समिर रेग्मी
मंगलबार, जेठ ७, २०७६
1212

अमेरिका–चीनबीचको पछिल्लो वार्ता पनि भाँडिएपछिको समयमा दुई पक्षबीच अल्पकालीन अवधिमा सम्झौतामा पुग्नका लागि कठिन देखिएको छ । फलस्वरूप अमेरिकाले २ सय अर्ब डलरका चिनियाँ सामग्रीमा भन्सार शुल्क वृद्धि गरेको छ । चीनले पनि जुन १ मा सुरु हुने गरी ६०  अर्ब डलरका अमेरिकी सामग्रीमा २५ प्रतिशतकै शुल्क वृद्धि गरेको छ ।
अमेरिकाले आफ्नो अर्थतन्त्र, वित्त, विज्ञान र प्रविधिलाई फाइदा दिनका लागि चीनमाथि चरम दबाब कायम गर्न खोजेको स्पष्ट भइसकेको छ । यो लक्ष्यले दुई पक्षीय व्यापार असन्तुलनको समाधान निकाल्न सक्दैन । तर, चीनलाई नियन्त्रण गर्नु दीर्घकालीन रणनीतिक प्रतिद्वन्द्विता हुन सक्छ ।

अमेरिका–चीन व्यापार विवाद दुई मुलुकबीचको रणनीतिक प्रतिस्पर्धाको अंश हो र चीनले सामना गर्नुपर्ने दीर्घकालीन रणनीतिको परिवर्तन हो । नयाँ अमेरिकी व्यापार अवरोध विश्वव्यापी प्रतिस्पर्धाको पृष्ठभूमिमा चीनले पनि अमेरिकी दबाबको विरुद्धमा व्यवस्थित प्रतिकारात्मक नीतिको बरोमा सोच्न सक्छ । यसमा समग्र आर्थिक र सामाजिक विकासलगायतका विषयहरू समावेश हुन सक्छन् ।
आर्थिक र व्यापारको क्षेत्रमा चीनले अमेरिकाको एक पक्षीय कदमविरुद्ध लड्नुपर्ने देखिन्छ । सामान्य अवस्थामा औद्योगिक आधुनिकीकरण र आर्थिक प्रतिस्पर्धाका लागि सुधारिएको क्षमताको आवश्यकता पर्छ । तर, यो सामान्य अवस्था होइन । चीनले केही अर्थतन्त्रका लागि शुल्क घटाउने तथा शून्य भन्सारसहित आफ्नो बजारलाई खुला पार्ने विषयमा सोच्न सक्छ । अमेरिका अपवाद मात्रै हुन सक्छ । यो तरिकाबाट नयाँ अवस्था सिर्जना हुन सक्छ जसमा अन्य मुलुकले चीनका लागि प्रविधिको प्रस्ताव गर्न सकुन ।
चीनले आफ्नो स्वदेशी बजारको विस्तारलाई निरन्तरता दिनु आवश्यक छ र बजारलाई आकर्षित समेत गर्नुपर्छ । ठूलो मुलुकको दृष्टिकोणबाट चीनमा ठूलो बजार स्पेस रहेको छ । अधिक उत्पादन र अधिक पुँजीको युगमा बजार स्पेसले प्रतिस्पर्धी सबलताको प्रतिनिधित्व गर्छ । स्वदेशी बजारको निर्माणका लागि पूर्वाधारमा गरिने लगानीलाई प्रबद्र्धन गर्ने आर्थिकनीतिको आवस्यकता पर्छ । यसका लागि जनताको जीवनमा सुधार ल्याउनुपर्छ र जनताको आम्दानीको तहलाई बढाउनुपर्छ ।
हालको उच्च प्राथमिकताको विषय भनेको कुल सामाजिक सुरक्षा लागतलाई घटाउनुपर्छ । यो कर, रियल स्टेट र औद्योगिक अवरोधहरू हुन सक्छन् । समाजिक लागत व्यवस्थापन गरेपछि मात्रै माग र बजार स्पेसलाई बढाउन सकिन्छ ।
चीनले आफ्नो वित्तीय बजारलाई निरन्तर रूपमा खुला पार्नुपर्छ । यदि व्यापार विवाद लगातार विस्तार भयो भने यसको वास्तविक क्षति शुल्कमा मात्रै सीमित हुनेछैन । यसले सीमापार पुँजीको बाह्य प्रवाह हुन सक्छ । यसले युआनको अवमूल्यन गर्न सक्छ । यदी व्यापारको क्षेत्रमा सबै समस्या समाधान भएमा पनि अमेरिका र चीनबीच वित्तीय समस्या अर्को ठूलो मुद्दा हुन सक्छ । वित्तीय समस्या आन्तरिक र बाह्य तत्वहरूको संयुक्त स्वरूप हो । धेरै मानिस अझै पनि चीनले वित्तीय क्षेत्रलाई खुला पार्ने विषयमा सशंकित रहँदै आएका छन् ।
चीनले यो सुधारलाई विश्वसनीय रूपमा अगाडि बढाउनु आवश्यक छ । समग्रमा चिनियाँ अर्थतन्त्रको वास्तविक समस्या व्यापार युद्धमा मात्रै देखिएको छैन । यो स्वयं चिनियाँ अर्थतन्त्रमा देखिएको छ । व्यापार युद्ध भए वा नभए पनि आन्तरिक समस्या देखा पर्न सक्छ र ठूलो प्रभावको सिर्जना गर्न सक्छ । हालको आर्थिक मोडल नीतिगत त्रुटिको कारण भएको छ र यसले चीनको बजारमुखी सुधारको प्रगतीलाई मन्द पार्न सक्छ ।
अमेरिका–चीनबीचको व्यापार वातावरणमा गरिने परिवर्तन र अमेरिका–चीन सम्बन्ध दीर्घकालीन र रणनीतिक हो । त्यसैले चिनियाँ प्रतिक्रिया स्वयंमा अन्तर्राष्ट्रिय व्यापारका लागि मात्रै सिमित हुनु हुदैन । सुधार र खुला गरेर फराकिलो बजार स्पेस खोज्ने हुनुपर्छ । यो विधिको माध्यमबाट मात्रै अमेरिकी दबाबमा चीनले आपूmलाई अगाडि बढाउन सक्छ ।