कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
557

पर्यटन व्यवसाय नै नेपालको आर्थिक विकास क्षेत्रको मेरुदण्ड हो । हाम्रो देशभित्र रहेका प्राकृतिक स्रोतहरू हिमाल, पहाड, तराई धार्मिक तथा सांस्कृतिक क्षेत्र, तालतलैया, ठूला नदी एवं देशका महत्वपूर्ण भगौलिक, सांस्कृतिक र प्राकृतिक क्षेत्र नै पर्यटन व्यवसायको मुख्य स्रोत हुन् । पर्यटन व्यवसायबाट मात्र राज्यले अर्बौं रुपैयाँ आम्दानी गरिरहेको हुन्छ ।
हाम्रो देश प्राकृतिक रूपमा भौगोलिकताले भरिपूर्ण अनि मनोरम दृश्य र सुन्दर हावा पानी भएकाले गर्दा पनि विश्वको कुनै पनि देशबाट दिनानुदिन पर्यटकहरू आउँछन् । पर्यटक आउँदा, जाँदा, खाँदा, घुम्दा, बस्दा विभिन्न रूपमा मनोरञ्जन गर्दा पर्यटकहरूले धेरै रकम खर्च गर्छन् भने व्यवसाय पनि धेरै फस्टाएको हुन्छ ।

पर्यटन क्षेत्रमा आबद्ध धेरै व्यवसाय कम्पनीहरूले विभिन्न रूपमा सहुलियत दिएर भए पनि पर्यटकलाई राम्रो सेवा तथा सुविधा दिन तत्पर देखिन्छन् भने पर्यटकहरू पछि पनि आउने वातावरण राम्रो होस भनेर चिनारी शोरुप माया–ममता देखाउने गछन् । यसले गर्दा पर्यटन व्यवसाय मजबुत हुनुका साथै आर्थिक क्षेत्रमा पनि टेवा पुग्ने देखिन्छ । हाम्रो देश भौगोलिक विकटताले गर्दा पनि महत्वपूर्ण पर्यटक क्षेत्रहरूमा जस्तै हिमाली भेग पहाडको विभिन्न ठाउँमा पर्याप्त रूपमा यातायात पुग्न सकेको छैन ।
त्यस्तो अवस्थामा कति हिँडेरै भएपनि सम्बन्धित ठाउँमा पुग्छन् भने प्रायः पर्यटकहरू हेलिकप्टर, जहाजको सहायताले गन्तव्यमा पुग्छन् । रक क्लाइम्बिङ, क्यानोनिङ, हिमाल आरोहण, बन्जी जम्प, बोटिङ, प्याराग्लाइडिङ, ट्रेकिङ प्राकृतिक स्रोतको अवलोकन, धार्मिक तथा सांस्कृतिक वस्तुको अवलोकनलगायत पर्यटन आकर्षकका मुख्य स्रोतहरू हुन । यिनीहरूबाट राज्यले धेरै अर्थ उत्पादन गरिरहेको हुन्छ भने आर्थिक रूपमा पनि देश समृद्धितर्फ अघि बढिरहेको हुन्छ । पर्यटन क्षेत्रमध्ये हिमाल आरोहणबाट मात्रै बर्सेनि धेरै रकम आइरहेको हुन्छ भने यसमा हिमाल आरोहण सुरुदेखि आरोहण गरी फर्केसम्म विदेशी पर्यटक लाई २५ देखि ३० लाख रुपैयाँ सरकारले लिन्छ र आन्तरिक पर्यटकलाई कम्तीमा पनि १५ देखि २० लाख समेत लिन्छन् ।
यसरी बर्सेनि पर्यटन व्यवसायबाट ठूलो मात्रमा अर्थ उत्पादन हुने भएकाले देश आर्थिक समृद्धितर्फ अघि बढ्न पनि पर्यटन व्यवसाय धेरैभन्दा धेरै ठाउँमा सुधार हुनु जरुरी देखिन्छ । खान–बस्नदेखि आफ्नो देश नफर्केसम्म पर्यटन व्यवसायमा आबद्ध संघसंस्था, सरकारले उचित सुरक्षाको व्यवस्था गर्नुपर्छ । पर्यटकिय क्षेत्रको दुर्गम ठाउँहरूमा होटल–लजको प्रबन्ध राम्रो हुनुपर्छ । उचित आदार सत्कारको व्यवस्था हुनुपर्छ । विदेशी पाहुना भनेकै भगवान् हुन् । ‘अतिथि देवो भवः’ भनेर समेत नामकरण गरिएको छ भने नेपाल पर्यटन भ्रमण वर्ष भनेर समेत देशले अत्यधिक पर्यटक भिœयाउने संकल्प देखिन्छ ।
भर्खरै गैरआवासीय नेपाली संघले काठमाडौंमा पत्रकार समेलन गरी नेपाल पर्यटन भ्रमण वर्ष २०२० सफल बनाउने उद्घोष गरेका छन् भने देशले आगामी वर्ष बढीभन्दा बढी पर्यटक भिœयाउने लक्ष्यसमेत राखेका छन् । यसमा गैरआवासीय नेपाली संघ, विभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारीहरूले समेत पर्यटन भ्रमण वर्ष सफल बनाउने अनि नेपालको आर्थिक तथा समृद्धितर्फ अघि बढ्नका लागि पर्यटक भिœयाउन विभिन्न कार्ययोजना अघि सारेका देखिन्छन् ।
पर्यटन व्यवसाय आर्थिक क्षेत्रको मेरुदण्ड भएकाले पनि नेपालले आर्थिक क्षेत्रअन्तर्गत बढी पर्यटन व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सफल भएको देखिन्छ । यसमा आन्तरिक तथा बाहिय पर्यटकको महत्वपूर्ण भूमिका रहेको छ । नेपालमा मात्र नभई विश्वमै पर्यटन क्षेत्रले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ ।
देशको समृद्धि नै पर्यटन क्षेत्रको मूल आधार हो । कहिलेकाहीं देशको राजनीतिक घट्ना क्रमले गर्दा पनि पर्यटन व्यवसायमा धेरै नोक्सान बेहोर्नुपर्ने अवस्था देखा परेको छ । बन्द, हड्ताल, जुलुस आदिले पर्यटन क्षेत्रमा नकरात्मक असर गर्ने भएकाले यस्ता घटनाहरू कहिल्यै नदोरिउन् भन्ने आममानिसको सोचाइ रहेको पाइन्छ । बन्द–हड्तालले पर्यटन क्षेत्र मात्र नभई देशको हरेक आर्थिक तथा सामाजिक क्षेत्रमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले पनि यस्ता कार्य सदाका लागि समाप्त हुनुपर्छ । देश रहे मात्र हामी रहन्छौं, पर्यटन व्यवसाय राम्रो भए मात्र देशको आर्थिक समृद्धि राम्रो हुन्छ र देश आर्थिक समृद्धितर्फ लम्किन्छ ।
गोविन्द चापागाईं