विदुरचन्द्र लामिछाने
बिहिवार, बैशाख १२, २०७६
642

रोपवे निर्माणमा विश्वकैै अग्रणी पुरानो कम्पनी पोमाले नेपालको भौगोलिक बनावटअनुसारको सबै प्रकारको रोपवे निर्माणमा इच्छा देखाएको छ ।

 गएको चैत अन्तिम साता नेपालमा लगानी सम्भाव्यताको खोजी गर्न फ्रान्सेली लगानीकर्ताहरूको टोली काठमाडौंमा आई नेपाली उद्यमीहरूसँग गहन छलफल ग-यो । त्यसको चा“जोपा“जो नेपालस्थित फ्रान्सेली राजदूत फ्रान्सा“ जाभियर लेजेरले मिलाउनुभएको थियो भने त्यसलाई नेपाल उद्योग वाणिज्य महासंघले साथ दियो ।
छलफलमा फ्रान्सका ख्यातिप्राप्त लगभग डेढ दर्जन कम्पनी सहभागी थिए । छलफलमा पोमा, लुमीप्ला“, एइटीएस, ब्युरो भेरिटास, ट्र्याक्टवेल, मिक्यामिडी, जिमाल्टो, लोपेरा, लोरेलजस्ता कम्पनीहरू सहभागी थिए । छलफलमा भारतमा लगानी गरिरहेका फ्रान्सेली कम्पनीहरूको पनि सहभागिता थियो । नेपाल लगानी सम्मेलन समापनलगत्तै आयोजना भएको छलफल कार्यक्रम निकै महत्वपूर्ण रह्यो ।

त्यस अवसरमा फ्रान्सेली कम्पनीहरूका तर्फबाट जल तथा नवीकरणीय ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, दिगो र स्मार्ट सहरीकरण, कृषि तथा खाद्य प्रशोधन, सहरी यातायात, फोहर व्यवस्थापन, औद्योगिक सुरक्षालगायतका क्षेत्रमा सहकार्यको सम्भाव्यता प्रस्तुत गरिएको थियो । नेपाल फ्रान्सबीच सन् १९८३ मै द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षणसम्बन्धी सम्झौतामा हस्ताक्षर भैसकेको छ ।
दुवै देशका राजदूतावास, भारतस्थित फ्रान्सेली राजदूतावास, नेपाल फ्रान्स उद्योग वाणिज्य संघ र फ्रान्ससँग व्यापार व्यवसाय गरिरहेका र संयुक्त लगानी गरिरहेका नेपाली उद्यमीहरूको पनि कार्यक्रममा बाक्लो उपस्थिति थियो । औपचारिक छलफलपछि लगानीकर्ताहरूबीच आमनेसामने व्यावसायिक भेटवार्तासमेत भयो ।
पछिल्लो तथ्यांकअनुसार नेपाल–फ्रान्सबीचको द्विपक्षीय व्यापार २२ अर्बजतिको छ । दौत्य सम्बन्ध स्थापनाको सात दशकको अवधिमा द्विपक्षीय व्यापार भने निकै निराशाजनक छ । फ्रान्सले नेपाललाई बहुक्षेत्रमा सहयोग गरेको छ । करिब ८० वटा गैरसरकारी संस्था (एनजीओ) मार्फत नेपालमा शिक्षा, स्वास्थ्य क्षेत्रमा फ्रान्सेली सहयोग छ । नेपालले गार्मेन्ट्स, हाते कार्पेट, चिया, पेपरलगायतको करिब १ अर्ब २३ करोडको वस्तु निर्यात गरेको छ भने फ्रान्सबाट हवाई तथा यससँग सम्बन्धित पार्टपुर्जा, छपाइ तथा सफ्टवेयर, मेडिकल इक्विपमेन्ट र अन्य प्राविधिक उपकरणलगायतको करिब २० अर्ब ८४ करोडको वस्तु आयात भएको तथ्यांक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको छ । आयात बर्सेनि बढिरहेको पाइन्छ । लगानीको अवस्था हेर्दा १ सय ५ वटा परियोजनामार्फत ७८ करोडको फ्रान्सेली लगानी छ । लगानीको परिमाण पनि नगन्य छ । नेपालमा मूलतः होटल, रेस्टुराँ, औषधि, आल्मुनियम झ्याल तथा ढोका उद्योग, सवारी साधनको बडी निर्माणलगायतका उद्योगमा फ्रान्सेली लगानी रहेको पाइन्छ । करिब १६ हजार फ्रान्सेली पर्यटकले नेपाल भ्रमण गरेको पछिल्लो तथ्यांक छ ।
