १५ मार्च १९६२ मा चारवटा उपभोक्ता अधिकार निर्णय गरेको ऐतिहासिक दिन हो । ती हुन्— ज्यान र स्वास्थ्यका लागि खतरनाक वस्तुहरूको बिक्रीबाट सुरक्षित हुने अधिकार, छनोट गर्ने अधिकार, सुसूूचित हुने अधिकार सुनुवाइको अधिकार । यस्ता अधिकार उपभोक्ताले सुनिश्चित भएको पाउनुलाई नै उपभोक्तावाद भन्ने गरिन्छ । व्यावसायिक गतिविधिमा देखिने नकारात्मक क्रियाकलापमा कालोबजारी, कृत्रिम अभाव सिर्जना, अनावश्यक मूल्य वृद्धि, कम तौल, मिसावट, अखाद्य वस्तुको प्रयोग, गहन सूचना प्रवाह, सामाजिक मान्यता विरुद्ध ओर्लनु आदि उपभोक्तावाद विरुद्धका क्रियाकलापहरू हुन् ।
यस्तै अनैतिक व्यावसायिक क्रियाकलापहरू नेपालमा जति सायदै अन्त कुनै देशमा होलान् । तर, नेपालमा यस्ता क्रियाकलाप रोक्न जुनै पनि सरकार र मन्त्रीहरूले सकिरहेका छैनन् । त्यसको आन्तरिक कारणहरू के–के होलान्, त्यो आफ्नो ठाउँमा छ । यस्तै क्रियाकलापविरुद्ध विश्वव्यापी आन्दोलन प्रारम्भ भएको पाइन्छ । खासगरी यस्तै क्रियाकलापविरुद्ध उठ्ने आवाज नै उपभोक्तावाद हो । सामान्यतया उपभोक्तावाद र सामाजिक उत्तरदायित्वबीच गहिरो सम्बन्ध रहेको हुन्छ । सामाजिक उत्तरदायित्वअन्तर्गतका क्रियाकलाप पूरा नभएपछि उपभोक्ताबाट गुनासा र आवाजहरू उठ्न थाल्छन्; अर्थात् उपभोक्ताहरूले उठाउने हक–हितका कुरा नै सामाजिक उत्तरदायित्वभित्र पर्छन् । आजको विश्वमा उपभोक्ताले नै नयाँ–नयाँ वस्तु तथा सेवाको माग र बजार सिर्जना गर्छन् । उपभोक्ताले वस्तु आर्कषण बढाएर वस्तु खरिद गर्न सुरु गर्दा मात्र माग बढ्ने हुन्छ । यदि अत्यधिक मूल्य वृद्धि भएमा उपभोक्ताले मध्यस्त वस्तुको खोजी गर्न सक्छन् । यसरी उपभोक्ताहरूको क्रियाकलाप आर्थिक रूपमा केन्द्रित हुन्छन् । समग्रमा भन्दा व्यवसायको सम्पूर्ण क्रियाकलाप उपभोक्तामा नै निर्भर गर्छ । तसर्थ संगठनले उपभोक्ताको आवश्यकता, चाहना, हकहितलाई केन्द्रबिन्दु बनाएर कार्य गर्नुपर्छ ।
उपभोक्ताको हित संरक्षण गर्नु, गुणस्तरीय एवं कम मूल्यमा वस्तु उपलब्ध गराउनु, आवश्यक सेवा प्रदान गर्नुका साथै ग्राहकका हक संरक्षण गर्नु व्यावसायिक संगठनको उत्तरदायित्व हो । यसबाट स्पष्ट हुन्छ कि उपभोक्तावाद र सामाजिक उत्तरदायित्वबीच गहिरो सम्बन्ध कायम भएको हुन्छ । तर नेपालमा अन्तरसम्बन्धित यी दुवै विषय प्रभावकारी रूपमा अगाडि बढाउन सकिएको छैन । न त उपभोक्तावाद लागू भएको छ न त व्यावसायिकसँग संगठनहरूले सामाजिक उत्तरदायित्व नै बहन गरेका छन् ।
यदि गरेका छन् भने पनि त्यसलाई प्रचार र प्रपोगान्डाको विषय बनाएका छन् । ग्राहक तथा उपभोक्ताहरूले आफ्नो हकहितका कुरामा निसंकोच आवाज उठाउन नसक्नु, कसैले उठाइहाले पनि त्यसलाई सर्मथन नगरिनु र जसले जे गरे पनि सहेरै मात्र बस्ने परिपाटीको विकास हुँदै गएकाले पनि व्यावसायिक अनियमितता एवं ठगी बढिरहेको छ । त्यसकारण उपभोक्ता हित, जागरण र सामाजिक उत्तरदायित्वको विषयमा राज्य, सरोकारवाला निकाय र आमसर्वसाधारणको नै ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।