विदुरचन्द्र लामिछाने
बिहिवार, जेठ ३०, २०७६
383

व्यापार विस्तार र आर्थिक कूटनीतिलाई थप विस्तार गर्ने कार्य हाम्रो मुख्य जिम्मेवारीभित्रै पर्छ, थप कार्य होइन ।

विभिन्न देशमा कार्यभार सम्हाल्न जान लाग्नुभएका नवनियुक्त राजदूतहरूसँग  काठमाडौंमा हालै वृहद छलफल भयो । विषय थियो, आर्थिक कूटनीतिको प्रभावकारी परिचालनमा राजदूतहरूको भूमिका । विभिन्न देशका लागि नवनियुक्त राजदूतहरू छलफलका मुख्य वक्ताहरू हुनुहुन्थ्यो । छलफलको आयोजना एफएनसीसीआईले गरेको थियो । करिब तीन घण्टा चलेको उक्त छलफल आर्थिक कूटनीतिको प्रभावकारी परिचालनका विषयमा केन्द्रित थियो । संयुक्त अरब इमिरेट्स, मलेसिया, कुवेत, थाइल्यान्ड, क्यानाडा, फ्रान्स, जेनेभाका लागि नवनियुक्त राजदूतहरू हुनुहुन्थ्यो । यी सबै राष्ट्र नेपालको महत्वपूर्ण साझेदार मुलुकहरू हुन् ।
नेपालका लागि नियुक्त भएर आउने बाह्य देशका नया“ राजदूत र बाह्य देशहरूमा आफ्नो कूटनीतिक जिम्मेवारी निर्वाह गर्न जाने नेपाली राजदूतहरूले निजी क्षेत्रको प्रतिनिधि स“स्था एफएनसीसीआईमा आएर भेटवार्ता गर्ने चलन चलिआएको छ । यस्ता अवसरमा खासगरी आर्थिक कूटनीतिका माध्यमबाट कसरी आपसी सम्बन्धलाई थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने गर्छ ।

त्यस दिनकोे छलफल अलि विशेष थियो, यस अर्थमा कि । देशमा स्थिर सरकार आएको, सरकारले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई अगाडि बढाएको र देश नै आर्थिक समृद्धिको अभियान लिएर अगाडि बढिरहेको अवस्थामा नेपालका लागि निकै महत्वपूर्ण राष्ट्रहरूमा नेपालको प्रतिनिधित्व गर्न जान लाग्नुभएका राजदूतहरूस“ग छलफल थियो त्यो ।
कार्यक्रममा संयुक्त अरब इमिरेट्सका लागि खटिनुभएका राजदूत कृष्णप्रसाद ढकालले युएई नेपालका लागि महत्वपूर्ण लेबर डेस्टिनेसन भएको, त्यहा“ २ लाखभन्दा बढी नेपालीहरूले काम गर्दै आएका र बर्सेनि १ सय अर्बभन्दा बढी रेमिट्यान्स आउने गरेको बताउनुभयो । युएईलाई केवल लेबर डेस्टिनेसनका रूपमा मात्र नहेरी नेपालको व्यापार साझेदार मुलुकका रूपमा पनि साझेदारी अगाडि बढाउनुपर्ने सुझाव उहा“को थियो । उहा“ले भन्नुभयो, युएई नेपालको तेस्रो मुख्य व्यापार साझेदार मुलुक हो । युएईसँग प्रशस्तै व्यापार प्रवद्र्धन गर्न सकिने सम्भावना छ । युएईले बर्सेनि साउथ अफ्रिका, क्यानाडाबाट ठूलो मात्रामा तरकारी, मासु, पानीलगायतका अत्यावश्यक वस्तुहरू आयात गरेको देखिन्छ । त्यहा“बाट भन्दा नेपालबाट त्यहा“ निर्यात गर्न निकै नजिक पर्छ । मात्र चार घण्टाको उडानबाट पुग्न सकिन्छ । हामीले ती वस्तुको निर्यात गर्न सकिने सम्भावना छ । त्यसैगरी लगानीको दृष्टिकोणबाट