रमेश भट्टराई
शुक्रवार, असार २७, २०७६
354

यहाँबाट ठूलो सङ्ख्यामा युवाशक्तिको जमात बाहिरिनु भनेको एक दिन पृथक् प्रकृतिको नेतृत्व जन्मनु हो ।यहाँबाट ठूलो सङ्ख्यामा युवाशक्तिको जमात बाहिरिनु भनेको एक दिन पृथक् प्रकृतिको नेतृत्व जन्मनु हो ।
 नेकपामा होस् या नेपाली कांग्रेसमा, आखिर खेमाबन्दीको सोच हाबी छ । एउटै पार्टीभित्र पनि भड्काउने, फुटाउने र च्याँखे थापेर फाइदा लुट्ने सोचै छैन भन्न नसकिने रहेछ । नेकपाले एकता गरेपछि पनि आफैंभित्र मनमुटाव र पदीय असन्तुष्टिले प्रहार गरिरहेको देखिन्छ । अध्यक्षद्वयले एक जेटका दुई पाइलट हौँ भनिरहँदा जनताले आशा गर्नुसँग अचम्मको कुरै होइन, अभैm आशावादी छन्  नै । यद्यपि जुन सत्तामा रहन्छ तबसम्म ऊ त्यो देशको साझा दायित्व बोक्ने अभिभावक हो । यदि अभिभावकमै बेमेल भएपछि छोराछोरीको मनोविज्ञान कसरी सकारात्मक बन्छ । मसिना कुरामा स्वार्थ र मेरो भन्ने सङ्कीर्णताले झ्वाप्पै छोप्ने । दीर्घकालीन सोच र गन्तव्यको स्पष्ट चित्रतिर लम्कने हो तर आदर्शतावादी, विरोध पनि सहन जान्ने हुनु पर्दैन र ! झुक्न नजान्ने र स्वार्थी सोचकै कारण आजसम्म हाम्रो देश २००७ साल यता आधा शताब्दीभन्दा बढी रुमल्लिरहेको छ । दुई पाइलट मिल्यौँ, देश हाँक्छौँ पनि भनियो अनि एक अर्कामा आपूm खुसीको मपाइँत्वले मुठी खुल्न सकेन । पदको वा स्वार्थको वा कुनै अरू कुनै लालसाको जालोभित्रबाट करायो— अहँ, म यो जालो तोड्न चाहन्नँ । आफैंभित्र नै विश्वास देखिन्न । न सिद्धान्त, न जनताको जनवाद– अब बहुमतको कम्युनिस्ट सरकारसँग सर्वहारा जनताले के विषयमा कसरी खुसी मान्ने ? हरेक निकाय, कार्यालय, स्कुल, विश्वविद्यालयदेखि स–साना अवसरमा भागबण्डे शैलीमा देश विभाजनकै तारतम्यमा चल्छ भने यसको अर्थ राजनीतिमा पुरानो शैलीको कठोर अतिवाद हाबी छ । आवश्यकताका आधारमा युवालाई विकास र अवसरको एकै सूत्रबद्ध पार्ने प्रकृतिको नीति र योजना किन बन्न सक्दैन ? हरेक कर्मचारीतन्त्र, हरेक कार्यालय, हरेक क्षेत्रमा एउटा पार्टी र पहुँचको बोलवाला हुन्छ तब सबै जनताले झोले र चम्चे नबने काम नबन्ने बुझेपछि क्षमता विकासभन्दा नेताको दैलो कुरुवा हुनुलाई अतिउत्तम मान्नुपर्ने हुन्छ । अवसरवादको चर्को परम्परा वर्तमान सरकारको मात्रै दोष होइन, पुरानो र कुरूप थिति हो– कृपया तोडेर जस लिनुहोस् । हिजो सन् १९७० ताका जापानलाई चामल निर्यात गर्ने, दोस्रो विश्वयुद्धपछि खाद्यान्न बाँड्ने हैसियत बोकेको हाम्रो नेपाल आज २०१९ सम्ममा कति परजीवी बनेको छ ? आज हामी जापानभन्दा ५० औँ वर्षपछि रहेछौँ । चीनले पनि ५० वर्षको अन्तरालमा कसरी आपूmलाई कहाँ पु-यायो– इतिहास साक्षी छ । आज ऊ अमेरिकाभन्दा अब्बल हुन प्रतिस्पर्धा गरिरहेको छ । तर, हामी अधोगति अधोमति भएर नै अर्कालाई बझाएर, लडाएर कसरी हुन्छ आपूm उक्सिने प्रपञ्च मात्र रचिन्छ । राजनीति चलिरहन्छ । वास्तवमा ‘दाता गरिब हुँदैन माग्नेलाई उन्नतिले छुँदैन’ भन्ने हुनुपथ्र्यो । हामीले आत्मनिर्भरता बिर्सिहाल्यौँ, हात पसार्ने हात पसार्ने आदतलाई बढावा दिन्छौँ अनि देशको उन्नति कसरी सम्भव हुन्छ ?फ्रान्स सन् १९६७ ताका आज हाम्रो देशको जस्तै अन्योल र बेमेलको शैलीमा थियो । आज २०१९ मा हामी त्यसबेलाको फ्रान्स जसरी ५२ वर्ष पछाडि रहेछौँ । अब, दक्षिण कोरियातिर एउटा प्रोफेसरले बोल्दा, तिनका छेउमा पर्दा आफ्नो आसन छोडेर सादर सम्मान हुन्छ । हाम्रो देशमा नेताको दैलो कुर्ने लाजमर्दो प्रवृत्ति प्रबल हाबी बनेको छ । यदि यही विसङ्गतिपूर्ण चरित्र हाबी बन्दै जाने हो भने यो मुलुकमा अर्को पृथक् क्रान्ति हुने खतरा रहेको देखिन्छ । यहाँबाट ठूलो सङ्ख्यामा युवाशक्तिको जमात बाहिरिनु भनेको एक दिन पृथक् प्रकृतिको नेतृत्व जन्मनु हो । यसको जिम्मेवार हरेक सत्तापक्षी र विपक्षी नेतृत्व बन्नुपर्छ । विकासकै कुरा गर्ने हो भने २००७ देखि आजसम्म झन्डै ७० वर्षको अन्तरालमा हाम्रो मुलुकले थुप्रै खाले सत्ताका प्रकृति पायो तर परिवर्तनलाई ठोस आभास गर्नै पाएन । कारण, हामीले स्पष्ट योजना र कार्यान्वयनको चरणलाई बोध गर्नै जानेनौँ । नीति बनायौँ, सुन्दर हुन्छ तर कार्यान्वयन र प्राप्तिको विवरणसँग दूरदर्शी बन्नै जानेनौँ । घरघरमा सिंहदरबार पुग्यो कि खाने मुखचाहिँ घरघरमा पुग्यो भन्नुपर्ने जटिलताले देशमा पीडा भएको हो । ७७ जिल्लाका २ सय ९३ नगरपालिकाभित्र रहेका ४ सय ६० वटा गाउँपालिकामा कार्यरत कर्मचारी निकायलाई यदि मैले त जितेर आएको पार्टीका आडमा गुलामी गर्नुपर्छ भन्ने मात्र सोचले गाँज्यो र जताततै नातावाद चल्यो भने भ्रष्ट दरबार गाउँगाउँ पुग्यो भन्नुपर्ने हुन सक्छ । आज जुन गाउँमा मानिस मर्दाखेरि लास उठाउने मलामी पाउन छोडिएको छ, जुन देशमा राजनीति मात्रै ठूलो हो भन्ने शैली छ, जहाँ शिक्षा र शैक्षिक व्यक्तित्वको सम्मान हुँदैन, जहाँ विज्ञहरूले नेताको दैलो कुर्ने कुलीन परम्परालाई तोड्न सक्दैन भने परिवर्तन कसरी भयो ? सरकारी कामका लागि कर्मचारी आफन्तवादको खेमापन्थी चलाउँछन्, कर्मचारी नेताको पावर बोकेर कामचोर प्रवृत्तिमा हाबी बन्छ । क्षमता र योग्यताको उपहास भइरहन्छ भने सुशासन कहाँ कुन स्थानमा कसरी कायम रहन्छ ?