दामोदर तिमल्सेना
मंगलबार, श्रावण २८, २०७६
377

बेलाबेलामा विभिन्न किसिमका शैक्षिक परामर्श, गोष्ठी, अवलोकन भ्रमणजस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याइनुपर्छ ।

चलचित्र पर्यटन : विभिन्न स्थलहरूलाई चलचित्र छायांकन स्थलका रूपमा विकास गरिनुपर्छ भने नेपालमा छायांकनका रूपमा आउने विदेशी चलचित्र निर्माताहरूलाई एकद्वार प्रणालीमार्फत सेवा उपलब्ध गराउनुपर्छ ।
शैक्षिक पर्यटन : गुणस्तरीय शैक्षिक प्रतिष्ठानहरूलाई बजारीकरण गरी विदेशी विद्यार्थीहरूलाई तालिम तथा अध्ययनको अवसर प्रदान गरिनुपर्छ । नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक अनुसन्धान तथा खोज स्थलका रूपमा विकास गरिनुपर्छ । बेलाबेलामा विभिन्न किसिमका शैक्षिक परामर्श, गोष्ठी, अवलोकन भ्रमणजस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याइनुपर्छ ।

स्वास्थ्य पर्यटन : नेपालमा उपलब्ध वनस्पति तथा जडीबुटीहरूको उपयोग गर्दै प्राकृतिक उपचार पद्धति तथा आयुर्वेदजस्ता परम्परागत उपचार पद्धतिको विकासका साथै आध्यात्मिक साधना, ध्यान, योगसाधना केन्द«का रूपमा नेपाललाई विकास गरिनुपर्छ । नेपालको हावा, पानी, माटोका बारेमा विशेष रूपमा प्रचारप्रसार गरी स्वास्थ्य उपचारपश्चात् आराम प्राप्तिका लागि नेपाललाई प्राकृतिक स्थलको रूपमा विकास गरिनुपर्छ ।
कृषि पर्यटन : पर्यटकीय स्थलहरूमा कृषिजन्य उत्पादनलाई प्राथमिकता दिने र कुनै खास किसिमका वस्तु उत्पादन हुने क्षेत्रमा एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालनमा ल्याई त्यस्ता उल्पादनको बजारीकरण गर्ने ।
ग्रामीण पर्यटन : पर्यटनलाई गाउँगाउँसम्म विस्तार गर्न होम स्टे सञ्चालन, विकट पहाडी तथा हिमाली क्षेत्रहरूमा केवलकार सञ्चालन गरी स्थानीय समुदायहरूद्वारा उत्पादित मौलिक र परम्परागत हस्तकला तथा अन्य उपहार सामग्रीको बजारीकरण गर्ने । विभिन्न क्षेत्रमा भएका पर्यटकीय सम्पदाहरूको छुट्टाछुट्टै विशिष्ट पहिचान बनाई एक स्थान एक पहिचानको नीति अवलम्बन गर्ने ।
पर्या पर्यटन : नेपालका विभिन्न स्थानमा रहेका वन, जंगल तथा जैविक विविधताहरूको उचित संरक्षण तथा व्यवस्थापन गरी आन्तरिक तथा बाहय पर्यटकहरूलाई जंगल सफारी, वन्यजन्तुहरूको अवलोकन, बर्ड वाचिङ, ताल, सिमसार क्षेत्रको अवलोकन तथा नौका विहारजस्ता आमोद–प्रमोद गतिविधिबाट आम्दानी बढाउन सकिन्छ भने कार्वन व्यापार मार्फत बिदेशी डलर प्राप्त गर्न सकिन्छ । मनोरञ्जनात्मक, फुर्सदको उपयोग गर्ने तथा गर्मी छल्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी पहाडी क्षेत्रलाई शीतल आराम क्षेत्र (हिल स्टेसन) का रूपमा विकास गर्न सकिन्छ ।
ग्रामीण पर्यटकीय क्रियाकलापको विस्तार तथा अभिवृद्धि गर्ने, नयाँ पर्यटकीय स्थलहरूको खोज, पहिचान, पर्यटन पूर्वाधार विकास, पर्यटकलाई उपलब्ध गराइने वस्तु तथा सेवाको गुणस्तरमा सुधार गर्ने, सहज पहँुच, सुरक्षित गन्तव्य, बसाइको उपलब्धि लम्ब्याउने जस्ता कार्यक्रममार्फत नेपाल भ्रपण वर्ष–२०२० सफल हुन जाने देखिन्छ ।