पनि युएई संसारमै स्वदेशबाहिर लगानी गर्ने तेस्रो नम्बरको राष्ट्र हो । त्यसैले नेपालमा पनि यस मुलुकबाट लगानी गर्ने ठूलो सम्भावना छ । अलिकति हामीले वातावरण बनाउन सके, अलिकति लगानीको वातावरण बारेमा वुझाउन सके त्यहा“बाट प्रशस्तै लगानी आकर्षित गर्न सकिने राजदूत ढकालले सम्भावना देखाउनुभयो । पर्यटकीय सम्भाव्यता पनि छ । मध्यपूर्वबाट सबैभन्दा बढी बाहिर पर्यटनका लागि जाने गर्छन् । खर्च गर्ने दृष्टिकोणबाट पनि संसारमा सबैभन्दा बढी खर्च गर्नेमा मध्यपूर्वकै राष्ट्रबाट पर्छन् । यहा“बाट पर्यटक आकर्षण गर्ने पनि प्रशस्तै सम्भावना छ । युएई संसारकै महत्वपूर्ण व्यावसायिक हवका रूपमा विकास भइरहेको छ । हामीले त्यहा“ सरकारबाट मात्र होइन त्यहाँ  रहेका अन्य बहुराष्ट्रिय कम्पनीहरूको लगानी पनि आकर्षित गर्न सकिने प्रशस्त सम्भावना रहेको उहाँले  औंल्याउनुभयो ।
नेपाल सरकारले पनि राजदूतहरूले गर्नुपर्ने प्रमुख कामहरू मध्ये आर्थिक कूटनीतिमा जोड दिएको र यो काम टीओआरअन्तर्गत नै पर्छ । हामीले यसलाई निश्चित ढंगले अगाडि बढाउनुपर्छ र बढाऊँछौं, मलेसियाका लागि खटिनुभएका राजदूत उदयराज पाण्डेले भन्नुभयो, जहा“ हामी लगानीको कुरा गर्छौं, लगानीका लागि राम्रोस“ग अध्ययन गरेको विश्वसनीय परियोजना हामीस“ग हुनुप¥यो । संसारमा पैसा नभएको होइन । निजी क्षेत्रले विश्वसनीय परियोजना निर्माणमा जोड दिनुप¥यो । एउटा अध्ययनले के देखायो भने नेपालमा मात्रै थोरै ठाउँमा पाइने एउटा त्यस्तो ठाउँ छ जहा“ हामीले शुद्ध अर्गानिक उत्पादन गर्न सक्ने रहेछौं । हाम्रो चुरेको पहाड, त्योपछि आएको चारकोसे झाडी त्यो पछि जोडिएको जग्गामा उत्पादन गर्दा शुद्ध अर्गानिक उत्पादन हुने कुरा एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । त्यसका लागि निजी क्षेत्रले सरकारस“ग छलफल गरेर त्यो जग्गामा अर्गानिक खेतीका लागि प्रयोग गर्न सकियो भने त्यसबाट त्यहा“का जनता र मुलुक आफैंले पनि निकै ठूलो लाभ उठाउन सक्ने जानकारी गराउनुभयो ।
आर्थिक कूटनीतिलाई प्रवद्र्धन गर्नुपर्ने हाम्रो प्रमुख जिम्मेवारीमध्येको एक हो । थोरै ऐतिहासिक पृष्ठभूमिबाट हेर्ने हो भने के पनि हो भने कूटनीतिक नियोगहरू स्थापना गर्ने कारणनै पहिला पहिला ट्रेड डेलिगेसन जा“दा ट्रेडकै कारणबाट सुरुवात भएको हो, फ्रान्सका लागि खटिनुभएका राजदूत दीपक अधिकारीले भन्नुभयो– व्यापार विस्तार ऐतिहासिक कालदेखि अहिलेसम्म महत्वपूर्ण छ । हामी त्यसमा सचेत छौं । व्यापार विस्तार, आर्थिक कूटनीतिलाई थप विस्तार गर्ने कार्य हाम्रो मुख्य जिम्मेवारीभित्रै पर्छ, थप कार्य होइन । यसबाट मुलुकलाई थप चाँडो चिनाउने काम गर्न सकिन्छ । त्यसमा पनि हामी सचेत छौं, त्यो जिम्मेवारी पूरा गर्न तयार छौं, राजदूत अधिकारीको प्रतिवद्धता थियो ।