शिक्षाको सबैभन्दा ठूलो र भरपर्दो त्रिविका कर्मचारी समेत राजनीतिक भागबन्डामा डिन, रजिस्टार, भिसी सबैलाई पार्टीमय बनाउने यो देशले शिक्षा, स्वास्थ्यजस्ता पवित्र र मानवीय क्षेत्रमा पनि हैकम जमाएपछि उपचार पनि झोला बोक्ने र चाकडी गर्नेको प्राथमिकताका आधारमा हुने भयो नि । हरेक पार्टीभित्र स्वार्थ र अवसरका लागि खेमाबन्दी हुँदो रहेछ । कर्मचारी भागबन्डामा चल्ने । सबै सोचमा हैकमवाद देखिन्छ । “गाउँपालिकाले कायापलट हुने बजेट ल्याएको छ । हाम्रो नीति तथा कार्यक्रम युगसापेक्षी छ । पाँच वर्षमा हाम्रो सरकारले यो गाउँपालिकालाई उच्च आय भएको क्षेत्र भनेर घोषणा गर्नेछ ।” चियाको कप हातमा बोकेर बिहानै दुई चारजनाका साथमा वडाध्यक्ष्यज्यू गफिनुहुन्छ । अर्का एकाथरी आपूm पदमा नभए पनि आस्था भएकाहरूका माझमा एक जना बूढा मान्छे बोल्छन् ः “एकाथरी राणा ढालेँ, पञ्चायत ढालेँ भन्छन्, बहुदल ल्याएँ, राजा खेदाएँ भन्छन् । अर्को थरी बहुमतको सरकारमा छु भन्छ तर हामी मिलेर देशलाई बदलौँ कसैले भन्दैन ।”स्वरोजगारको अभाव र शिक्षितहरू बेरोजगार बनिरहेकै छन् । कुनै बाहिरका देशले भिसा खुलायो भन्दा हाम्रो देशले खुसी मान्छ । विदेशमन्त्री र सरोकारवाला गमक्क हुन्छन् । खुसी मान्छन् । उपलब्धि ठान्छन् तर आफ्नो बनाउने कुरामा ध्यान दिने फुर्सदै रहेन ?! विदेशीले लगानी गर्ने भयो, उसको अङ्ग्रेजी छाँट्यो भने हामी फुरुङ्गै हुन्छौँ । आफ्नोपन र यहाँकै पृष्ठभूमि अनुकूल अवसर दिन र लिन नजान्दा हामी सधैँ पछाडि परेका रहेछौँ– उसो भए नयाँ नेपाल र परिवर्तन कसरी सम्भव होला ?विगततिर लम्कौँ– माओवादीले दसाँै वर्ष युद्ध ग-यो, आज द्वन्द्वले प्रत्यक्ष अप्रत्यक्ष जनताको बेहाल बनाएका पीडा भनिए जसरी परिवर्तन नहुँदा पनि त बाहिर आउँदै छन् । तर, तिनै द्वन्द्वरत नेताको हालत धुजा–धुजा भएर फुटेका छन् । आखिर त्याग र तपस्या हो भने किन पदीय लिप्सा रोजियो ? खेमाबन्दीकै शैलीले बजार तात्छ । पहिला पार्टीको समर्थन त्यसपछि पार्टी भित्रकै– खेमाबन्दीको । गहिरो कुरा हो ः सबैको लक्षित बिन्दु