कारोबार संवाददाता
आइतवार, आश्विन २८, २०७५
1053

मुलुकभर बलियो सञ्जाल रहेको नेपाल उद्योग वाणिज्य महासंघ सरकारको बलियो साझेदार र गैरआवासीय नेपालीहरूको स्थानीय महत्वपूर्ण सहयोगी पनि हो ।

काठमाडौंमा अहिले गैरआवासीय नेपाली संघद्वारा आयोजित विश्व ज्ञान सम्मेलन भइरहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकारको संयुक्त आयोजनामा भैरहेको सम्मेलनमा स्वदेशी, विदेशी र विश्वभर छरिरहेका नेपाली विज्ञहरूको सहभागितामा विविध विषयमा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा नेपालको विज्ञान तथा प्रविधि नीति र प्राविधिक जनशक्तिको अवस्था, आर्थिक विकासको मार्ग, उपयुक्त नीति एवं प्रविधिको खोजी र लगानीबारे बहस गरिरहेको छ । कृषि उत्पादन र ऊर्जामा स्वनिर्भरता, सुरक्षित खाद्य, वातावरणीय प्रदूषण न्यूनीकरण, व्यवस्थित सहरको विकास, पूर्वाधार निर्माण, जलविद्युत्, व्यावसायिक शिक्षा, स्वास्थ्यजस्ता विकास प्राथमिकतासम्बन्धी कार्यपत्र प्रस्तुत भएका छन् । हामीजस्तै परिवेश भएका तर छोटो समयमा विकासको फड्को मारेका देशका विज्ञहरूको अनुभवसमेत ज्ञान सम्मेलनमा राखिएको छ ।
४ सयभन्दा बढीको सहभागितामा १९ वटा छलफल मार्फत १ सय ६० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । ती सत्रमा ८० जना विज्ञको टिप्पणी हुने र टिप्पणीकर्तामध्ये १० जना विदेशी विज्ञ हुने कुरासमेत आएको छ । सम्मेलनको अन्त्यमा आएको निष्कर्षसहितको श्वेतपत्र सरकारलाई बुझाउने कार्यक्रम रहेको र यस्तै सम्मेलन हरेक दुई–दुई वर्षमा आयोजना गर्ने आयोजकले प्रतिबद्धतासमेत जनाएका छन् । सम्मेलनले सरकारको समृद्धिको सपनालाई सहयोग पुराउने महत्वपूर्ण लक्ष्य राखेको छ ।

स्थापनाकालमा ३२ मुलुकमा संगठन विस्तार रहेको गैरआवासीय नेपाली संघ अहिले ७९ मुलुकमा विस्तार भएको छ । यो अहिले नेपालीको सबैभन्दा ठूलो र लोभलाग्दो संगठनका रूपमा स्थापित भएको छ । पहिलो पुस्ताका अगुवाले संघको परिकल्पना मात्र गरेका थिए भने यसमा आज करिब ३ पुस्ता आबद्ध भइसकेका छन् । विश्वभरका नेपालीहरू यो अभियानमा कुनै न कुनै रूपमा जोडिएका छन् । दक्ष गैरआवासीय नेपालीको पहिचान गर्दै उनीहरूको ज्ञान र सीपलाई कसरी स्वदेशको समृद्धिमा सदुपयोग गर्न सकिन्छ भन्ने प्रश्नको खोजीमा सम्मेलन केन्द्रित भएको थियो ।
हामी सबैलाई थाहा छ, मुलुकको अवस्थाका बारेमा । स्वयम् गैरआवासीय नेपालीहरू पनि यो अवस्थाप्रति अत्यन्त चिन्तित छन् । सरकार स्थिर छ, तर दरिलो रूपमा अगाडि बढ्न सकेको छैन । जनताका अपेक्षा धेरै छन्, ती अपेक्षालाई पूरा गर्न सरकार युद्धस्तरमा विकासको मैदानमा उत्रनुपर्नेमा यद्यपि धिमा गतिमै छ । आर्थिक विकासका सूचकहरू पनि सकारात्मक छैनन् । विषयगत क्षेत्रमा अन्तर्राष्ट्रिय एजेन्सीहरूले गरेका सर्वेक्षणहरूमा केही सकारात्मक परिवर्तनका संकेत देखिए पनि व्यावहारिक रूपमा त्यसको आभास हुन नसकेको धारणा आर्थिक क्षेत्रका जानकारहरू र उद्यमी व्यवसायीहरूको छ ।
