युवकध्वज जीसी
सोमवार, श्रावण २७, २०७६
460

जीवनाशक विषादीलाई कसरी सुरक्षित र प्रभावकारी ढंगबाट प्रयोग गर्ने भन्ने सन्दर्भमा विषादी निर्माताहरूले प्रयोगकर्ताहरूलाई आवश्यक जानकारी दिन विषादीका लेबुलहरू बनाएका हुन्छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट विषादीको प्रभावकारिता निर्धारण गर्न परीक्षण गरिनुपर्छ । यसैगरी प्रयोगकर्ताको सुरक्षण, उपचार गरिएको खाना सेवन गर्ने उपभोक्ता र वातावरणमा पर्न सक्न सम्भाव्य खतराको सम्बन्धमा पनि विस्तृत परीक्षण गरिनुपर्छ ।
विषादीको हानिकारक तह (मारकतह) कि त एल डी ५० वा एल सी ५० वा रातो, पहेंलो, नीलो, हरियो लेबुलबाट छुट्याउन सकिन्छ तापनि साधारण हिसाबले बुन लेबुलहरू नै सहज देखिन्छ । यी लेबुलहरू लगाउनुको मुख्य उद्देश्य दिइएको निर्देशनअनुसार प्रयोग गर्नु, गराउनु नै हो । विषादी निर्माताहरूले केही महत्वपूर्ण पक्षजस्तै बनाइएको विषादी लेबुलमा सूचीकृत कीराहरू, रोगहरू वा झारपातको विरुद्ध प्रभावकारी छ वा छैन, यसले लेबुलमा सूचीकृत बालीहरूलाई नोक्सानी गर्ने छैन, विषादीको सञ्चालन गर्ने प्रयोगकर्ता र अन्यहरूलाई घातक छ वा छैन । साथै उपचारित खानेकुरामा उपभोक्तालाई नराम्रो असर पार्ने छैन र यसले लक्ष्य नगरिएका मित्रकीरा, पशुपक्षी, माछा, चराहरू, वातावरण र मानवमा लगायत अन्य बालीहरूलाई प्रतिकूल असर गर्ने छैन भन्ने विषयको सुनिश्चता गरिनुका साथै राम्ररी जाँच गरेका हुन्छन् । यस सम्बन्धमा सबै विशेषज्ञहरू सन्तुष्ट भए पछि मात्र लेबल अनुमोदन गरिनुपर्छ र विषादीलाई बिक्री गर्न मंजुरी दिइनुपर्छ ।
उपयुक्त प्रयोजनार्थ यस्ता विषादीको परिवहन, भण्डारण, बिक्री र प्रयोगमा संलग्न सबैले लेबुलमा लेखिएको जीवनाशक विषादीबारेको जानकारी पढ्न र बुझ्न सक्नु अति महत्वपूर्ण हुन आउँछ । जीवनाशक विषादीका सिसीहरू सानो भएको अवस्थामा निर्माताहरूले अतिरिक्त कागज राखी त्यस्ता जानकारीहरू दिन्छन् वा आवश्यक जानकारी विभिन्न भाषाहरूमा समेत दिने गर्छन् । प्रयोग गरिने विषादी सम्बन्धी सूचना दिने पर्चा लेबुल जतिकै महत्वपूर्ण हुन्छ र विषादी प्रयोग गर्नुपूर्व राम्ररी पढ्नु जरुरी हुन आउँछ । विषादीको प्रकृतिअनुसार जानकारीहरू बेग्ला बेग्लै किसिमको हुन सक्छन् र सबै लेबुलमा समान स्तर अपनाइएका हुन्छन् । कुनचाहिँ विषादी कति खतरा छ भनि जान्नका लागी तल व्याख्या गरिएका विषयहरूलाई महत्वपूर्ण रुपमा लिनुपर्छ । जीवनाशक विषादीलाई कसरी सुरक्षित र प्रभावकारी ढंगबाट प्रयोग गर्ने भन्ने सन्दर्भमा विषादी