दिलीपकुमार मुनंकर्मी
आइतवार, बैशाख ८, २०७६
1097

सेयर बजारमा लाभकरको विवाद पुनः बल्झेको छ । विगत केही वर्षदेखि महालेखा परीक्षक कार्यालय (मलेप) ले सेयरको हक निसर्ग गरेवापत सिर्जित लाभकर गणना विधीमा त्रुटी औंल्याउने क्रममा ५६औँ वार्षिक प्रतिवेदनमा पनि न्यून लाभकरसँगै संस्थापक सेयरको कारोवार मूल्यमा भएको विभेदबाट घटी कर संकलन भएको विषय पनि उठान गरेको छ ।सेयर बजारमा लाभकरको विवाद पुनः बल्झेको छ । विगत केही वर्षदेखि महालेखा परीक्षक कार्यालय (मलेप) ले सेयरको हक निसर्ग गरेवापत सिर्जित लाभकर गणना विधीमा त्रुटी औंल्याउने क्रममा ५६औँ वार्षिक प्रतिवेदनमा पनि न्यून लाभकरसँगै संस्थापक सेयरको कारोवार मूल्यमा भएको विभेदबाट घटी कर संकलन भएको विषय पनि उठान गरेको छ ।

महालेखाको टिप्पणी
प्रतिवेदनमा सेयरको पुँजीगत लाभकरसम्बन्धमा टिप्पणी गर्दै २०६५ मंसिर २२ को अर्थमन्त्रीस्तर निर्णयमा बास्तविक तिरेको लागत नभई बजार मूल्यको आधारमा समायोजन गर्दा लागत खर्च बढी दाबी हुने गरेको उल्लेख छ । उसले अंकित मूल्यभन्दा बोनस तथा हकप्रद सेयरको वास्तविक लागत बढी समायोजन भई यस आर्थिक वर्षमा आयकर ऐन, २०५८ को अनुसूची १(४)ख३ बमोजिम हुने कर ६२ करोड ४८ लाख ८१ हजार रुपैयाँ असुल हुनुपर्नेमा ४ करोड ९० लाख १० हजार रुपैयाँ मात्र असुल भएकोले ५७ करोड ५८ लाख ७१ हजार रुपैयाँ छुट भएको औंल्याएको छ । यो विगतदेखिको विवादित विषय हो ।यस्तै बिनाआधार संस्थापक र सर्वसाधारण सेयरको फरक मूल्य कायम हुने सूत्र सहित संस्थापक सेयरको मूल्य साधारण सेयरको ५० प्रतिशत कायम गर्न सकिने २०६४ चैत ५ को मन्त्रीस्तरीय निर्णयका कारण २०७४÷७५ मा विभिन्न कम्पनीको २ करोड ५५ लाख २० हजार ३२२ कित्ता संस्थापक सेयरसाधारण सेयरको तुलनामा रु. ५ अर्ब २ करोड ७२ लाख रुपैयाँ न्यून मूल्यमा किनबेच भई रु. २५ करोड १३ लाख घटी पूँजीगत लाभकर असुल भएको जनाउँदै विगतको निर्णयमा पुनरावलोकन हुनुपर्ने जनाएको छ ।

लाभकर गणना विवाद
लाभकरको अहिलेको मुख्य विवाद भनेको बोनस र हकप्रद सेयरको लागतको सम्बन्धमा देखिए पनि लगानीकर्ताले प्रत्येक पटक बिक्री गरेको सेयरको वास्तविक लागत र लाभको गणना दुरुस्त भएको सुनिश्चित गर्न सकिने अवस्था पनि छैन । यसमा मलेपले संस्थापक र सर्वसाधारण सेयरको मूल्यबाट सिर्जित लाभकरसम्बन्धी थप विवाद उठान गरेको छ । यसको लागि एउटा उदाहरण हेरौं ।
उदाहरण अनुसार लगानीकर्ताले विभिन्न मूल्यमा ५ सय ४०, बोनस सेयर ३६ र हकप्रद १२४ सहित ७ सयकित्तासेयरकिनेर दुई पटकमा १ सय ६० कित्ता बेचेपछि अझै ५ सय ४०कित्ता धारण गरेको छ, जसको औसत लागत रु. १ सय २२ रुपैयाँ ८६ पैसा छ । यहाँ लगानीकर्ता र सरकारबीच लागत र लाभ गणनाका सम्बन्धमा निम्न पक्षमा विवाद रहँदै आएको छ :