फ्रान्सेली लगानीकर्ताहरूले विशेष गरी नवीकरणीय ऊर्जा, जल तथा फोहर व्यवस्थापन, यातायात क्षेत्र, सहरी योजना, आवास तथा भवन निर्माण र सूचना तथा सञ्चार क्षेत्रमा विज्ञता हासिल गरेको र ती क्षेत्रमा नेपाललाई सहयोग गर्न सक्ने आशय व्यक्त गरेका छन् । रोपवे निर्माणमा विश्वकैै अग्रणी पुरानो कम्पनी पोमाले नेपालको भौगोलिक बनावटअनुसारको सबै प्रकारको रोपवे निर्माणमा इच्छा देखाएको छ । नेपालजस्तो भौगोलिक विकटता भएको देशका लागि रोपवे ट्रान्सपोर्टेसन भरपर्दो र उपयोगी हुने देखिन्छ ।
ऊर्जा, वातावरण परिवर्तन, प्राकृतिक स्रोतसाधन, आर्थिक विकास, स्वास्थ्य सुरक्षा अनि सुशासनका क्षेत्रमा युरोप तथा विकासोन्मुख देश खासगरी नवोदित राष्ट्रहरूका बासिन्दाहरूको जीवनस्तर सुधारमा काम गर्दै आएको एवीटीएसले यी क्षेत्रहरूमा काम गर्ने चासो देखाएको छ ।
त्यस्तै अर्को कम्पनी ब्युरो भेरिटास, खाद्य परीक्षण, निरीक्षण र प्रमाणीकरण गर्ने विश्वव्यापी संस्था हो । कम्पनीले एसेट्स म्यानेजमेन्ट, प्रमाणीकरण, वर्गीकरण, परामर्श, लेखांकन, परीक्षण र विश्लेषण लगायतको विश्वस्तरको सेवा उपलब्ध गराउ“दै आएको छ । उक्त कम्पनीले नेपालमा उपयुक्त वातावरण पाएमा लगानी गर्न सक्ने इच्छा देखाएको थियो । ऊर्जा, जल तथा पूर्वाधारलगायत बहुपक्षीय समाधान परामर्श दिने युरोप, अफ्रिका, एसिया, मध्यपूर्व, ल्याटिन अमेरिकी महादेशमा सेवा दिइरहेको ट्र्याक्टवेलले भारतमा मात्र ५ वटा क्षेत्रमा ७ सय ५० कार्यालयमार्फत सेवा दिइरहेको छ र नेपालमा पनि काम गर्न इच्छा प्रकट गरेको थियो । छलफलबाट फ्रान्सेली लगानीकर्ताहरूले नेपालमा लगानी गर्न तीव्र इच्छा प्रकट गरेका थिए ।
नेपाल फ्रान्स दौत्य सम्बन्ध स्थापनाको ७० औं वर्षगा“ठको अवसर पारेर आयोजना गरिएको कार्र्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बाह्य लगानी आकर्षण गर्नमा सबै हिसाबले तयारी अवस्थामा रहेको र नेपालमा लगानीको पूर्ण वातावरण भएकाले निर्धक्क भएर लगानी गर्न फ्रान्सेली कम्पनीहरूलाई आग्रह गर्नुभएको थियो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतले लगानी सम्मेलनका उपलब्धि र नेपालमा लगानी गर्न सक्ने क्षेत्रहरूका विषयमा प्रस्तुति दिनुभएको थियो ।
महासंघ र फ्रान्सेली राजदूतावासको पहलमा भएको कार्यक्रममा अर्थमन्त्री र लगानी बोर्डका प्रमुख कार्यकारी स्वयम् सहभागी भएर लगानीको वातावरणका विषयमा प्रस्ट्याउने प्रयास भयो । लगानीकर्ताहरूको धारणा उहा“हरूले सुन्नुभएको छ र जिज्ञासालाई स्पष्ट पार्ने काम पनि भएको छ भने महासंघको तर्फबाट अध्यक्ष भवानी राणा स्वयम्ले पनि नेपालमा लगानी गर्ने सही समय भएको र अवसर जताततै भएकाले त्यो अवसर उठाउन आग्रह गर्नुभएको थियो । साथै अध्यक्ष राणाले स्थानीय साझेदारीमा काम गर्न नेपाली उद्यमीहरू तयार रहेको समेत सन्देश दिनुभएको थियो । सरकार, निजी क्षेत्र र कूटनीतिक नियोग तीनै पक्षको प्रयासमा भएको कार्यक्रममा फ्रान्सेली लगानीकर्ताहरूले देखाएको चासोलाई नेपालमा लगानी ल्याउने सवालमा सफल बनाउन तीनै पक्षको निरन्तर प्रयास र समन्वयको खा“चो छ । यसका लागि पेरिसस्थित नेपाली नियोगलाई पनि परिचालन गर्नुपर्छ ।
