कारोबार संवाददाता
बुधवार, बैशाख २५, २०७६
1351

सुस्त आर्थिक वृद्धि हुने देखिएसँगै यो वर्ष युरोपका लागि महŒवपूर्ण वर्ष हुने भएको छ । आईएमएफका अनुसार यो वर्ष ईयूको वृद्धि १.६ प्रतिशतमा ओर्लनेछ । केही प्रमुख बाह्य प्रभावलाई हेर्ने हो भने यसले यो अवस्थामा सुधार ल्याउन पनि सक्छ र बिगार्न पनि सक्छ । आईएमएफका अनुसार अमेरिकाको वृद्धि पनि २.९ प्रतिशतबाट २.३ प्रतिशतमा झर्नेछ । ३ दशकको अवधिसम्म दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरेको चीनको वृद्धि ६.० देखि ६.५ प्रतिशतमा रहनेछ । यो वृद्धि विगत हेर्दा थोरै भए पनि अमेरिका र ईयूको तुलनामा ठूलो अन्तरले बढी हो ।
वर्तमान अवस्थाका आधारमा कुनै आश्चर्यबिना महŒवपूर्ण युरोपेली राष्ट्रहरूले चीन प्रस्तावित बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा चासो देखाइरहेका छन् ।

बीआरआई सम्झौतामा हस्ताक्षर गर्ने इटाली पहिलो जी–७ मुलुक भएको छ । यसले पहिलेका योजनाहरूजस्तै चीनले सुरुवात गरेको एसियाली पूर्वाधार लगानी बैंकको बेलायतले स्वीकृति जनाएको घटनालाई पछ्याएको छ । पछि गएर जर्मनी र फ्रान्सलगायतका अन्य युरोपेली मुलुकहरूले यसको सदस्यता लिएका थिए ।
चीनलाई कमजोर पार्ने लक्ष्य लिएका अमेरिकाका नव पुरातनवादीहरूले यो विकासक्रमलाई चेतावनीका रूपमा हेरेका छन् । उदाहरणका लागि अमेरिकाको महŒवपूर्ण विदेश मामिला नीति जर्नल फरिन अफेयर्सले हालसालै मात्र आन्द्रे स्मलको लेख प्रकाशित गरेको थियो । यसमा भनिएको छ, “युरोपमा चीनको राजनीतिक पहुँच र प्रभाव कुनै सन्देहबिना बढिरहेको छ ।” यो विकासक्रममा उनी व्यापक विद्रोहीजस्तो देखिएका छन् । उनले चिनियाँ दूरसञ्चार उपकरण कम्पनी हुवावेलाई युरोपेली फाइभ–जी नेटवर्कको विकासबाट हटाउन युरोपेली मुलुकमा मजबुत दबाब दिनुपर्ने बताएका छन् ।
युरोपेली कर्पोरेसनहरूलाई चीनबाट रोक्न गरिएको यस किसिमको प्रयासको समस्या भनेको अमेरिकाले युरोपेली कम्पनीहरूलाई आकर्षित गर्ने सम्भावना थोरै हुनु मात्रै हो । चीनको दाँजोमा अमेरिका कम गतिमा वृद्धि भइरहेको मात्रै होइन कि ट्रम्प प्रशासनको संरक्षणवादी कदमले अमेरिकालाई कम आकर्षक थलोका रूपमा विकास गरिरहेको छ ।
चीनबाहेकका अन्य मुलुकमा अमेरिकी विदेश नीतिले युरोपमा पनि क्षति पुगिरहेको छ । यहाँनेर उल्लेख गर्नुपर्ने कुरा के छ भने इरान अमेरिकाको ठूलो बजार होइन । तर, युरोपका लागि सम्भावित रूपमा ठूलो हो । ओबामा प्रशासनको इरान परमाणु सम्झौताको मातहतमा हटाइएको इरानमाथिको प्रतिबन्धबाट ईयूले लाभ लिएको थियो । उसले लिएको यो लाभ ट्रम्प प्रशासनले एकतर्फी रूपमा लगाएको प्रतिबन्धले युरोपलाई हानी पुगेको छ ।
अमेरिकाले जर्मनीलाई बाल्टिक सीमुनी रहेको उसको नर्ड स्ट्रिम–२ ग्यास पाइपलाइनबाट त्याग्ने प्रयासको थालनी गरेको छ । उक्त ग्यास पाइपलाइनबाट जर्मनीले युक्रेन जस्ता कुनै पनि मुलुकको हस्तक्षेपबिना रूसी ग्यास आपूर्ति गर्न सक्छ । यसको रद्दले जर्मनी महँगो अमेरिकी प्राकृतिक ग्यासम निर्भर हुन पुग्छ ।
कम प्रत्यक्ष देखिएका अन्य अमेरिकी नीतिहरूले पनि युरोपलाई क्षति पु¥याउनेछ । विशेष गरी इराक, लिबिया र सिरियाको गृहयुद्धमा अमेरिकी संलग्नताले मध्यपूर्वबाट ठूलो परिमाणमा शरणार्थी युरोप ओइरेका छन् । यसले युरोपलाई ठूलो समस्या सिर्जना गर्नुका साथै युरोपेली मुलुकमा आतंकवादका आधार खडा गर्न सहयोग गरेको छ ।
मध्यपूर्वमा हुने अप्रत्यक्ष असरलाई छोड्ने हो भने पनि हुवावेलाई पन्छाउने यी अमेरिकी नीतिहरूले युरोपको फाइभ–जी आपूर्ति ढिलो हुने र बढी महँगो पर्न जान्छ । इरानमाथिको प्रतिबन्धले जर्मनीको ग्यास आपूर्ति कम सुरक्षित भएको छ भने चीनको तीव्र वृद्धिको अर्थतन्त्रसँग युरोपसँगको सहकार्यलाई कमजोर बनाउने प्रयासले पनि युरोपले क्षति बेहोर्नुपरेको देखिन्छ ।
यहाँनेर अमेरिकी रणनीति स्पष्ट हुन्छ । रूसको तुलनामा पश्चिम युरोप एकीकृत छैन र सेना पनि कमजोर छ । यस्तो अवस्थामा युरोपेली सरकार उनीहरूको प्रतिरक्षकका लागि अमेरिकालाई महŒवपूर्ण ठान्छन् । अमेरिकाले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको नियन्त्रण गर्दै आएको छ र इरानलाई जस्तै एकपक्षीय प्रतिबन्धको चेतावनी दिन सक्छ ।
त्यसैले अमेरिकासँग बेलैमा सतर्क हुनु युरोपेली मुलुकका लागि लाभदायक हुन सक्छ । —समीर रेग्मी


सातामा धेरै पढिएको