निर्माताहरूले प्रयोगकर्ताहरूलाई आवश्यक जानकारी दिन विषादीका लेबुलहरू बनाएका हुन्छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट विषादीको प्रभावकारिता निर्धारण गर्न परीक्षण गरिनुपर्छ । यसैगरी प्रयोगकर्ताको सुरक्षण, उपचार गरिएको खाना सेवन गर्ने उपभोक्ता र वातावरणमा पर्न सक्न सम्भाव्य खतराको सम्बन्धमा पनि विस्तृत परीक्षण गरिनुपर्छ ।
विषादीको हानिकारक तह (मारकतह) कि त एल डी ५० वा एल सी ५० वा रातो, पहेंलो, नीलो, हरियो लेबुलबाट छुट्याउन सकिन्छ तापनि साधारण हिसाबले बुन लेबुलहरू नै सहज देखिन्छ । यी लेबुलहरू लगाउनुको मुख्य उद्देश्य दिइएको निर्देशनअनुसार प्रयोग गर्नु, गराउनु नै हो । विषादी निर्माताहरूले केही महत्वपूर्ण पक्षजस्तै बनाइएको विषादी लेबुलमा सूचीकृत कीराहरू, रोगहरू वा झारपातको विरुद्ध प्रभावकारी छ वा छैन, यसले लेबुलमा सूचीकृत बालीहरूलाई नोक्सानी गर्ने छैन, विषादीको सञ्चालन गर्ने प्रयोगकर्ता र अन्यहरूलाई घातक छ वा छैन । साथै उपचारित खानेकुरामा उपभोक्तालाई नराम्रो असर पार्ने छैन र यसले लक्ष्य नगरिएका मित्रकीरा, पशुपक्षी, माछा, चराहरू, वातावरण र मानवमा लगायत अन्य बालीहरूलाई प्रतिकूल असर गर्ने छैन भन्ने विषयको सुनिश्चता गरिनुका साथै राम्ररी जाँच गरेका हुन्छन् । यस सम्बन्धमा सबै विशेषज्ञहरू सन्तुष्ट भए पछि मात्र लेबल अनुमोदन गरिनुपर्छ र विषादीलाई बिक्री गर्न मंजुरी दिइनुपर्छ ।
उपयुक्त प्रयोजनार्थ यस्ता विषादीको परिवहन, भण्डारण, बिक्री र प्रयोगमा संलग्न सबैले लेबुलमा लेखिएको जीवनाशक विषादीबारेको जानकारी पढ्न र बुझ्न सक्नु अति महत्वपूर्ण हुन आउँछ । जीवनाशक विषादीका सिसीहरू सानो भएको अवस्थामा निर्माताहरूले अतिरिक्त कागज राखी त्यस्ता जानकारीहरू दिन्छन् वा आवश्यक जानकारी विभिन्न भाषाहरूमा समेत दिने गर्छन् । प्रयोग गरिने विषादी सम्बन्धी सूचना दिने पर्चा लेबुल जतिकै महत्वपूर्ण हुन्छ र विषादी प्रयोग गर्नुपूर्व राम्ररी पढ्नु जरुरी हुन आउँछ । विषादीको प्रकृतिअनुसार जानकारीहरू बेग्ला बेग्लै किसिमको हुन सक्छन् र सबै लेबुलमा समान स्तर अपनाइएका हुन्छन् । कुनचाहिँ विषादी कति खतरा छ भनि जान्नका लागी तल व्याख्या गरिएका विषयहरूलाई महत्वपूर्ण रुपमा लिनुपर्छ । 

खतराको संकेत वा शब्दहरू
संभवत: जीवनाशक विषादी लेबुलमा दिइने सबभन्दा महत्वपूर्ण सूचना अन्तर्राष्ट्रिय खतराको चिह्न (खप्पर र तेर्साएको हड्डीहरू, आगो लाग्न सक्ने वा नष्ट गर्ने संकेत) र खतराका संकेत शब्दहरू हुन्छन् जसले जीवनाशक विषादीबाट हुन आउने घातक असर बताउँछन् । विश्व स्वास्थ्य संगठनबाट खतरा सम्बन्धी वर्गीकरण प्रणाली अनुरुप विषालुपनको आधारमा जीवनाशक विषादीलाई साधारणतया पाँच वर्ग समूहमा राख्न सकिन्छ ।
