कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६
881

बर्सेनि मानिसहरू कुनै न कुनै रोग लागेर अस्पताल धाउने गरेकै हुन्छन् । हाम्रो देश भौगोलिक बनावटले गर्दा पनि देशका धेरै दुर्गम ठाउँहरूमा स्वास्थ्य सेवाको पहुँच अझै राम्रोसँग पुग्न सकेका छैनन् । सबै ठाउँमा स्वास्थ्य सेवा पु¥याउनका लागि सरकार तथा सम्बन्धित निकायले गृहकार्य गरेकै छन् । स्वस्थ्य सेवाको पहुँचबाट वञ्चित हुने देशका हिमाली तथा दुर्गम पहाडी ठाउँहरूमा साधारण बिरामी हँुदा उपचार गर्ने साधन र स्रोत नहुँदा र यातायातको समस्याले गर्दा धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले अकालमा नै ज्यान गुमाउनुपरेको छ । विशेष गरी सुत्केरी महिला तथा बालबालिकाहरू रहेका छन् । झन् गर्मीको मौसममा त रोग धेरै लाग्ने पनि गर्छ ।
यसको मुख्य कारण भनेको नै अस्वस्थ खानपिन तथा अव्यवस्थित जीवनशैलीकै कारणले हुने चिकित्सकहरूको भनाइ छ । अधिकांश नेपालीको बानी जब रोग लाग्छ तब मात्र अस्पताल जाने परिपाटीले गर्दा पनि रोगको पहिचान हुन गा¥हो हुने र रोग शरीरका धेरै ठाउँमा पÞmैलिने गर्छ । देशको मुख्य सहर काठमाडांै, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी, नारायणगढ, हेटौंडा, वीरगन्ज, विराटनगर, झापालगायतका सहरहरूमा आजकाल युवा, केटाकेटी, वृद्ध, वृद्धा आदिमा खानपिनको समस्याले गर्दा धेरै रोग आइरहेको देखिन्छ । विशेष गरी चिनीरोग, प्रेसर, हाडजोर्नी, युरिक एसिड, कब्जियतलगायतका रोगहरू अव्यवस्थित खानपिन तथा अस्वस्थकर खानाबाट हुन्छ । अहिलेका बढी स्कुले बालबालिका तथा युवाहरूमा अत्यधिक मात्रामा फैलिएको भनेको युरिक एसिड, कब्जियत, हड्डी तथा छालाको समस्या बढी हुने हो र दैनिक हाइजोनिक खानपिनले गर्दा पनि रोग निस्कने हुन्छ । चाउचाउ, पानीपुरी, चाउमिन, मःम, अत्यधिक चिल्लो खाना खानाले पनि पछि शरीरमा रोगको लक्षण देखिने हुन्छ । राजधानीको अधिकांश ससाना खाजा तथा होटलहरूमा चाउमिन र मःम पाइने हुनाले अहिलेको बढी रोजाइमा पर्ने भनेकै यिनै खानेकुरा हुन ।

चाउमिन, मःमको व्यवसायबाट पनि धेरै मानिसले आ–आफ्नो जीविका चलाएका हुन्छन्, तर कसैको पनि व्यवसायमा धब्बा लाग्ने कुनै अनैतिक कार्य भने गर्नु हँुदैन र व्यवसायीहरूले पनि सर्वसाधारणहरूलाई अस्वस्थ खानेकुरा बेचबिखन गर्नु हँुदैन र हानिकारक खाद्य पदार्थ बेचबिखन गर्ने व्यवसायीहरूलाई सरकार तथा सम्बन्धित निकायले कारबाही गर्नु जरुरी देखिन्छ ।