यसै पृष्ठभूमिमा राजधानीमा यति महत्वपूर्ण कार्यक्रम आयोजना हु“दा केही यक्ष प्रश्न भने राख्नैपर्छ । गैरआवासीय नेपालीहरूलाई संगठित गर्ने एउटा महत्वपूर्ण पक्षलाई कार्यक्रममा चटक्कै बिर्सिएको महसुस हिजोको मुख्य कार्यक्रममा भयो । यसले कताकता मन चसक्क पनि हुन्छ । आजभन्दा १५ वर्षअगाडि विश्वभर छरिएर रहेका नेपालीलाई संगठित गरी मुलुक निर्माणमा एकत्रित गर्ने अभियानमा जुटेको तीनवटा महत्वपूर्ण पक्ष भनेको पहिलो गैरआवासीय नेपाली अभियानका अभियानकर्ताहरू, दोस्रो नेपाली निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र तेस्रो नेपाल सरकार नै हो ।
यो अभियानलाई एकत्रित गर्ने र संगठित रूप दिनेमा विदेशमा बसेर विभिन्न पेसा–व्यवसायमा आफूलाई स्थापित गरेका डा. उपेन्द्र महतो, जीवा लामिछाने, भीम उदास, राम थापाजस्ता अग्रजहरू, नेपालमा रहेर निजी क्षेत्रका तर्फबाट अहोरात्र खटेर सहयोग गर्नेमा महासंघका तत्कालीन नेतृत्वहरू विनोदबहादुर श्रेष्ठ, चण्डिराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य र महासंघका वर्तमान पदाधिकारीका पनि केही सदस्यहरू हुनुहुन्थ्यो । आज गैरआवासीय नेपाली संघले जुन प्रकारले एउटा उचाइ लिएको छ त्यसबाट सबैभन्दा धेरै खुसी हुने कोही छ भने त्यो नेपाल उद्योग वाणिज्य महासंघ नै हुन्छ, किनकि यस संस्थास“ग महासंघको भावनात्मक सम्बन्ध जोडिएको छ र महासंघका प्रत्येक सदस्यले कुनै न कुनै रूपमा यस संस्थाको विकासमा इ“टा थप्ने कार्य गरेका छन् । संस्थालाई वैधानिक रूपमा स्थापित गराउन, संविधानमा यसको महत्व स्थापित गराउन, नेपालमा गैरआवासीय नेपालीको लगानी भिœयाउने वातावरण बनाउन महासंघले महत्वपूर्ण सहयोग गरि नै रह्यो । अघिल्लो सालसम्म महासंघकै सचिवालयमा सचिवालय सञ्चालन गरेको गैरआवासीय नेपाली संघले यसपटक यति ठूलो कार्यक्रम आयोजना गर्दा किन महासंघलाई साथमा लान सकेन ? त्यसको यथार्थता बाहिर आउला । मुलुकभर बलियो सञ्जाल रहेको महासंघ सरकारको बलियो साझेदार र गैरआवासीय नेपालीहरूको स्थानीय महत्वपूर्ण सहयोगी पनि हो । यसलाई कसैले पनि भुल्न हु“दैन भन्नेमा हाम्रो जोड छ ।
अर्को खासगरी हिजोको ज्ञान सम्मेलनको समुद्घाटन समारोहमा केही गैरआवासीय नेपालीहरूको भनाइलाई सरकारले गहन रूपमा लिनुपर्ने थियोे, त्यो लिन नसकेको आभास उपस्थित अधिकांशले गरे ।
जापानको चुकुवा विश्वविद्यालयका प्राध्यापक डा. कमल लामिछानेले हामी सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई आफ्नो ज्ञान, सीप र अनुभवमार्फत सफल पार्न यहा“ आएका हौं । यो अथाह ज्ञान र सीपको उपयोग गरी मुलुक निर्माणमा भरपुर सदुपयोग गर्न सरकारलाई आग्रह गर्छु भन्नुभयो । जापानले गरेको विकासको इतिहास प्रस्तुत गर्दै इतिहासमा जापान सरकारले आफ्नो देशको विकासका लागि बाह्य देशबाट विज्ञहरू लगेर उनीहरूबाट ज्ञान र सीप लिएर जापानको विकास गरेको उदाहरण दिनुभयो, जुन अति मर्मस्पर्शी थियो । संघका संरक्षक पूर्वअध्यक्ष उपेन्द्र महतोले ‘संसारका कुनै पनि देश विदेशीले बनाइदिँदैनन । देश विकासका लागि हाम्रो कर्तव्य सुरु भइसकेको बताउनुभयो ।