धेरै विषालु : विश्व स्वास्थ्य संगठनको घातक समूह आईएमा (अत्यधिक खतरनाक) मा परेका विषादीहरू । यस समूहमा समावेश गरिएका जीवनाशक विषादी अति घातक हुन्छ । धेरैजसो मुलुकहरूमा प्रयोगकर्ताको सुरक्षणको दृष्टिकोणबाट यस्ता विषादीको प्रयोग माथि बन्देज वा प्रतिबन्ध लगाइएको हुन्छ । यस प्रकारका विषादीहरूमा फस्फामिडन रहेको डिमेक्रन र अन्य विषादीहरू पर्छन् । नेपालमा पनि यस प्रकारका विषादीहरू बन्देज लगाइसकिएको छ ।
विषालु : विश्व स्वास्थ्य संगठनको घातक समूह आईबीमा (धेरै घातक) परेका विषादीहरू र माथि उल्लिखित आईएमा रहेका विषादी भन्दा यस समूहमा परेका विषादी कम घातक हुन्छन् । तापनि यस समूहका विषादी प्रयोग गर्ने वा सञ्चालनमा संलग्न हुने सबैले उपयुक्त सुरक्षात्मक पहिरन लगाउनुपर्ने र विषादीको प्रयोग गर्ने वारे जानकारी राख्नुपर्छ । यस समूहका विषादीहरूमा मोनोक्रोटोफस, पाराथियन मिथाइल, डाइक्लोरोभस विषादीहरू पर्छन् । उदाहरणका रूपमा मोनोसिल, मेटासिड, नुभाक्रोन आदि लिन सकिन्छ । नेपालमा पनि यस प्रकारका विषादीहरू बन्देज लगाइसकिएको छ
हानिकारक : विश्व स्वास्थ्य संगठनको घातक समूह आईआई (कम घातक) मा रहेका विषादीहरू, यसमा कार्बोफ्युरान, क्लोरपाईरिफस विषादीहरू र धेरैजसो अन्य अर्गानोफस्फेट कीटनाशक विषादीहरू पर्छन् । नेपालमा पनि यस प्रकारका धेरै विषादीहरू बन्देज लगाइसकिएको छ
सावधानी : विश्व स्वास्थ्य संगठनको घातक समूह आईआईआई (निकै कम घातक) मा रहेका विषादीहरूमा धेरैजसो सिन्थेटिक पायरेथ्रोआइड कीटनाशक विषादी र एसिफेट विषादी यस समूहमा पर्छन् । सावधानीसाथ यी विषादीहरू प्रयोग गर्नुपर्छ 
संकेत रहित : विश्व स्वास्थ्य संगठनले सामान्य प्रयोग गर्दा गम्भीर रूपमा घातक हुन नसक्ने ठहराएको विषादीहरूका लागि कुनै सांकेतिक शब्दहरू दिनु पर्दैन । धेरैजसो झारनाशक र कैयन ढुसीनाशक विषादी यसमा समावेश गरिएका छन् ।धेरैजसो मुलुकहरूमा माथिको वर्गीकरणलाई उपयोगमा ल्याइएको छ । तर, केही मुलुकमा भने विश्व खाद्य कृषि संगठन र विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको भन्दा बेग्ले आफ्नै वर्गीकरण प्रणाली प्रचलनमा छन् । घातक चिह्न र सांकेतिक शब्दहरूको उपयोगबाट जीवनाशक विषादी सञ्चालन र प्रयोगकर्ताहरूलाई सम्बन्धित विष कतिसम्म खतरनाक छ, त्यसको जानकारी र विष लाग्नेबाट जोगिन सावधानी लिनुपर्नेबारे तत्कालै थाहा पाउन मद्दत पु-याउँछन् ।