दिउँसोको खाजामा मकै, रोटी, चिउरा, तरकारी सलादयुक्त खाना दहीलगायत खाएमा शरीरलाई अत्यधिक फाइदा हुन्छ भने बिहान र बेलुकाको समयमा एक छाक खाना तथा रोटी खानु उत्तम रहेको र आवश्यक मात्रमा व्यायाम गर्नु जरुरी रहेको चिकित्सकहरूको सल्लाह रहेको छ । रोग लागेर पछुताउनुभन्दा रोग लाग्न नदिनु नै उत्तम पनि हो । खानेकुरा धेरै हुन्छन्, स्वस्थकर अनि अस्वस्थकर राजधानीका धेरै ठाउँहरूमा बढी चना चर्पटे, पानीपुरीहरूको खुला रूपमा निर्वाद बेच बिखन गरिरहेका छन्, यो कसरी बनाएको हुन्छ ? यो खानका लागि कत्तिको स्वस्थकर छ ? यसमा के–कस्ता विधिहरू प्रयोग गरी बनाएको हुन्छ ? र यो कुन अवस्थामा बनाइन्छ भन्ने जान्नु जरुरी देखिन्छ ।
यस्ता खानेकुरा खानाले शरीरमा कस्तो असर गर्छ भन्ने कुराको पनि ध्यान जानु जरुरी देखिन्छ । यही खानेकुरा सफासँग व्यवस्थित तरिकाले बेचबिखन गर्दा व्यवसायमा पनि अर्थपूर्ण रूपमा फस्टाउने अन्य व्यवसायीहरूको भनाइ छ, तर खुला रूपमा व्यवसायी गर्नु हुँदैन, यसले आममानिसको स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ भन्ने कुरा बुझ्नु जरुरी देखिन्छ भने आफ्ना अभिभावकहरूले पनि आफ्ना नानी बाबुहरूलाई यस्ता अव्यवस्थित रूपमा बेचबिखन गरेको खुद्रा चना–चटपटे, पानीपुरीजस्ता खानेकुरा अव्यवस्थित रूपमा खान दिनु हँुदैन । यसले पछि स्वास्थ्यमा नराम्रो असर पर्ने कुराको विशेष ध्यान दिनु जरुरी देखिन्छ । सकभर सडक व्यवसायीहरूले पनि व्यवसायलाई व्यवस्थित रूपमा ताजा अनि स्वस्थकर रुपमा आफ्ना वस्तुहरूको व्यवसाय गरी आफ्नो व्यवसायलाई मजबुत गराउँदै लानुपर्छ । रोग लाग्नुअगाडि नै खानपिनमा सचेत रहे धेरै रोगको सिकार हुनबाट बच्न सकिन्छ । —गोविन्द चापागाईंबर्सेनि मानिसहरू कुनै न कुनै रोग लागेर अस्पताल धाउने गरेकै हुन्छन् । हाम्रो देश भौगोलिक बनावटले गर्दा पनि देशका धेरै दुर्गम ठाउँहरूमा स्वास्थ्य सेवाको पहुँच अझै राम्रोसँग पुग्न सकेका छैनन् । सबै ठाउँमा स्वास्थ्य सेवा पु¥याउनका लागि सरकार तथा सम्बन्धित निकायले गृहकार्य गरेकै छन् । स्वस्थ्य सेवाको पहुँचबाट वञ्चित हुने देशका हिमाली तथा दुर्गम पहाडी ठाउँहरूमा साधारण बिरामी हँुदा उपचार गर्ने साधन र स्रोत नहुँदा र यातायातको समस्याले गर्दा धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले अकालमा नै ज्यान गुमाउनुपरेको छ । विशेष गरी सुत्केरी महिला तथा बालबालिकाहरू रहेका छन् । झन् गर्मीको मौसममा त रोग धेरै लाग्ने पनि गर्छ ।
यसको मुख्य कारण भनेको नै अस्वस्थ खानपिन तथा अव्यवस्थित जीवनशैलीकै कारणले हुने चिकित्सकहरूको भनाइ छ । अधिकांश नेपालीको बानी जब रोग लाग्छ तब मात्र अस्पताल जाने परिपाटीले गर्दा पनि रोगको पहिचान हुन गा¥हो हुने र रोग शरीरका धेरै ठाउँमा पÞmैलिने गर्छ । देशको मुख्य सहर काठमाडांै, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी, नारायणगढ, हेटौंडा, वीरगन्ज, विराटनगर, झापालगायतका सहरहरूमा आजकाल युवा, केटाकेटी, वृद्ध, वृद्धा आदिमा खानपिनको समस्याले गर्दा धेरै रोग आइरहेको देखिन्छ । विशेष गरी चिनीरोग, प्रेसर, हाडजोर्नी, युरिक एसिड, कब्जियतलगायतका रोगहरू अव्यवस्थित खानपिन तथा अस्वस्थकर खानाबाट हुन्छ । अहिलेका बढी स्कुले बालबालिका तथा युवाहरूमा अत्यधिक मात्रामा फैलिएको भनेको युरिक एसिड, कब्जियत, हड्डी तथा छालाको समस्या बढी हुने हो र दैनिक हाइजोनिक खानपिनले गर्दा पनि रोग निस्कने हुन्छ । चाउचाउ, पानीपुरी, चाउमिन, मःम, अत्यधिक चिल्लो खाना खानाले पनि पछि शरीरमा रोगको लक्षण देखिने हुन्छ । राजधानीको अधिकांश ससाना खाजा तथा होटलहरूमा चाउमिन र मःम पाइने हुनाले अहिलेको बढी रोजाइमा पर्ने भनेकै यिनै खानेकुरा हुन ।
चाउमिन, मःमको व्यवसायबाट पनि धेरै मानिसले आ–आफ्नो जीविका चलाएका हुन्छन्, तर कसैको पनि व्यवसायमा धब्बा लाग्ने कुनै अनैतिक कार्य भने गर्नु हँुदैन र व्यवसायीहरूले पनि सर्वसाधारणहरूलाई अस्वस्थ खानेकुरा बेचबिखन गर्नु हँुदैन र हानिकारक खाद्य पदार्थ बेचबिखन गर्ने व्यवसायीहरूलाई सरकार तथा सम्बन्धित निकायले कारबाही गर्नु जरुरी देखिन्छ ।
दिउँसोको खाजामा मकै, रोटी, चिउरा, तरकारी सलादयुक्त खाना दहीलगायत खाएमा शरीरलाई अत्यधिक फाइदा हुन्छ भने बिहान र बेलुकाको समयमा एक छाक खाना तथा रोटी खानु उत्तम रहेको र आवश्यक मात्रमा व्यायाम गर्नु जरुरी रहेको चिकित्सकहरूको सल्लाह रहेको छ । रोग लागेर पछुताउनुभन्दा रोग लाग्न नदिनु नै उत्तम पनि हो । खानेकुरा धेरै हुन्छन्, स्वस्थकर अनि अस्वस्थकर राजधानीका धेरै ठाउँहरूमा बढी चना चर्पटे, पानीपुरीहरूको खुला रूपमा निर्वाद बेच बिखन गरिरहेका छन्, यो कसरी बनाएको हुन्छ ? यो खानका लागि कत्तिको स्वस्थकर छ ? यसमा के–कस्ता विधिहरू प्रयोग गरी बनाएको हुन्छ ? र यो कुन अवस्थामा बनाइन्छ भन्ने जान्नु जरुरी देखिन्छ ।
यस्ता खानेकुरा खानाले शरीरमा कस्तो असर गर्छ भन्ने कुराको पनि ध्यान जानु जरुरी देखिन्छ । यही खानेकुरा सफासँग व्यवस्थित तरिकाले बेचबिखन गर्दा व्यवसायमा पनि अर्थपूर्ण रूपमा फस्टाउने अन्य व्यवसायीहरूको भनाइ छ, तर खुला रूपमा व्यवसायी गर्नु हुँदैन, यसले आममानिसको स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ भन्ने कुरा बुझ्नु जरुरी देखिन्छ भने आफ्ना अभिभावकहरूले पनि आफ्ना नानी बाबुहरूलाई यस्ता अव्यवस्थित रूपमा बेचबिखन गरेको खुद्रा चना–चटपटे, पानीपुरीजस्ता खानेकुरा अव्यवस्थित रूपमा खान दिनु हँुदैन । यसले पछि स्वास्थ्यमा नराम्रो असर पर्ने कुराको विशेष ध्यान दिनु जरुरी देखिन्छ । सकभर सडक व्यवसायीहरूले पनि व्यवसायलाई व्यवस्थित रूपमा ताजा अनि स्वस्थकर रुपमा आफ्ना वस्तुहरूको व्यवसाय गरी आफ्नो व्यवसायलाई मजबुत गराउँदै लानुपर्छ । रोग लाग्नुअगाडि नै खानपिनमा सचेत रहे धेरै रोगको सिकार हुनबाट बच्न सकिन्छ । —गोविन्द चापागाईं