समीर रेग्मी
सोमवार, भदौ २, २०७६
405

अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि पहिलेको तुलनामा चीनसँगको अमेरिकी दुस्मनीमा थप वृद्धि भएको छ । हाल ट्रम्प प्रशासनको वैदेशिक नीति एजेन्डामा चीनलाई अमेरिकाको एक नम्बरको दुस्मनको सूचीमा समावेश गरिएको छ ।
रोयटर्सले केही महिनाअगाडि गरेको खोजमूलक प्रतिवेदनका अनुसार चिनियाँ नेता सी जिनपिङले चिनियाँ पिपुल्स लिबरेसन आर्मीलाई अमेरिकी शक्तिसँगको अन्तर कम गर्ने बताइसकेका छन् र केही महत्वपूर्ण क्षेत्रमा उछिनि पनि सकेको छ । प्रशस्त संख्याका अमेरिकी व्यक्तित्व, अधिकारी र राजनीतिज्ञले पनि समान किसिमको चेतावनी दिएका छन् । हालसालै मात्र अमेरिकी प्यासिफिक कमान्डका डेभिड्सनले चीनले फराकिलो क्षेत्र ओगट्न सक्ने हतियार प्रणालीको विकास गरिरहेको चेतावनी दिएका थिए, जुन प्रशान्त क्षेत्रमा अमेरिकी स्वार्थलाई धक्का दिने खालको भएको उनीहरूले बताएका छन् । यो अमेरिकी स्वार्थ, अमेरिकी नागरिक र मित्र राष्ट्रहरूका लागि खतराको घण्टी हो ।

केही महिनाअगाडि ४० मुलुकका विश्वव्यापी नेताहरूसहित १ सय ५० मुलुकका प्रतिनिधिहरू चिनियाँ राष्ट्रपति सीको दोस्रो बेल्ट एन्ड रोड फोरममा भेला भएका थिए । चीनले सिल्क रोड आयोजनाका १ सय ७३ सहयोगमा हस्ताक्षर गरिसकेको छ । यसमा १ सय २५ मुलुक र २९ अन्तर्राष्ट्रिय संगठनहरू समावेश छन् ।
यी मुलुकहरूमा चीनले २०१३ देखि २०१८ सम्मको बीचमा ९० अर्ब डलर लगानी गरिसकेको छ ।
केही महिनाअगाडि बी एन्ड रोड इनिसियटिभमा हस्ताक्षर गर्ने इटाली जी–७ को पहिलो राष्ट्र बनेको थियो । ईयूका राष्ट्रहरूले पनि आपूmले इटालीको अनुसरण गर्ने बताएका थिए । उदाहरणका लागि अस्ट्रिया र पोर्चुगलले आगामी फोरममा भाग लिने बताएका छन् । बेलायत, स्विट्जरल्यान्ड, फ्रान्स, स्पेन र अस्ट्रेलियाले पनि बी एन्ड रोडमा हस्ताक्षर गर्ने रुची देखाएका छन् ।
युरोपेली संसद जोसेफ बोरेल फन्टेलेसले चीन विश्व शक्ति बन्ने बताइसकेका छन् ।
स्पेनले औपचारिक रूपमा बेल्ट एन्ड रोड इनिसियटिभमा हस्ताक्षर गरेको छैन । तर, चीनका कतिपय आयोजनामा चीनसँग सहकार्यको सुरुवात गरिसकेको छ । यसले ईयू–चीनबीचको सम्बन्धमा कम्तीमा पनि आगामी पाँच वर्षसम्मको अवधिमा सहकार्य गर्ने देखिन्छ ।
यसैबीच युरोपले चीनले लन्च गरेको ऋणको पासोमा परेको कूटनीतिको विरुद्धमा अभैm पनि चेतावनी दिएको छ । उनीहरू चीनको भूमि कब्जा गर्ने रणनीतिबाट डराइरहेका छन् । हाल चीन र युरोपबीच व्यापार असन्तुलनको अवस्था देखिएको छ । ईयूले बेइजिङलाई व्यवस्थित प्रतिद्वन्द्वीको संज्ञा दिएको छ ।
बेल्ट एन्ड रोड इनिसियटिभको सकारात्मक सम्भावना भएको छ । यसले ईयूलाई सही दिशामा ल्याउने युरोपेली नेताहरूले बताउँदै आएका छन् । यसमा वातावरणीय चासोका विषय पनि समावेश छन् ।
बेल्ट एन्ड रोड इनिसियटिभ ईयूको औपचारिक ब्रेकअप अवस्य पनि हुने भन्नुलाई कुनै बढाइचढाइ नभएको रूपमा हेर्न सकिन्छ । बेल्ट एन्ड रोडको विस्तारले युरोप र एसियामा अमेरिकी स्वार्थ प्रभावित हुन सक्ने देखिन्छ । युरोपेली राष्ट्रहरूले पनि सिल्क एन्ड रोडमा राम्रै रुचि देखाउन थालेका छन् । यसले पनि अमेरिकाले चीनलाई मुख्य शत्रु मान्ने कारण भएको छ । यी मुलुकहरूको सिल्क एन्ड रोडप्रतिको चासो निकै बढ्न थालेको छ ।
२०२० मा हुने ईयू–चीनबीचको बृहत् लगानी सम्झौताले बजार पहुँचमा सुधार गर्नेछ । यसले विदेशी लगानीकर्तामा रहने अभ्यासलाई हटाउनेछ ।
यो खेल कसरी खेल्ने भन्ने विषयमा चीनलाई पनि राम्ररी थाहा छ । बेइजिङले नेतृत्व गरेको ‘बेइजिङ लेड १६ प्लस वान’ ले १६ पोस्ट–सोसियलिस्ट राज्यहरू यसमा ११ अन्य ईयू राष्ट्र र पाँच मुलुकहरू बेइजिङले युरोपलाई कस्नेछन् ।
अमेरिकाले सैन्य मामिलामा पनि चीनलाई दुस्मनका रूपमा हेरिरहेको छ ।
बढी युरोपेली मुलुकहरू चीनको इनिसियटिभमा समावेश भएसँगै वासिङ्टनको प्रभाव कम हुन जान्छ ।