बाह्य लगानी आकर्षणका लागि निजी क्षेत्रले निकै ठूलो मेहनत गरिरहेको छ । महासंघले बाह्य लगानी, प्रविधि, पु“जी, सीप र विकासको मोडल आकर्षणका लागि आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको छ । केही समयअघि महासंघले चीनका विभिन्न प्रान्तबाट आएको चिनिया“ लगानीकर्ताहरूसँग यस्तै व्यावसायिक भेटवार्ता ग-यो । सो भेटवार्तामा कृषिसँग सम्बन्धित नौवटा परियोजनामा सहकार्य गर्ने सम्बन्धमा नेपाली र चिनियाँ लगानीकर्ताहरूबीच सम्झौतासमेत भयो ।
त्यस्तै भारत, कम्बोडिया, म्यानमार, टर्की, क्यानाडा, माल्टा, जापानलगायतका देशहरूबाट समेत आएका लगानीकर्ताहरूसँग यस्तै सहकार्यका सम्भाव्यता पहिल्याउन निजी क्षेत्रले छलफल ग-यो र सरकारका सम्बन्धित निकायका पदाधिकारीहरूसमक्ष भेटवार्ता गराउने प्रबन्धसमेत मिलायो । महासंघले आगामी जेठको पहिलो हप्ता काठमाडौंमा नेपाल भारत फ्रेन्चाइज इन्भेस्टमेन्ट एन्ड एक्सपो आयोजना गर्दैछ । नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धनमार्फत विभिन्न ब्रान्डमा लगानी गर्ने अवसरहरू सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना हुन लागेको छ । महासंघ सबै देशका आफ्ना समकालीन संस्थाहरूसँग सम्पर्क र समन्वयमा रही नेपालमा लगानी आकर्षणका लागि यतिखेर प्रयास गरिरहेको छ ।
लगानी बोर्डका अनुसार नेपाल सन् २०३० सम्म दिगो विकासको लक्ष्य प्राप्ति र उच्च मध्यम आयस्तर भएको मुलुकमा रूपान्तरण हुने तयारीमा छ । यसका लागि पूर्वाधारमा ठूलो लगानी आवश्यक छ । जीडीपीको ३ देखि ४ प्रतिशत लगानी भइरहेको यो क्षेत्रमा बढोत्तरी गरी १२ प्रतिशत पु-याउनुपर्नेछ । यसका लागि वार्षिक रूपमा करिब १८ खर्ब जति लगानी आवश्यक पर्नेछ । आगामी एक दशकका लागि नेपालले २ हजार किलोमिटर रेलमार्ग निर्माण गर्ने, २ हजार किलोमिटर कालोपत्रे सडक विस्तार गर्ने, कम्तीमा ५ वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने, ५० लाख पर्यटक भिœयाउने महत्वाकांक्षी लक्ष्य राखेको छ ।
उक्त लक्ष्यलाई सफल पार्न नेपालले केही महत्वपूर्ण ऐन–कानुनहरूसमेत ल्याइसकेको छ । सार्वजनिक निजी साझेदारी तथा लगानीसम्बन्धी ऐन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सेज ऐन, हेजिङ पोलिसी, श्रम तथा सामाजिक सुरक्षा ऐन, वन तथा जग्गा अधिग्रहण, बौद्धिक सम्पत्ति, औद्योगिक व्यवसायिक ऐन तथा कम्पनी ऐनलगायतका ऐन कानुनहरूमा आमूल परिवर्तन गरिसकेको छ ।
त्यसैगरी बाह्य लगानी आकर्षण गर्न र उनीहरूलाई विश्वासको वातावरण बनाउन केही महत्वपूर्ण दस्तावेजमार्फत अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत जनाइसकेको छ । परियोजना विकास तथा लगानीसम्बन्धी सम्झौता, अन्तर्राष्ट्रिय अभ्यास अनुसारको दस्तावेज विकास तथा हस्ताक्षर, कानुनी परिवर्तनबाट हुन सक्ने क्षतिको संरक्षण, बाह्य लगानी र देशगत आधारमा कुनै पनि प्रकारको विभेद नगर्ने, प्रतिबद्धता नेपालले जनाएको छ ।
