कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६
389

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य राखेको छ । त्यसैगरी आर्थिक वृद्धि, गुणस्तरीय मानवपुँजी निर्माण र आर्थिक जोखिमको न्यूनीकरण गर्दै वि.सं. २०७९ सम्ममा अतिकम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति गर्ने र वि.सं. २०८७ सम्ममा दिगो विकास लक्ष्य हासिल गर्दै उच्च मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्हुने र वि.सं. २१०० सम्ममा समुन्राष्ट्रको स्तरमा पु-याउने गरी समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन सोच लिइएको छ । यस सोचलाई साकार पार्नु चुनौतीका रूपमा रहेको छ ।साथै समृद्ध नेपाल सुखी नेपालीको भावना साकार पार्न लाओत्सुले लिएको नीतिका बारेमा चर्चा गर्न उपयुक्त देख्छु । एकपटक सम्राट्ले लाओत्सुलाई प्रधानमन्त्री बन्न आग्रह गरे तर उनले स्वीकार गरेनन् । सम्राट्को धेरै जिद्दीपश्चात् उनी प्रधानमन्त्री बन्राजी भए । लाओत्सु प्रधानमन्त्री बनेकै दिन एउटा चोरलाई पक्री उनको सामु सजायका लागि उपस्थित गराइयो । उक्त चोर एउटा राजधानीमा बस्ने धनाढ्मानिसको घरमा चोरी गर्दागर्दै रंगेहात पक्राउ परेको थियो । उसले चोरी गरेको साविती बयानसमेत दिएको थियो । लाओत्सुले चोर र धनी व्यक्ति दुवै जनालाई बराबरी ६ महिनाको सजाय सुनाइदिए । त्यो धनी व्यक्ति जसको घरमा चोरी भएको थियो, उसले लाओत्सुलाई सोध्यो, “प्रधानमन्त्रीज्यू, यस्तो घटना त इतिहासमा कहिल्यै भएको थिएन, जसको घरमा चोरी भएको छ उसैलाई सजाय दिने ? तपाईंको दिमाग त ठीक ठाउँमा छ नि ?”लाओत्सुले जवाफ दिए, “साँच्चै भन्ने हो भने तपाईं लाई चोरको भन्दा बढी सजाय दिनुपर्ने हो । म धेरै नै करुणावान् व्यक्ति भएको हुँदा तपाईं लाई थोरै सजाय दिएको छु । यिनीहरूलाई यति धेरै गरिब कसले बनायो, जसका कारण उसले चोर्नुपर्ने अवस्था आइपर्-यो ? तपाईं त्यसको जिम्मेवार हुनुहुन्छ । चोरीको हरेक मुद्दामा मेरो यही फैसला हुनेछ, दुवै व्यक्ति जेल जानेछन् । तपाईंको गल्ती धेरै गहिरो अक्षम्य छ, तर चोरको गल्ती खासै धेरै छैन । ऊ गरिब छ, उसका लागि तपाईं जिम्मेवार हुनुहुन्छ, उसले तपाईंको ढुकुटीबाट थोरै पैसा चो-यो भने उसको गल्ती के ठूलो भयो ? त्यो धन तपाईंले तिनै गरिबहरूबाट खोस्नुभएको हो । तब तपाईं धनीभन्दा धनी बन्दै जानुभयो । उनीहरू गरिबभन्दा गरिब हुँदै गए । तसर्थ तपाईंको अपराध ठूलो छ ।” त्यसैगरी समाजवादी नेता अगस्त बेबेलले भनेका छन, “आर्थिक असमानता रहुन्जेल राजनीतिक स्वतन्त्रता कहिले पनि बराबर हुन सक्दैन । स्वतन्त्रता त्यहाँ समाप्त हुन्छ जहाँ एकले अर्काको जीवनलाई प्रभावित गर्छ, त्यहाँ अतिक्रमण हुन्छ, जहाँ समताको नियम उल्लंघन हुन्छ ।”यसर्थ उल्लिखित दार्शनिकहरूले व्यक्त गरेका आधारहरूलाई मनन गर्दै हाम्रो देश नेपाललाई समृद्ध बनाउने सुखी नेपालीको भावना साकार पार्ने मार्गहरू देहायबमोजिम छन् :

खुला बहस तथा छलफल 
एकता समन्वय र सहयोगको भावना

कानुनको पालना एवं कार्यान्वयन
सुयोग्ग नेतृत्वको सम्मान एवं सदाचारिताको अवलम्बन
अपराध एवं भष्टाचारको नियन्त्रण
धर्म–संस्कृतिको सम्मान र संरक्षण
उत्पादनमा वृद्धि तथा पूर्वाधार निर्माण
समान अवसर र पहुँच

अतः समृद्ध नेपाल सुखी नेपालीको नारा सरकार पार्न उल्लिखित मार्गहरू इमानदारीका साथ अवलम्बन गर्नुपर्छ । त्यसका लागि दृढ राजनीतिक इच्छाशक्ति एवं इमान्दार राजनीतिक नेतृत्व प्रशासनिक क्रियाशीलता एवं सबै पक्षको सार्थक प्रयत्र सहयोग जरुरी छ ।—यज्ञप्रसाद भट्टराई