समिर रेग्मी
आइतवार, जेठ २६, २०७६
1603

गत साता बेइजिङलाई हल्लाउने गरी भएको तियानमेन घटनाको ३० वर्ष पुगेको छ । तर, अचम्मको कुरा के छ भने यसबारेमा चिनियाँ सरकार कुरै गर्न चाहँदैन । जब यसका बारेमा सोधिन्छ बेइजिङले १९८९ देखि चीनले हासिल गरेको आर्थिक वृद्धिका बारेमा चर्चा गरेर कुरालाई अन्यत्रै मोड्ने प्रयास गर्छ ।
१९८९ मा तियानमेन चोकमा झन्डै हजारौंको संख्यामा प्रजातन्त्र समर्थक चिनियाँहरूको हत्या भएको थियो । चिनियाँ सेनाहरूले उनीहरूको हत्या गरेका थिए ।

जनमुक्ति सेना (पीएलए) का वरिष्ठ कर्नेल झोउ बोले गत साता ३० वर्ष अगाडि चीनको उक्त कारबाही कुनै गल्ती नभएको बताएका छन् । उनले यो अवधिमा चीनले हासिल गरेको आर्थिक उपलब्धिका सामु उक्त घटनाप्रति कुनै पश्चात्ताप नभएको बताएका छन् ।
यो अवधिमा चिनियाँ नागरिकको जीवनस्तर धेरै माथि पुगेको छ ।
यो ३० वर्षको अवधिमा चीनले देशको कृषि जनसंख्यालई सहरी बासिन्दाको रूपमा रूपान्तरण गरेको छ ।
यो अवधिमा चिनियाँ ठूला सहरहरूको कुल गार्हस्थ्य उत्पादनमा पनि विस्फोटक मात्रामा वृद्धि भएको छ । ३० वर्षअगाडि सेनझेन एउटा सानो बस्ती थियो । हाल यो प्रविधि केन्द्रका रूपमा रूपान्तरण भएको छ भने चीनको बलियो आर्थिक सहरहरूको भूमि बनेको छ ।
१९८९ मा चीनका पाँच ठूला कुल गार्हस्थ्य उत्पादन भएका सहरहरूमा सांघाई, बेइजिङ, चोङक्विङ, ग्वानझोउ र तियानजिन भएको चिनियाँ आर्थिक पत्रकार वु सियाबोे बताएका छन् ।
२०१७ मा आएर कुल गार्हस्थ्य उत्पादनको मामिलामा सांघाई र बेइजिङ पहिलो र दोस्रो स्थानमा आए भने सेनझेने तेस्रोमा उक्लियो । यसका अतिरिक्त सकारात्मक सरकारी नीतिहरूका कारण सेनझेनले लाभ लियो । उसको यो लाभमा स्थानीय कारखाना र वित्तीय केन्द्र हङकङसँगको सामीम्यताले मलजल गरेको छ । यो सहरमा चिनियाँ ठूला प्रविधि कम्पनीहरू हुवावे र टेनसेन्ट रहेका छन् ।
पछिल्लो समयमा झन्डै १ वर्षको अवधिदेखि विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीन व्यापारयुद्ध चलिरहेको छ । यसले दुवै अर्थतन्त्रलाई र विश्वव्यापी व्यापार व्यवसायलाई पनि अवरोध पु-याएको छ ।
यी दुई मुलुकबीचको व्यापारयुद्धका कारण अन्यलगायत भियतनाम, भारत, चिली, फ्रान्स र जर्मनीले लाभ लिइरहेका छन् ।
तर, विश्वका दुई ठूला अर्थतन्त्रले सिर्जना गरेको समग्र व्यापार आकारलाई नयाँ कारखानाको उत्पादनले पूर्ति गर्नु सकसको विषय हो ।
हाल चिनियाँ पर्यटकहरू विश्वव्यापी रूपमा सामान्य भएका छन् । तीन दशकअगाडि यो कुरा असामान्य थियो । तियानमेन चोकको घटनापछि चीनमा विदेशी पर्यटक आउने कुरा परकै थियो ।
जर्मनीमा रहेको चाइना आउटबाउन्ड टुरिजम रिसर्च इन्सटिच्युट (कोटरी) ले यो वर्ष १८ करोड चिनियाँले विदेश भ्रमण गर्ने प्रक्षेपण गरेको छ । १९९१ मा यो तथ्यांक २१ लाख ३० हजार मात्रै थियो ।
१९७८ को अन्त्यमा राजनीतिक नेतृत्वले सुरु गरको अर्थतन्त्र खुला गर्ने कार्यक्रम सुरु हुन एक दशक लागेको थियो । यो १९८९ मा मात्रै सुरु भएको थियो ।
त्यसपछि जीडीपीमा वृद्धि हुन थाल्यो र औसत चिनियाँ उक्त समयसम्म धनीका रूपमा देखिएका थिएनन् । विदेश भ्रमणमा गरिएको कडा नियन्त्रणले फुजी तथा स्ट्याचु अफ लिबर्टीलाई पुस्तक, म्यागेजिन र टिभी कार्यक्रमहरुमा प्रतिबन्धित गरिएको थियो ।
१९८९ र १९९० को वर्षका लागि अभैm पनि कुनै विश्वसनीय संख्या उपलब्ध नभएको कोटरीका निर्देशक वल्फगाङ गर्गले बताएका छन् ।
तर १९८९ मा भएको तियानमेन चोकको घटनापछि विश्व समुदायले चीनलाई बहिष्कार गरेको थियो । उक्त समयमा चीनको विदेशी मुद्राको सञ्चिति पनि थिएन ।
तियानमेनको घटनापछि अमेरिका र अन्य मुलुकहरूले चीनमाथि प्रतिबन्ध लगाए र आर्थिक वृद्धि १९८८ को ११.२ प्रतिशतबाट १९८९ मा ४.२ प्रतिशत र १९९० मा ३.९ प्रतिशतमा झ-यो ।
तर १९९१ मा गएर जीडीपी वृद्धिमा सुधार भएर ९.३ प्रतिशतमा उक्लियो । यो वर्षदेखि चिनियाँ जीडीपी वृद्धिमा लामो विस्तार भयो दोहोरो अंकमा उक्लियो । यसले चीनलाई क्यानडा, इटाली, बेलायत, फ्रान्स, जर्मनी र जापानलाई उछिनेर विश्वकै दोस्रो ठूलो अर्थतन्त्र हुनका लागि सहयोग ग-यो । हाल एकमात्र अमेरिका चीनभन्दा ठूलो अर्थतन्त्रका रूपमा रहेको छ ।