पहिचानसम्बन्धी जानकारीलेबुलको यस भागमा जीवनाशक विषादीबारे सामान्य सूचनाहरू हुन्छन् । यसमा व्यापारिक नाम, विषादीमा विद्यमान सबै सक्रिय अंशहरूको सूची, तिनीहरूको मात्रा र सविन्यासको किसिम समावेश गरिएको हुन्छ । कहिलेकाहीं, लेबुलमा विषादीका केही अन्य महत्वपूर्ण तत्वहरूको सूची पनि दिइन्छ । उदाहरणका लागि बढी प्रज्वलित हुने वा खतरनाक वा घलनशीलजस्ता जानकारीहरू आवश्यक छन् । यस पहिचानसम्बन्धी भागमा विषादीको खुद अंश, निर्माणकर्ताको नाम, ठेगाना दिइएको हुन्छ । यसका साथै आश्वासन वा कुनैले खास कुरा नसकार्ने बारेको विवरण पनि समाविष्ट रहन्छ । सविन्यास वा विषादीको गुणस्तरसम्बन्धी समस्याहरू आइपर्ने अवस्थालाई विचार गरी पहिचान प्रयोजनका लागि ब्याच नम्बर र विषादीको उपयोगिता समाप्त हुने मितिसमेत (मुलुकको कानुनबमोजिम आवश्यक हुन आएको खण्डमा) । यस पहिचानसम्बन्धी भागमा दिइएको हुन्छ । जीवनाशक विषादी कुन–कुन प्रयोजनमा प्रयोग गर्न सकिन्छ सोबारे विषादीको लेबुलमा प्रयोगसम्बन्धी सामान्य विवरण समावेश गरिएको हुन्छ ।
प्रयोगसम्बन्धी जानकारीलेबुलको यस भागमा ती सबै जानकारी दिइएका हुन्छन् जसबाट विषादीको प्रयोगकर्ताले उपचार गरिएको बालीलाई नोक्सान नपु-याई समस्यालाई राम्ररी नियन्त्रण गर्न सकोस् । यसमा विशेष गरी विषादी कहाँ उपयोग गर्ने (कुन बालीमा र कुन कीरा-बाली रोग वा झारहरूविरुद्ध प्रयोग गर्ने), विषादीलाई कसरी उपयोग गर्ने (कति परिमाणमा उपयोग गर्ने र यस प्रक्रियामा कसरी मिसावट गर्ने र प्रयोग गर्ने) तथा कहिले उपयोग गर्ने (वर्षको कुन समयमा बाली-कीरा वा रोगको कुन विकसित अवस्थामा र कसरी पुन: छर्कने) भन्ने जस्ता कुरा बताइएका हुन्छन् । यस भागमा विषादी कहाँ उपयोग नगर्ने जस्ता उपयोगसम्बन्धी सामान्य चेतावनीहरू, कसरी बालीलाई नोक्सान पुग्न सक्छ (उदाहरणको लागि केही सविन्यासबाट बोटका कलिला पातहरूलाई नोक्सान) र कुन अवस्थामा विषादीले काम गर्दैन (जस्तो कि वर्षा हुनु तुरुन्तै अगावै) बारे जानकारी दिइएका हुन्छन् । प्रयोगसम्बन्धी भागको निर्देशनमा कुन अवधिमा विषादी प्रयोग गर्नु नहुने र पुन: प्रवेश अवधिसमेत समावेश गरिएको हुन्छ ।