निजी क्षेत्र, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दलहरू सबैको एउटै स्वर छ, अब नेपाललाई विकासको मार्गमा अगाडि बढाउनुपर्छ । नेपालमा कार्यरत दातृ निकायहरू र नेपालको विकास प्रयासमा सहयोग गर्दै आएका महत्वपूर्ण राष्ट्रहरू पनि सहयोग गर्ने मुडमा छन् । संघीय सरकारले भर्खरै नेपाल लगानी सम्मेलन भव्यतापूर्वक आयोजना ग-यो । त्यसमा सबै राजनीतिक दलको सहयोग रह्यो । त्यसले एक किसिमको सन्देश विश्वभरि नै दिएको छ । अब स्थानीय तहमा प्रदेश सरकारहरूले आ–आफ्नो क्षेत्रमा प्रादेशिक लगानी सम्मेलनको सुरुवात गरेका छन् । प्रदेश ३ ले त्यसको सुरुवात गरिसक्यो । लगानीकर्ताका लागि लगानी गर्न आउन प्रदेश सरकारले पनि खुला आह्वान गरेका छन् । आफ्नो सरकारले दिने छुट, सेवा, सुरक्षाका विषयमा प्रस्टसँग बोलेका छन् ।
एक वर्षअघि प्रदेश सरकार स्थापनाको लगत्तै निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघले सातैवटा प्रदेशमा लगानीका सम्भाव्यता विषयमा वृहद् छलफल आयोजना ग-यो । त्यसले प्रदेशको आर्थिक विकासका विषयमा जागरण ल्याउन सफलता हासिल ग-यो । एक किसिमको तरंग ल्यायो । सबै राजनीतिक दल, निजी क्षेत्रलाई एकै थलोमा भेला गराई आफ्नो प्रदेशका सम्भाव्यता र लगानीका सबल पक्षका विषयमा जमेर छलफल गर्ने वातावरण बनाइ दियो ।
अब मुलुक निर्माण गर्ने उपयुक्त समय आएको छ । नेपाल लगानीका लागि तयार छ भन्ने सन्देश बाह्य देशहरूमा गइसकेको छ । नेपालले नीति तथा कानुनी सुधारसहित लगानीमैत्री वातावरण बनाएको हामीले भनिसकेका छौं । विश्व बैंक, एसियाली विकास बैंकबाट पनि सहयोगको प्रतिबद्धता आएको छ । छिमेकी भारत र चीन पनि निकै उत्सुक देखिएका छन् । चीनले वान बेल्ट वान रोडमार्फत पनि सहयोग गर्ने इच्छा प्रकट गरेको छ । अब हामी सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बेला आएको छ । निजी क्षेत्रले पनि आ–आफ्ना सम्पर्क सूत्रमार्फत साझेदार भिœयाउन पहल गर्नैपर्छ । सरकारले पनि नेपालमा रहेका बाह्य राष्ट्रका नियोगहरू र विदेशस्थित आफ्ना कूटनीतिक नियोगलाई प्रभावकारी परिचालन गरी सम्बन्धित देशबाट लगानी ल्याउन निरन्तर पहल गर्नुपर्छ । त्यसका लागि आवश्यक परेमा सम्बन्धित देशमा नियोगहरूको पहलमा देश विशेष सम्मेलन गरेर हुन्छ कि कसरी हुन्छ, लगानीकर्ता भिœयाउन सकिन्छ, ढिलाइ गर्नु हुँदैन । कम्तीमा एक–दुईवटा बहुराष्ट्रिय कम्पनी मात्र भिœयाउन सक्यौं भने पनि लगानी आउन थाल्छ ।
यी सत्रै प्रयासका बाबजुद पनि यसलाई पूरा गर्न नेपालले दिन दुगुना रात चौगुना काम गर्नैपर्छ । अहिलेको काम गराइमा आमूल परिवर्तन नल्याएसम्म यो लक्ष्य हासिल गर्न कम चुनौतीपूर्ण छैन । जनसांख्यिक हिसाबले हामी यतिवेला अत्यन्त सबल छौं, साथै संवेदनशील घडीमा पनि । कुल जनसंख्यामा लगभग आधा जनसंख्या युवाको छ । हाम्रा लागि यो समय अत्यन्त महत्वपूर्ण छ । अबको १५–२० वर्षभित्रमा पनि हामीले विकास गर्न सकेनौं भने नेपाल धनी नभई जनसंख्या बूढो हुने चुनौती हाम्रा सामु छ । समयमै सोचौ नत्र पछुताउनु सिवाय केही हुनेछैन ।