सागर परियार
आइतवार, भदौ ८, २०७६
330

सुन्दा अचम्मम लागेको हो । हामीले धन सम्पत्तिलगायत केके उपहार दिएको भन्ने सुनेका थियौ । तर किशोरीलाई शौचालय उपहारभन्दा अचम्म पनि लाग्न सक्छ । तर यो सत्य हो । पातारासी गाउँपालिका ५ की हिरादेवी बोहोरा महिनावारी हुँदा पहिला विद्यालय आउँथिनन् । विद्यालयमा लैगिंकमैत्री शौचालय नभएकै कारण विद्यालय नआउने गरेको उनले बताइन् । त्यस्तै लोर्पा गाउँकै सरस्वती बोहोरा र जवाना बोहोरा पनि महिनावारी हुँदा हप्ता दिनसम्म विद्यालय आउँथेनन् ।
विद्यालयको अभिन्न अंगका रुपमा रहेको शौचालय नै राम्रो नहुँदा धेरै किशोरी विद्यालय क्षेत्र भन्दा बाहिर थिए । सरकारले अनिवार्य तथा निशुल्क शिक्षाको अवधारणा ल्याएपनि विद्यालयमा लैगिंक मैत्री, अपांगमैत्री, बालमैत्री शौचालय,धारा नभएकै कारण जुम्लाका अधिंकाश किशोरी विद्यालय जादैनन् । प्याड फर्ने सुरक्षित शौचालय नहुनु, केटाकेटी एकै शौचालय प्रयोग गर्नु पर्ने समस्याका कारण विद्यालय जान निकै अप्यठारो लाग्थ्यो सरस्वती बुढाले भनिन् । उपयुक्त शौचालय नभएकै कारण विद्यालयमा किशोरी घटेको भन्ने थाहा पाएपछि किर्डाकद्धारा संचालित शिक्षा परियोजनाले उपहार स्वरुप लैंगिकमैत्री नमुना शौचालय बनाए शंकर आधारभुत विद्यालयलाई दिएको छ ।

शंकर आधारभुत विद्यालयमा अहिले ३ सय २५ जना विद्यार्थी छन् । जसमध्ये ६० प्रतिशत किशोरी रहेका छन् । धेरैपछि किर्डाकले किशोरीहरूलाई उपहार स्वरुप नमुना शौचालय दिएको शिक्षिका विष्णुमाया विष्टले बताइन् । किर्डाकले उपहार स्वरुप दिएको शौचालय लैगिंक मैत्री, अपांगमैत्री, बालमैत्री छ । शौचालय उपहार पाएपछि किशोरीहरू खुसी भएका छन् भने स्थानीयहरूले किशोरीका समस्या बुुझेर नमुना शौचालय उपहार दिएपछि सम्मान समेत गरेका छन् ।
किशोरीलाई उपहार स्वरुप निर्माण गरिएको नमुना शौचालय जिससका उपप्रमुख कार्मा बुढाले बुधबार रिवन काटेर साँचो विद्यालयलाई हस्तान्तरण समेत गरेका छन् । किर्डाक नेपालले धेरै ठाउँमा शौचालय धारा निर्माण त गरेको छ । तर शंकर आधारभुत विद्यालयमा किशोरीको समस्या बुझ्दै उपहार, किशोर ि विद्यालय आउन प्रोत्साहन गर्नका लागि मात्रै नमुना शौचालय दिएकको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशम शाहीले बताए । उनका अनुसार विद्यालयमा पुरानो शौचालय भएपनि किशोरीको पहुँचमा थिएन् । अहिले निकै राहत महशुस गरेका छन् ।
किशोरीलाई उपहार स्वरुप हस्तान्तरण गरिएको शौचालय १३ लाख ९२ हजारको लागतमा निर्माण गरिएको शिक्षा परियोजना संयोजक दिपराज रावतले बताए । उनका अनुसार किशोरीका आन्तरिक समस्यालाई मध्यनजर गरी उपहार स्वरुप शौचालय दिइउको रातवले जनाए । भने, भने दक्ष मित्रि, १ लाख ९० हजार, ढुंगा सिमेन्ट, जस्ता काठ गरि ४ लाख बढि खर्च भएको छ । भने जस्ता, ज्याला, गरु ६ लाख बढि खर्र्च भएको छ । अन्तिम भुक्तानी शौचालय हस्तान्तरण पछि केहि दिनमा दिईने समेत किर्डाकले जनाएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाका अनुसार गैससले सधै विउ वितरण गर्ने प्लास्टिकमात्रै दिने तालिमका नाममा औपचारिकता निभाउनु भन्दा शौचालय उपहार दिनु नमुना काम भएको बताए ।
पातारासी गाउँपालिका अध्यक्ष लछुमन बोहोराले शिक्षा क्षेत्रको विकासका लागि स्थानीय सरकारलाई किर्डाकले वर्षौलेखि हातेमालो गर्दै आएको बताए । किशोरीलाई मात्र उपहार भएपनि त्यसको फाइदा समग्र विद्यालयलाई हुने उल्लेख गरे । समुदायका सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन समेत सुझाव दिए ।


सातामा धेरै पढिएको