विषादी प्रयोग गर्न नहुने अवधि (यसलाई कटानीपूर्वको समय पनि भनिन्छ) अन्तर्गत जीवनाशक विषादीबाट अन्तिम पटक उपचार गरेको समयदेखि मानिस वा पशुको उपभोगको बाली लिइने वा उपचार गरिएको खेतहरूमा जनावरहरूलाई चरनका लागि जान दिइने समयसम्मको सिफारिस गरिएका दिनहरू वा हप्ताहरू पर्छन् । पुन: प्रवेश अवधिअन्तर्गत विषादी छरेको र खेतालाहरूलाई बाली सम्बन्धी काम गर्न सुरक्षात्मक पहिरन नलगाई जान अनुमति दिइएको बीचका दिनहरू आउँछन् । यस भागमा पाइने अन्य जानकारीहरूमा विषादीको मिसावटसम्बन्धी निर्देशन र त्यही स्प्रे ट्यांकमा त्यस विषादीलाई अन्य विषादीहरूसँग मिलाएर राख्न सकिने नसकिने बारे जानकारी दिईएको हुन्छ ।
सुरक्षासम्बधी जानकारीविषादीको लेबुलको यस भागमा विषादीबाट हुन आउने कुनै खास प्रकारका खतराहरूको कारणबाट विषादी प्रयोगकर्ताहरूलाई घातक प्रभाव पर्न नदिन र वातावरणलाई प्रदूषित हुनबाट रोक्न लिइनुपर्ने खास प्रकारका सावधानीहरूसँग सम्बन्धित जानकारीहरू दिइन्छ । यस्ता सावधानीहरूलाई स्वास्थ्य, वातावरण, भण्डारण र नष्ट गर्नेमा विभाजित गरिएको छ । स्वास्थ्यसम्बन्धी सावधानीहरूमा विषेश गरी विषादीलाई मिसाउँदा र छर्कंदा वा धुलो छर्दा त्यसबाट हुन सक्ने दुष्प्रभावबाट प्रयोगकर्ताको सुरक्षण गर्नेबारेको जानकारी यसअन्तर्गत दिइएको हुन्छ । साधारणतया सुरुकै विवरणमा विषादी कति खतरनाक छ र शरीरमा कसरी सोसिन सक्छ भन्ने कुरा उल्लेख गरिएको हुन्छ । त्यसपछि प्रयोगकर्ताले विष लाग्नबाट बच्न अपनाइनुपर्ने उपयुक्त कार्यविधिहरू दिइन्छ (उदाहरणका लागि धूलो वा धूवाँ श्वास प्रक्रियाबाट जान नदिने, स्प्रे मिष्टसँगको सम्पर्क हुन नदिने र छर्ने कार्यपश्चात छाला र पहिरन धुनुपर्ने) । यसमा विषादीको मिसावट र छर्ने कार्य गर्दा उपयुक्त प्रकारको सुरक्षात्मक पहिरनबारेमा पनि सूचित गरिएको हुन्छ । बढी विषालु विषादीको सन्दर्भमा, विष लाग्दाका लक्षणहरू र विष लाग्दा वा प्रदूषण हुँदा गर्नुपर्ने उपयुक्त प्राथमिक उपचारसम्बन्धी जानकारीहरू पनि यस भागमा समावेश गरिएको हुन्छ ।
विषादीले वातावरणमा पनि असर गर्ने भएकाले यससम्बन्धी सावधानीहरू पनि उत्तिकै महत्वपूर्ण छन् । यसअन्तर्गत बिरुवाहरू, घरेलु पशुपक्षी, वन्यजन्तु, माहुरी, फाइदाजनक मित्रकीरा, माछा र वातावरणलाई साधारणतया कसरी संरक्षण गर्न सकिन्छ, त्यससम्बन्धी जानकारी दिइएको हुन्छ । धेरैजसो सावधानीमा खास प्रकारको खतरा (उदाहरणका लागि माछालाई लाग्ने विष) र यसबारे अपनाइनुपर्ने आवश्यक सावधानीहरू दिइएका हुन्छन् । रासायनिक वा खाली विषालु भाडाहरूबाट खोला, नदी र अन्य जलस्रोतहरूमा प्रदूषण हुन नदिने ।
