सुदर्शन अधिकारी
आइतवार, भदौ १, २०७६
377

प्रकृतिले निशुल्क रूपमा उपलब्ध गराएको जल मानवका लागि मात्र नभइ समस्त प्राणी र वनस्पतीलाई पनि उत्तिकै अपरिहार्य छ । ययसको समुचित उपयोग गर्न नसक्दा अनैकै समस्या सिर्जना भइरहेका छन् । पानीबिना पृथ्वीमा रहने प्राणी र वनस्पतीको कल्पना पनि गर्न सकिँदैन । पानीको महत्व जीवनरक्षाका लागिमात्र नभइ ऊर्जा उत्पादनमा पनि त्यतिकै छ । जलविद्युत्् उत्पादन हाम्रो सन्दर्भमा ज्यादै नै आवश्यकीय बनेको छ, जसका लागि विद्युत्् उत्पादनको करिब ११ दशकमा ३ सय मेगावाट पनि विद्युत् उत्पादन नहुनु दुःखद सवाल हो । हिमनदीबाट बग्ने सयांै नदीबाट प्र्रशस्त मात्रामा जलविद्युत् उत्पादन गर्नसकिए पनि विविध कारणले बर्सेनि विद्युत् उत्पादनमा पछाडि पारिरहेका छन् जसमा कारण विद्युत् अभावकै कारण लामो समय लोडसेडिङको सामना गर्न विवश भएका छौं ।
नेपालको जलसम्पदालाई भरपुर प्रयोग गर्ने हो भने हाम्रो आर्थिक अवस्थामा समेत पर्याप्त मात्रामा सुधार ल्याउन सकिन्छ । जलको अभावमा लाखौं हेक्टर जमिन बाँझो रहेको छ भने सिँचाइ सुविधा नहुँदा कृषि उत्पादनमा पनि ह्रास आएको छ । व्यावसायिक कृषि आजको आवश्यकता हो जसका लागि सिँचाइको समुचित ढंगले वितरण गर्ने व्यवस्था मिलाउन सकेमा उत्पादन बढाएर आर्थिक विकासमा टेवा पु¥याउन सकिन्छ । तराईका समथर उर्भर भूमिमा सिँचाइको अभावकै कारण कृषकको लगानी बालुवामा पानी हुन पुगेको तीतो यथार्थ सबैका सामु छँदैछ ।

पानीको उपयोगमा यथोचित ध्यान नदिँदा हाम्रा हजारौ वस्तीमा खानेपानी अभाव भइरहेको छ । विकास निर्माण कार्य गर्दा पनि प्राविधिक परिक्षण विनानै जथाभावी संरचनाको निर्माण गर्नाले पानीको मुहान सुक्न थाले । वृक्षरोपण गरी पानीको ओत संरक्षणमा पर्याप्त मात्रामा ध्यान नपु¥याउदा सर्वच पानकिो अभाब भेइरहेको छ । पानीको उपयोग गर्ने नीति पनि दिर्घकालीन र प्रभाबकारी बनाउन नसक्दा समस्याले बिकराल अवस्था सिर्जना गररएको देखिन्छ । पछिल्ला समयमा बिना योजना र भूबनोटको ख्यालै नगरी जमिनमा प्लानिङ गर्ने नाममा प्राकृतिक स्रोतको नभए गराउने काम भयो जसको परिणम पानीको मात्रा घटन गयो ।
काठमाडांै उपत्यकामा मात्रै दैनिक २८ करोड लिटर पानीको आवश्यकता पर्ने भए पनि मुस्किलले वर्षाको समयमा १२÷१४ करोड लिटर र हिँउदमा ६÷७ करोड लिटर मात्रै आपूर्ति गर्नसकेको तथ्यांक खानेपानी संस्थानले दिने गरेको छ । पानी खरिद गरी उपभोग गर्न बाध्य बनाइएका छन् । सहरी जनसंख्या तीव्र रूपले वृद्धि भइरहेको सनदर्भमा हामीले जल उपयोग नीति निर्माण नै गरेर त्यसको सन्तुलित उपयोगमा जोड दिनुपर्छ । जलचक्रमा अवरोध पुग्ने कुनै पनि गतिविधि हामीले गर्नुभएन ताकि जलसम्पदाको संरक्षण र सन्तुलन गर्न सकियोस् ।
ग्रामीण इलाका होस् या नगरोन्मुख क्षेत्र ने किन नहोस् सर्वत्र आकर्षक घडेरी निर्माण गर्ने नाममा वनस्पती र पानीको स्रोतलाई समेत नष्ट गराउदै आवास क्षेत्र बनाउँदा नै आजको समस्या सिर्जएको हो । वहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनावाट उपत्यकावासीलाई खानेपानीको आपूर्ति गर्ने कार्य पनि दुई दशक पुग्नै लाग्दासमेत पूर्ण हुन सकेको छैन । पानीको उपयोग गर्दा भावी पुस्ताले समेत उपयोग गर्न पाउने गरी सन्तुलनमा राखेर हरतरहले जलसम्पदाको संरक्षणमा एकजुट हुनु जरूरी भएको छ । जल र जमिन मानवका लागि अत्यावश्यक भएकोले नै दुवैको सही र दीर्घकालीन ढंगले उपयोग गर्न सकेमा मात्र नै यसवाट मानव वर्ग बढी लाभान्वित हुनसक्छन् । जलप्रदूषण हुने क्रियाकलापलाई समेत बन्द गरेर वनसम्पदाको जगेर्ना गर्दै बढ्दो जनसंख्यालाई आवश्यक पर्ने खालको व्यवस्थापन सहज रूपमा गर्नका लागि सबै पक्ष उत्तिकै जिम्मेवार बन्नुपर्छ । जल नै जीवन भएकोले यसलाई युगौँसम्म उपयोग गर्न सकिने गरी प्रयोग गरौँ तबमात्र सबैलाई सहज हुनजान्छ ।