छलफलमा कुवेतका लागि खटिनुभएका राजदूत दूर्गाप्रसाद भण्डारीले आर्थिक कूटनीति आज अझ बढी प्रबल बनेको बताउनुभयो । मुलुक नया“ अवस्थाबाट अगाडि बढिरहेको छ । हामीले विभिन्न देशस“ग सहकार्यका लागि एमओयू गरिसकेपछि सम्पर्क बढाउ“दै गयौं भने व्यापार प्रतिनिधिमण्डलको आदान प्रदान गर्दै गयौं, त्यहा“ आयोजना भएका विभिन्न प्रवद्र्धनात्मक कार्यक्रममा सहभागी हुँदै गयौ भने हामीले त्यहा“ बजार देख्दै जान सक्छौं । हामीले अहिले भर्खरै केही नया“ क्षेत्रहरूमा नेपाली उत्पादनहरूको मार्केट सुरु गर्ने कुरामा अलि बढी लाग्नुपर्ने सुझाव उहा“को थियो । आर्थिक कूटनीतिको विषयलाई हामीले केही समयदेखि नै प्रवद्र्धन गरिरहेका छौं । हामी सबै संयुक्त रूपमा अगाडि बढ्यौं भने समृद्ध नेपाल सुखी नेपालीको अभियानमा हामीले सफलता प्राप्त गर्नेछौं । जुन मुलुकहरूमा हामीले १५ वर्षदेखि सामान पठाइरहेका छौं ती देशमा मात्र व्यापार सीमित गर्ने हो कि अन्य देशहरूमा पनि हाम्रो सम्भाव्यता खोजी गर्ने हो त्यसतर्फ हाम्रो आर्थिक कूटनीतिको समीक्षा हुनुपर्ने उहा“को सुझाव थियो । नया“ क्षेत्रमा पनि सम्भाव्यता छन् भने त्यतातर्फ पनि ध्यान दिने हो कि ? नया“ अवसर हुन सक्छ, त्यसैले नया“–नया“ क्षेत्रतर्फ बजार विस्तार गर्न आवश्यक छ, उहा“को सुझाव थियो ।
क्यानाडाका लागि खटिनुभएका राजदूत भृगु ढुंगानाले भन्नुभयो– हाम्रो सामूहिक अभियान भनेको नेपालको विकास र समृद्धि नै हो । नेपाल सरकारले देशभित्र नीति–नियम, कानुन बनाएर आर्थिक विकासका लाग अनुकूल वातावरण बनाउँदै गएको छ । देशमा भएको परिवर्तनलाई विदेशमा पनि हामीले प्रवद्र्धन गर्नु आवश्यक छ र त्यसको प्रमुख जिम्मेवारी भनेको राजदूतहरूको नै हो । हाम्रो जिम्मेवारी, राज्यले अगाडि बढाएको आर्थिक समृद्धिको अभियानलाई साकार बनाउने नै हो । अन्य क्षेत्रहरूमा पनि सम्भाव्यता खोजी गर्छौं । नेपालको औद्योगिक र कृषिक्षेत्र दुवैको निकासी बढाउन आवश्यक छ, राजदूत ढुंगानाको जोड थियो । मास इम्प्लोइमेन्टका हिसाबले पर्यटनको ठूलो महत्व छ । त्यसैले नेपालले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय पनि गरेको छ । त्यसलाई सफल पार्न पनि हामीले सक्रिय रूपमा काम गर्नुपर्ने हुन्छ । हामी पूर्ण जिम्मेवारीका साथ लाग्छौं ।
छलफलमा जेनेभा, थाइल्यान्ड र युएनका लागि नियुक्त राजदूतहरू क्रमशः मणिप्रसाद भट्टराई, गणेशप्रसाद ढकाल र अमृत राईले नेपालमा पर्यटन, कला संस्कृति (नेपाली चलचित्र), नेपाली उत्पादन (हस्तकला) हरूको प्रचार–प्रसारमा विशेष योजनाका साथ कार्य गर्ने, दुई देशका निजी क्षेत्रबीचको सम्पर्क सम्बन्धलाई जोड्दै सोही माध्यममार्फत लगानी तथा व्यापार विस्तारमा जोड दिनेमा प्रतिबद्धता जनाउनुभयो ।