१) बोनस सेयरको लागत : मलेपको अनुसारवास्तविक लागत जाँदा पनि (क) कुनै रकम तिर्नु नपरेको हुँदा शून्य, (ख) सरकारले ५ प्रतिशत लाभांस कर लिएको हुँदा १ सय रुपैयाँ वा (ग) सेयरधनीको तर्फबाट कम्पनीले लाभकर समेत तिर्ने गरी दिएको प्रति कित्ता लाभांस १ सय पाँच रुपैयाँ २६ पैसा मान्ने वा लगानीकर्ताले भनेजस्तो बोनस सेयर प्राप्त गर्न उच्च मूल्यमा बजारबाट खरिद गरिएको लागत, उदाहरण अनुसार १ सय ४३ रुपैयाँ वा बुक क्लोज पछि बोनस सेयरको अनुपातमा नेप्सेले समायोजन गरेको मूल्यको आधारमा लागत गणना गर्ने भन्ने विवाद रहँदै आएको छ ।
२) हकप्रद सेयरको लागत : लगानीकर्ताले हकप्रद सेयर खरिदका लागि प्रत्यक्ष भुक्तानी गरेको रु. १ सय वा उक्त हकप्रदको हक कायम गर्न बजारबाट सेयर खरिद गर्दा तिरेको मूल्य र हकप्रदको आधारमा बुक क्लोज पछि समायोजित हुने मूल्यले सिर्जना हुने लागत मध्ये कुन चाहिँ लगानीकर्ताको वास्तविक लागत हो र कुन आधारमा लाभ गणना गरेर कर लगाउने भन्ने विवाद रहँदै आएको छ ।
३) कुल सेयरको लागत र लाभ : प्रत्येक लटको सबै सेयर किनबेचमा लागत र लाभ गणना समस्या नहोला, तर नियमित लगानीकर्ताले कुनै कम्पनीको सेयरनियमित किनबेच गरि पुरै सेयर विक्री नगरेको अवस्थामा यथार्थ लाभ वा हानी सुनिश्चित हुन्न । तर प्रचलित विधीमा उदाहरण अनुसार लगानीकर्ताले विक्री गरेको १ सय ६० कित्ताको लागतका आधारमा ७.५ प्रतिशतका दरले लाभकर लिँदै आएको छ । जबकी औसत लागतका आधारमा प्रति कित्ता रु. १ सय २० का दरमा बेचिएको १ सय १० कित्तामा समेत लगानीकर्ता नोक्सानीमा छ । यस्तै बेचिएको सेयर वास्तवमा बोनस, बजारबाट खरिद वा हकप्रदबाट प्राप्त मध्येको कुनकुन हो ? त्यसको वास्तविक लागत कति हो ? भन्ने प्रमाणित गर्ने बैज्ञानिक आधार र क्षमता व्यक्तिगत लगानीकर्ताहरूसँग नहुने वा व्यवहारिक रुपमा सम्भव नहुने अवस्थामा हालको लाभकरको गणनामा स्वाभाविक रुपमा प्रश्न उठने छ ।
४) संस्थापक सेयरको बिक्री मूल्य र लाभ : हाल बजारमा एउटै कम्पनीको समान दायित्व र अधिकार भएकोसेयरको बजार मूल्य भने थरिथरिको छ । उदाहरणको लागि नेपाल इन्भेष्टमेन्ट बैंकको सर्वसाधारण सेयर (एनआइबि) को रु. ५ सय ५४, कारोवारयोग्य संस्थापक (एनआइबिपिओ) को रु. ५ सय १० छ भने सामान्य संस्थापक सेयरको बजार मूल्य हालको विधीले रु. २ सय ७७ मान्छ । यस्तै मेगा बैंक नेपालको संस्थापक सेयर रु. १ सय ८ र सर्वसाधारण सेयर रु. १ सय ७७ मा कारोवार भईरहेको छ । हो, एउटै कम्पनीको सेयर फरक मूल्यमा कारोवार नहुनुपर्ने तर भईरहेको अवस्थामा मलेपले भनेजस्तो लाभकरको छलि कसरी हुन्छ ?यसले लाभकरको नयाँ विवाद जन्माएको छ ।