विषादी भण्डारण र नष्ट गर्नेसम्बन्धी जानकारीविषादी भण्डारण गर्दा निकै होसियारी अपनाउनुपर्छ । कतिपय अवस्थामा खाने औषधि, अनाज, पानीजस्ता वस्तुहरू एकैसाथ राख्नाले दु:खलाग्दा कारुणिक घटनाहरू घटेका छन् । केही वर्षअगाडिको हाम्रै नेपालको घटना हो, बच्चालाई खुवाउन ल्याइएको जुकाको औषधी र विषादीसँगै राखेको अवस्थामा अनजानमा आफनै बुबाले एकैचोटि एकै डोज हुने गरी रासायनिक विषादी खुवाई बच्चाको दु:खद मुत्यु भएको हृदयविदारक घटना सुन्दा म विक्षिप्त भएको मेरो मानसपटलमा ताजै छ । नजानिदो रूपमा यस्ता दुर्घटना कति घटी रहेका होलान हाम्रो समाजमा तर जानकारीका साथ ख्याल गर्ने हो भने यस प्रकारका दुर्घटना टार्न सकिन्छ, जसका लागि लेबुलहरू पढ्नुपर्ने हुन्छ, जबकी धेरैजसो लेबुलमा विषादीलाई कसरी सुरक्षात्मक ढंगबाट भण्डारण गर्ने भन्ने कुरा दिइएको हुन्छ ।
उदाहरणका लागि सुखा चिसो ठाउँमा राख्ने, केटाकेटीहरूले सजिलैसँग भेट्टाउन नसक्ने र खाद्य पदार्थ र पशुपक्षीबाट टाढा राख्ने गर्नुपर्छ । विषादीका रित्ता भाँडाहरूलाई वातावरण प्रदूषित नहुने गरी कसरी नष्ट गर्ने भन्ने निर्देशनहरू पनि समावेश गरिएका हुन्छन् । साधारणतया यस प्रक्रियाअन्तर्गत खाली बाकसहरू र विषालु पदार्थ बेरिएका सामग्रीहरूलाई जलाइदिने वा टिनका क्यान र सिसीहरूलाई राम्ररी सफा गर्ने र त्यसलाई फोडी वा प्वाल पारी जमिनमुनि गाडिदिनुपर्ने कुरा उल्लेख गरिएको हुन्छ । विषादी प्रयोग गरेपछि प्रयोग गरिएका प्याकेट, बट्टाहरूमा रहेको अवशेषले पनि वातावरणमा असर गर्ने भएकाले यिनको सुरक्षित विसर्जनजस्ता पक्षहरू ख्याल गर्नुपर्ने हुन्छ । यस प्रकार जीवनाशक विषादीको लेबुलमा विषादी सामग्रीलाई भण्डारण गर्ने, सञ्चालन गर्ने र न्यूनतम घातक हुने गरी प्रयोग गर्ने सम्बन्धमा आवश्यक जानकारीहरूको सारांश दिइएको हुन्छ ।
जीवनाशक विषादीबाट सुरक्षा र विषादीको लेबुलमा दिएका निर्देशनहरू कसरी पढ्ने र अपनाउने सम्बन्धमा प्रयोगकर्ताहरूलाई तालिम दिएर जीवनाशक विषादीलाई सुरक्षात्मक ढंगबाट प्रयोग गर्न सकिनेछ र यसबाट मानिसहरू, पशुपक्षी, वन्यजन्तु र वातावरणलाई न्यूनतम खतरा पुग्न जानेछ । खुद्रा विक्रेताहरू वा कृषकहरूले प्रयोग गर्न खरिद गरिएको विषादीहरू भण्डार गर्दा अपनाउनुपर्ने सावधानीहरू पनि त्यति नै महत्वपूर्ण छन् । असुरक्षित भण्डारणले विषादीको प्रभावकारी अवधी कम हुन जान्छ र चुहिएर तथा पोखिएर मानिस र वातावरणमा दुष्प्रभाव पर्छ । तसर्थ विषादीहरूलाई खाद्यान्न, पशुपन्छीको दाना, बीउ, रासायनिक मलखाद र कृषि औजारहरू देखि अलग राख्नुपर्छ ।