विश्वका राष्ट्रहरूले आर्थिक कूटनीतिका माध्यमबाट आफ्ना देशमा बाह्य लगानी, पुँजी श्रम, सीप तथा विकासका मोडल आकर्षित गर्न होडबाजी गरिरहेको अहिलेको अवस्थामा नेपाल सरकारले पनि आर्थिक कूटनीतिलाई सशक्त ढंगबाट अगाडि बढाउने रणनीति अख्तियार गरेको छ । राजदूतहरूको भनाइमा पनि त्यो कुरा झल्किन्थ्यो । कूटनीतिको अर्को महत्वपूर्ण कार्य भनेको आर्थिक कूटनीतिको सञ्चालन गरी समग्र देशको आर्थिक व्यापारिक उद्देश्य हासिल गर्नु पनि हो । हाम्रा परराष्ट्र मन्त्रीले समेत नवनियुक्त राजदूतहरूलाई बिदाइ गर्दा आफ्नो कार्यकाललाई मुलुकको समृद्धिको अभियानमा लगाउन निर्देशन भएको बुझिएको छ । नवनियुक्त राजदूतहरूलाई उनीहरूको कार्य जिम्मेवारी समेत किटान गरी पठाइएको छ ।
हाम्रै छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हरेक अन्तर्राष्ट्रिय भ्रमणका क्रममा भ्रमणका एजेन्डा राजनीतिकभन्दा आर्थिक बढी हुन्छन् । त्यस्तै चीनका राष्ट्रपतिको होस् वा अमेरिकी राष्ट्रपति वा रसियन राष्ट्रपति वा जापानका प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय भ्रमणमा राजनीतिकभन्दा आर्थिक एजेन्डाले प्रमुख प्राथमिकता पाएका हुन्छन र ती देशहरूले आफ्ना राजदूतहरूलाई पनि सोही अनुसारको जिम्मेवारी दिएर परिचालन गरेको पाइन्छ ।
नेपाली नियोगहरू खाली औपचारिक कार्यक्रममा मात्र सीमित भए, नेपालको प्रवद्र्धन गर्ने कार्यमा उनीहरूबाट अपेक्षित लाभ देशले उठाउन सकेन भन्दै उनीहरूलाई स्पष्ट कार्ययोजना नै दिई कार्य क्षेत्रमा खटाउनुपर्ने र कार्यकालको मूल्यांकन गर्नुपर्ने आवाज आएपछि सरकारले राजदूतहरूलाई स्पष्ट कार्ययोजना सहित पठाउने कार्यका थालनी गरेको छ ।
खासगरी कतिपय देशमा राजदूतहरूको कार्यकालको मूल्यांकन दुईवटा कुराले गर्ने प्रचलन रहेको पाइन्छ । एउटा राजदूत कार्यरत देशबाट उसको कार्यकालमा कति लगानी आयो र अर्को उसको कार्यकालमा ऊ कार्यरत देशमा कति व्यापार वृद्धि भयो । राजदूतहरूको मूल्यांकन गर्दा मुख्य यी दुई कुरालाई आधार मानिँदो रहेछ, हाम्रो सन्दर्भमा पनि यही मापदण्ड लागू हुनुपर्ने आवाज पनि नउठेका होइनन् ।
एफएनसीसीआईले आयोजना गरेको उक्त छलफलमा नवनियुक्त राजदूतहरूले आफ्नो कार्यकाललाई परिणामदायी बनाउनेमा प्रतिबद्धता जनाउनुभयो । उहा“हरूले आफूले खोजेका बखत नेपाली निजी क्षेत्रबाट सहयोगको स्पष्ट अपेक्षासमेत गर्नुभयो ।