कुर्सी । देशको सबल युवाशक्ति, शिक्षित वर्गहरू जापानिज, हिब्रु, अङ्ग्रेजी आदि सिकेर या त आइल्स दिएर विदेशतिरै होमिने सपना बोकेको छ । अमेरिकाको डिभी भर्नेको लर्को, शिक्षा र पैसाको अपेक्षाको खज्मजिएको संसारमा समृद्धिका गफ ? मान्छेको पेट भर्ने समस्यामा घोत्लिनु पर्दैन र ? कम आय हुनेको अवस्थाप्रति सोच्नुपर्ने कुरा पहिला हो कि समावेशीको भागवण्डाका बारेमा ? तब यो देशले गरिबी निवारणको बाटोलाई गलत व्याख्या गर्दै छ । दक्षिण कोरियामा ९२ हजार नेपाली युवाशक्ति होमिन्छ, खाडीतिर त दैनिक हजारौँ जान्छन् तर देशले २३ प्रतिशत आय रेमिट्यान्स नै हो भन्ने मात्र ठान्छ विकास असम्भवप्रायः देखिन्छ ।दुःखद् कुरा, जनताले विश्वास गरेर काम गर भन्दै जिताएपछि घरी यता घरी उता गर्ने हक नेतालाई हुने कि नहुने ? नत्र जनप्रतिनिधि कसरी हुन्छ ? जनतासँग आश्वासन बाँढ्ने, सत्ता र कुर्सीमा लड्ने अनि झोक चल्यो अर्कातिर लाग्ने । नेताले जनताको भोट पाएर जितेपछि आफ्ना शुभचिन्तक जनतालाई एक शब्द राय नलिई, भोट माग्दा वाचा गरिएका कामै नगरी पार्टीबाट छोड्ने हो भने कसरी जनप्रतिनिधि हुन्छ ? सबै समस्यासँग राजनीतिक कमजोरी नै जोडिन्छ तर विकासका क्षेत्रमा नवीन संरचना र व्यवस्थाको ज्ञानको अभाव हुनु पनि त हो । कृपया ट्याङ्की सफा गर्नुहोस् र नेपालीपनको विकास गर्नुहोस् । नयाँ नेपालको अर्थ हाम्रै भाषा, हाम्रै भेष, हाम्रै पहिचान जोगाउने शैलीबाट पर्यटन विकास गरौँ । शिक्षा र स्वास्थ्यमा जनतालाई बढी सहुलियत दिएर रोजगारीमा चाहिँ क्षमता भएकाहरूलाई अघि बढाऊँ र आवश्यकताका आधारमा उत्पादन गरौँ । बिना योजना उत्पादनचाहिँ गर्ने तर काम नदिने भए सरकारले विकल्पका लागि विज्ञसँग बसेर बहस गर्ने आदत बसाओस् । नयाँ व्यवस्था हो, समय लाग्न सक्ला, यद्यपि साना मान्छे, गरिब तर क्षमता भएकादेखि सुरु गर्नुपर्छ । सर्वहारा वर्ग र कम्युनिस्ट सिद्धान्तलाई केन्द्रमै राख्ने हो भने ठूला विकासलाई मात्रै विकास हो भन्ने संस्कारलाई बदल्न सक्नुपर्छ । यो देशमा भएका बौद्धिक व्यक्तित्वको सम्मान र सल्लाहलाई ग्रहण गर्ने राजनीतिक शैली पटक्कै छैन । राजनीति गर्ने नेता भए पनि विचार माझ्ने ज्ञाता चाहिन्छ । अब आर्थिक समताको सिद्धान्तमा माथिल्लालाई नदबाई तल्लालाई उकास्नुपर्छ । पुनश्च हाम्रो देशमा अब जनताको आय र जायजेथोका आधारबाट रोजगार र विकासको सहमार्गको योजना हुनुपर्छ ।