कारोबार संवाददाता
मंगलबार, माघ ८, २०७५
811

सञ्चारको प्रविधि र विकास नहुदो हो त मानिसको जीवनयापन सायद कल्पना गर्न पनि नसकिने अवस्था हुन्थ्यो होला । सञ्चारको नयाँ–नयाँ आविष्कारसँगै दिनहुँ उच्च आर्थिक वृद्धि हासिल गरिरहेको अवस्था छ । नेपाल विभिन्न देशसँग सञ्चारको प्रतिस्पर्धा गर्न सामथ्र्यमा पुग्न सक्ने भएको देखिन्छ ।
२००७ सालतिर रेडियो नेपालको सुरुवात भएको थियो भने २०४२ सालमा आएर मात्र नेपालमा टेलिभिजन भित्रीएको थियो र पत्रपत्रिकामा गोरखापत्र मात्र थियो । त्यसभन्दा पहिले कुनै पनि सञ्चारमाध्यामका साधन थिएनन् भने २०३५ सालमा मात्र हुलाक सेवाको विस्तार भएको थियो । यी सञ्चारका माध्यमबाट सर्वसाधारणहरूले विभिन्न घटना तथा समाचार सुन्ने गर्थे ।

सबै मानिसको घरमा टेलिभिजन थिएन । फलानोको घरमा टेलिभिजन थियो भन्ने थाहा पाएपछि गाउँका धेरैजसो मानिस त्यस घरमा गएर रातभर बसेर भए पनि टेलिभिजन हेरेर आआफ्नो घर आउँथे । त्यतिबेला टेलिभिजन आँगनमा बसेर भए पनि हेर्ने गरिन्थ्यो । त्यति बेलाका मानिसहरू टेलिभिजन हुने घरलाई सम्पन्न वर्गका रूपमा हेरिन्थ्यो ।
टेलिभिजनका हरेक राम्रा सिरियल आउँदा कति मानिस खाना नखाइ जाग्रामसमेत बस्ने गरेको पाइन्थ्यो भने मानिसहरू त्यसपछि सूचना आदानप्रदान गर्नका लागि हुलाक सेवा जसमा चिठी हातले लेखी एक ठाउँबाट अर्को ठाउँसम्म आदान–प्रदान गरिन्थ्यो । कुनै चिठी समयमै पुग्थे भने विदेशतिर पठाउनुपर्दा महिनौं दिनसम्म पनि लागेको अवस्था थियो । सञ्चार प्रविधिसँगै विद्युतीय माध्यमबाट चल्ने फोन भित्रिएपछि मानिसको जीवनस्तर पनि अलि उकासिँदै जान थाल्यो ।
त्यतिबेला यूटएिल फोनको पनि व्यवस्था थियो, जुन एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै पु¥याउन सकिन्थ्यो । त्यतिबेलाका मानिसहरूसँग आपसी सद्भाव अनि मेलमिलाप थियो । कसैको घरमा फोन आउँदा सम्बन्धित व्यक्तिलाई बोलाएर सम्पर्क गराइन्थ्यो । यसरी क्रमिक रूपमा प्रविधिसँग जुध्दै नयाँ–नयाँ प्रविधिहरू थपिँदै जान्थे ।
समय र परिस्थितिसँगै हरेक मानिस टेलिभिजनको राम्रो बजारीकरणसँगै सहरमा बस्ने मानिसहरूको घरघरमा टेलिभिजन हुन्थ्यो । त्यससँगै सिडी, डीभीडी, एम्पिथ्रीलगायतका सामग्रीहरू व्यापक रूपमा बजारमा आउन थाले र सबैको पहुँच हुन पुग्यो भने गाउँगाउँमा विद्युत्को आपूर्ति सा¥है नाजुक अथवा विस्तार हुन नसक्दा कति सञ्चारका साधनबाट वञ्चित हुनपरेको पनि सूचना तथा समाचारमा थाहा पाउन सकिन्छ । अहिले धेरैजसो गाउँमा विकासको पूर्वाधार पुगिसक्यो भने नेपालको मध्यपश्चिम, सुदूर पश्चिमको उत्तरी भागमा अझै सरल रूपमा विकासका पूर्वाधार पुग्न सकेका छैनन् ।
गाउँमा मानिसहरूको एउटा छुटै किसिमको युनिटी थियो । चियापसल, हाटबजारलगायत ठाउँहरूमा एक–आपसमा सूचना आदानप्रदान गर्थे । भौगोलिक अवस्थाका कारणले गर्दा पनि हरेक गाउँको पहाडहरूमा पर्याप्त रूपमा यातायातको सुविधा थिएन, मानिसहरू घण्टौंसम्म हिँडेर गन्तव्यसम्म पुग्थे भने आज सबै ठाउँमा यातायात पुगेको होला भन्ने अनुमान गर्न सकिन्छ ।
समयको मागसँगै मानिसहरूले घरघरमा पत्रपत्रिका पढ्न थाले । त्यसपछि मानिसहरूको समयको मागसँगै मोबाइल फोनको व्यापकता बढ्न थाल्यो । मानिसहरू त्यतिबेला मोबाइल भन्नासाथ के हो ? कसरी फोन गर्ने ? कसरी चलाउने भन्ने गुनासाहरू गर्ने गर्थे । परिवर्तन अनि प्रविधिको विकाससँगै मानिसको आर्थिक वृद्धिदर पनि बढ्दै गयो र विभिन्न प्रविधिका महँगा मोबाइल मानिसहरूले बोक्न थाले ।
मोबाइलभित्र हरेक किसिमका सञ्चारका सुविधासहित एपहरू रहेका छन् भने विभिन्न बिजनेस व्यवसायमा मोबाइल अति आवश्यक हुँदै गयो ।
प्रविधिको विकाससँगै मोबाइलले सर्वसाधारणको जीवनमा आमूल परिवर्तन ल्याइदियो । अहिले हरेक मानिसको मन–मस्तिष्कमा मोबाइलको प्रयोग हुन थालेको छ भने यसले साना–ठूला व्यवसायीलगायत आर्थिक वृद्धिदरको मुख्य बिन्दु नै मोवाइल फोनले बनाइदियो । वाइफाइ, सामाजिक सन्जाल, युट्युब जिमेललगायत महŒवपूर्ण एपहरू व्यावसायिक दुनियाँमा अपरिहार्य बन्यो । मोबाइल र इन्टरनेट र सञ्चार प्रविधिको विकासले हरेक मानिसको व्यावसायिक दुनियाँमा कोसेढुङ्गा सावित गरिदियो ।


सातामा धेरै पढिएको