खासगरी उहा“हरूले १) हाम्रा निर्यातयोग्य वस्तुहरू र सेवाहरू के–के हुन, आयात निर्यातको तथ्यांक, वस्तुको परिमाण, गुणस्तरलगायतका महत्वपूर्ण जानकारीहरू सबै राजदूतावासलाई उपलब्ध गराइदिने र त्यसको नियमित अपडेट समेत गराई दिने, २) नेपालमा सेवाक्षेत्रको पनि सम्भाव्यता छ । पर्यटन, केवलकार, सुटिङको सम्भावना छ । लगानीका सम्भाव्यता भएका क्षेत्रहरूमा परियोजना प्रस्ताव तयार गरेर उपलब्ध गराइदिने, ३) राजदूतावासहरूस“ग नियमित सम्पर्क रहेर कार्य गर्न फोकल पर्सनसहितको सम्पर्क डेस्कको व्यवस्था, ४) कन्ट्री स्पेसिफिक स्ट्राटिजी निजी क्षेत्रले पनि तयार गरेको छ भने उपलब्ध गराइदिनुपर्ने लगायतका सुझाव राख्नुभयो । कहा“बाट कस्तो खालको लगानी ल्याउन सकिन्छ र आर्थिक–व्यावसायिक विषयवस्तुका विषयमा तपार्इं निजी क्षेत्र विषय विज्ञसमेत भएकाले कार्य क्षेत्रमा निजी क्षेत्रको आवश्यकता पर्नेबित्तिकै हामीले खोजेको समयमा सहयोग उपलब्ध गराउन उहा“हरूले आग्रह गर्नुभयो । तपाईंहरूको अर्थपूर्ण सहभागिता हामीले खोजेका हुन्छौं । हाम्रो सम्पूर्ण प्रयास मुलुकभित्र लगानी आकर्षण गर्ने, नेपालको व्यापार आफू कार्यरत देशमा बढाउने प्रयास हुने र त्यसमा निजी क्षेत्रको सहयोग महत्वपूर्ण हुने धारणा उहा“हरूको थियो ।
कार्यक्रममा खासगरी भ्यालु चेनका लागि फुड प्रोसेसिङ प्रविधिदेखि विभिन्न किसिमको लगानी ल्याउन सकियो भने राजदूतहरूको ठूलो सहयोग मुलुकलाई हुने धारणा निजी क्षेत्रले राखेको थियो । खासगरी निजी क्षेत्र–निजी क्षेत्र बीच, नेपाली निजी क्षेत्र र ती देशका सरकार बीचको सम्बन्ध विस्तारमा पुलको काम गर्ने, समय समयमा व्यावसायिक भेटवार्ताको आयोजना गर्ने, देश विशेष लगानी सम्मेलनको आयोजना गर्ने, नेपाली वस्तुहरूको सम्बन्धित देशहरूमा प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने जस्ता महत्वपूर्ण अभियानमा नियोगहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने सुझाव निजी क्षेत्रको थियो ।
बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेझंै मुलुकको सन्दर्भमा पनि यो चरितार्थ हुने गर्छ । अहिले हरेक राष्ट्रले आर्थिक कूटनीतिलाई सशक्त ढंगले अगाडि बढाएकाले नेपाललाई पनि बाह्य संसारमा प्रवद्र्धन गर्न, नेपालप्रति बाह्य संसारको आकर्षण बढाउन नेपालले चतुर आर्थिक कूटनीति अवलम्बन गर्नै पर्छ र आफ्ना नियोगहरूलाई त्यसै अनुसारले परिचालन गर्नुपर्ने बेला आएको छ । आशा छ, हाम्रा राजदूतहरू जो अहिले पनि विभिन्न देशहरूमा कार्यरत हुनुहुन्छ, उहा“हरूको कार्यकालमा मुलुकभित्र बाह्य पुँजी, सीप, प्रविधि आकर्षण तथा नेपालको ती देशहरूमा व्यापार वृद्धिमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा सिंगो मुलुकले गरेको छ ।