विषादीहरू सुख्खा चिसो ठाउँमा सीधा घामको किरण नपर्ने गरी पानी नचुहिने कोठामा राख्नुपर्छ । विषादीहरू तालाबन्द कोठामा भण्डारण गर्नुपर्छ । ढोकामा ‘विषालु कोठा’, ‘खतरनाक’ जस्ता शब्दहरू सबैले देख्ने ठाउँमा राख्नुपर्छ । भण्डारमा राखिएका विषादीहरू चुहिएका वा पोखिएका छन्-छैनन नियमित रूपले हेर्ने र त्यस्तो छ भने तुरुन्त त्यस्तो विषादी सफा गर्ने र खाली भाँडाहरू सफा गर्नुपर्छ ।
विषादी दुवानी गर्दा अपनाउनुपर्ने सावधानीहरू विषादी आयातकर्ता, खुद्रा विक्रेताहरूले विषादी ढुवानी गर्दा निम्न कुरामा होस पु-याउन सके मानिस तथा वातावरणमा पर्ने दुष्प्रभाव कम गर्न सकिन्छ । धेरै विषादी ढुवानी गरेको वाहनमा खाद्यान्न, जनावरको दाना, रासायनिक मलखाद आदिमा विषादी पोखिएर दुषित हुन सक्छ । तसर्थ विषादी ढुवानी गर्दा केही विचार पु-याउनुपर्ने कुरामा विषादीको भाँडो बिग्रिएको, च्यातिएको छ भने कच्ची बाटोमा ढुवानी गर्दा भाँडो फुट्न र चुहिन सक्छ र साथै ढुवानी गरिएका अन्य खाद्यान्न, दाना आदिमा पर्न सक्छ । घाम पानीबाट जोगाउन प्लास्टिकको सिटले छोप्नुपर्छ ।
पानीपरेमा ओसिएर वा घामले तातिएर भित्रको विषादीमा रासायनिक प्रतिक्रिया सुरु हुन सक्छ र विषालु गन्ध निस्कन सक्छ । टाढाबाट देखिने गरी विषादीको ठूला–ठूला प्याकेज वा कार्टुनमा लेबल टाँस्नाले दुर्घटनाको अवस्था पनि सजिलै चिन्न सकिन्छ । ट्रक वा अन्य सवारी साधनमा विषादी राख्दा प्याकेज फुट्ने च्यातिने हुन सक्छ जुन पछि झिक्दा विषादी पोखिन सक्छ । सवारी साधनमा राख्दा बढी खतरनाक विषादीलाई तल र कम खतरनाक विषादीलाई माथि राखी ढुवानी गर्नुपर्छ । एउटै सवारी साधनमा विषादी, जनावर, पशुपन्छी वा मानिसहरू राख्नु हुँदैन ।साथै चुहिएको वा पोखिएको विषादीलाई सफा गर्दा भाँति पुर्याउनुपर्छ । सावधानीपूर्वक प्रयोग, भण्डारण गर्दागर्दै पनि चुहिन र पोखिन गई दुर्घटना घट्न सक्छ ।
तसर्थ यस्तो अवस्थामा विषादी चुहिएको पोखिएको ठाउँमा मानिसको भिड लाग्नु दिनु हुँदैन र सुरक्षित कपडा लगाएर मात्र सफा गर्नुपर्छ । चुहिएको पोखिएको विषादीलाई धेरै फैलिन नदिन वरिपरिबाट धूलो माटो वा बालुवाले घेर्नुपर्छ । झोल विषादी सोस्ने धूलो, माटो, बालुवा वा अन्य सोस्ने पदार्थ छर्नुपर्छ । धूलो वा पाउडर विषादी सफा गर्न पहिला अलिकति पानी छरेर उड्नबाट रोक्नुपर्छ । त्यसपछि चुन बराबर भाग मिसाएर उठाउनुपर्छ । प्लास्टर भुइँ छ भने डिटर्जेन्ट औषधि र पानीले सफा गर्ने । कच्ची भुइँ छ भने २-३ इञ्च जति माटो ताछेर प्लास्टिक झोलामा उठाएर टाढा लगेर पुर्नुपर्छ । सफा गर्न प्रयोग गरिएका सामग्रीहरू राम्रोसँग सफा गर्नुपर्छ ।