लाभकर विवाद समाधानका प्रयास
मलेप र लगानीकर्ताहरूले विद्यमान लाभकर गणना विधीमा पटकपटक प्रश्न उठाउँदै पुनरावलोकन गरी औसत लागत मोडेलमा जान वा बैज्ञानिक सूत्रवत निरुपणका लागि आवाज उठाउँदै आएका छन् । करिव एक वर्ष पहिले पनि मलेप प्रतिवेदनलाई आधार बनाएर आन्तरिक राजश्व विभागको पत्रको आधारमा बोनस सेयर र हकप्रद सेयरको लागत मूल्य गणना गर्दा सेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरी अग्रिम कर असुल गर्नु गराउनु भन्ने परिपत्रसँगै आधारमूल्य र वास्तविक लागत सम्बन्धी विवाद चुलिएर २०७५ जेठ २२ गते कारोवार नै बन्द भएको थियो । आन्दोलनको दवाव पछि सेयरबजारमा देखिएको द्विविधाहरूमा स्पष्टता ल्याउन र लाभकर गणना विधीमा सुधारका लागि आवश्यकता अनुसार विज्ञ÷विशेषज्ञसँग राय÷सुझाव लिई सुझाव सहितको प्रतिवेदन पेश गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको र उक्त कार्यदलको प्रतिवेदन प्राप्त नभएसम्मका लागि प्रचलित विधी अनुसार नै लाभकर गणना हुने निर्णय अनुसार हालसम्म पुरानै विधीबाट लाभकर गणना हुँदै आएको छ । कार्यदलले महिनौंसम्म लाभकर सम्बन्धी विवादमा समाधानका उपाय नदिँदा एकातिर महालेखाले लाभकरको विवाद पुनःउठान गरेको छ भने अर्र्काितर लगानीकर्ताहरूअनिश्चित लाभमा कर तिर्न बाध्य भईरहेका छन् ।

समाधानको विकल्प
लाभकरसम्बन्धी विद्यमान विवादको दीर्घकालीन समाधान लागि कार्यदलले लगानीकर्ताको वास्तविक लागत, सेयर धारण गरेको अवधि र मुद्रास्फीति समेत समेट्ने बैज्ञानिक लागत र लाभ गणना सूत्र र सफ्टवेयर सहितको समाधान तत्काल दिन सके महालेखाले औंल्याएको कैफियत सम्बोधन हुुनका साथै सेयरबजारमा सरकार र लगानीकर्ता बीच विश्वासको वातावरण बन्ने छ ।
१. लाभकर गणनाको सफ्टवेयर : लाभकर गणनाको मुख्य विवादको रुपमा रहँदै आएको लागत र लाभलाई सँधैको लागि निरुपण गर्न अनेक लागतका आधारमा लाभगणनाको वर्तमान प्रणाली सुधारेर औसत लागतका आधारमा लाभ र कर गणना हुने व्यवस्था हुनुपर्छ । यसले आइपीओ, एफपिओ, बजार, बोनस, हकप्रदको लागत कति र कहिले किनेको, कुन बेचेको भन्ने विवाद र द्विविधाबाट लगानीकर्ता र सरकारले उन्मुक्ति पाउने छ । व्यक्तिगत तवरमा औसत लागत गणना र प्रमाणीकरण व्यवहारिक नहुनसक्छ, त्यसैले कारोवार र सेयरसम्बन्धी पूर्ण विवरण हुने नेप्से वा सिडिएससीबाट संचालन हुने गरी एउटा प्रभावकारी सफ्टवेयर निर्माण गर्दै सो सफ्टवेयर मार्फत औसत लागत, खुद लाभ रकम र कर गणना एवम् प्रमाणीकरण गर्ने प्रणालीको विकास र कार्यान्वयन गरिनुपर्छ । यस्तो लाभकर लगानीकर्ताले सेयरधारण गरेको अवधिको आधारमा फरकदरमा हुनुपर्छ ।
२. लाभकर अग्रिम नभई अन्तिम हुने : कट्टा गरिएको लाभकर नै कानुनतः अन्तिम कर हुने व्यवस्था गरेर लाभकर र आयकरको विवाद पनिनिरुपण गरिनुपर्छ, यसले प्यान सम्बन्धी विवाद समाधान गरी सेयर कारोवारलाई प्यानमा समाहित गर्न सहज हुनेछ ।
३. सेयरको मूल्य : महालेखाले उठाएको संस्थापक सेयरको लाभकरको विवाद सम्बोधन गर्न २०६४ चैत ५ को निर्णय खारेज गरी एकै कम्पनीको सेयरको एउटै बजार मूल्य हुने र निश्चित अवधिपछि कम्पनीमा संस्थापक तथा सर्वसाधारणमा विभाजित नभई केवल सेयरधनी मात्र हुने व्यवस्था गरिनुपर्छ । संस्थापक सेयरधनीको सट्टा अन्तर्राष्ट्रिय रुपमा प्रचलित व्यवस्थापनसेयरको अवधारणा कार्यान्वयन गर्न सकिन्छ ।