तर, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले उही संविधानका कुरा, सरकारका थोत्रा कुरा, सम्भाव्यताका कुराबाहेक केही दिएको आभाश हुन सकेन । यो लेभलको कार्यक्रम सरकारको खर्चमा मात्र गर्ने हो भने सम्भव थिएन र एनआरएन स्वयम्ले हामी सरकारलाई पु“जी मात्र होइन; ज्ञान, सीप र अनुभवसमेत दिन्छौँ भनेर स्वतःस्र्फूत रूपमा आई यति ठूलो कार्यक्रम गर्नु यो सानोतिनो कुरा होइन । यस्तो कार्यक्रमलाई सरकारले जुन रूपमा लिनुपथ्र्यो, त्यो रूपमा लिन नसकेकै हो । यसलाई प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको गम्भीरताले पुष्टि गर्छ । मुलुकको प्रधानमन्त्री जस्तो गरिमामय पदबाट कार्यक्रममा म अंग्रेजीमा भाषण दिउ“m कि नेपालीमा भन्नु यो बौद्धिक व्यक्तित्वहरूले भरिएको सभामा सुहाएन । भाषा ठूलो कुरा होइन । गैरआवासीय नेपालीहरूको त्यो सभा हाम्रो पहिचान हो, नेपालको पहिचान हो । नेपालको विकासका लागि सच्चा मन लिएर आउनेहरूको भेला हो । अंग्रेजी नजान्ने र नबोल्ने त्यहा“ कोही थिएनन् र नेपाली नबुझ्ने पनि थिएनन् । सरकार प्रमुखजस्तो व्यक्तित्वबाट राष्ट्र भाषामा सम्बोधन हुनुपथ्र्यो । त्यसमा प्रधानमन्त्री चुक्नुभएको आभास भयो ।
अर्को महत्वपूर्ण कुरा, त्यहाँ भाषाभन्दा पनि त्यो वर्गले सरकारबाट, गैरआवासीय नेपालीले गरेका अपेक्षालाई सम्बोधन खोजेको थियो, न कि थोत्रा भाषण । शेष घलेले सरकारका समयबद्ध विकासका आयोजनाको प्रतिबद्धता चाहनुभएको थियो, काठमाडौंको ट्राफिक व्यवस्थापन गर्छु भन्ने प्रतिबद्धता चाहनुभएको थियो । कमल लामिछानेले सम्मेलनबाट आउने निष्कर्षलाई सरकारले राष्ट्रिय योजना आयोग, एनआरएन र निजी क्षेत्रको समेत सहभागितामा एउटा कार्यदल गठन गरी तुरुन्त कार्यान्वयनमा लैजाने प्रतिबद्धता खोज्नुभएको थियो भने डा. महतोले हामी अबको ५–१० वर्षभित्र देशलाई विकासको यो अवस्थासम्म पुराउछौं भन्ने प्रतिबद्धता खोज्नुभएको थियो । पा“च मिनेटमा सरकारको प्रतिबद्धता राख्न सकिनेमा लगभग ४५ मिनेट अंग्रेजीको पट्यारिलो भाषण सुनाउन प्रधानमन्त्री पछि पर्नुभएन । यतिसम्म पनि देखिएको कि प्रधानमन्त्रीको भाषण सुनेर दिक्क भएको भरिभराउ सभामा उहा“को भाषण सकिनेबित्तिकै केही मानिसले बल्ल फ्रेस भइयो भनेको समेत सुनियो । यस्ता कुरामा समेत प्रधानमन्त्रीज्यू चनाखो हुनैपर्छ ।
सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सफल पार्न निकै ठूलो लगानी आवश्यक पर्छ । त्यसका लागि लगभग ८ देखि १० विलियन अमेरिकी डलर थप लगानी गर्नुपर्ने सरकारबाटै आएको छ । अर्को कुरा, सरकारबाट नियुक्त राजदूतहरूमा केवल जागिरे मानसिकता बढी भयो र उनीहरू कार्यरत देशमा मुलुकको प्रवद्र्धन तथा लगानी आकर्षणमा कुनै भूमिका निर्वाह हुन नसकेको गुनासो आइरहेको सन्दर्भमा गैरआवासीय नेपाली समुदाय एउटा त्यस्तो सशक्त र प्रभावकारी माध्यम हुन सक्छ । मुलुकका लागि आवश्यक बाह्य लगानी जुटाउन मुलुकको प्रवद्र्धन गर्न, प्रविधि, अनुभव, ज्ञान, सीप तथा बाह्य लगानी आकर्षण गर्नसमेत एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यस्तो वर्गलाई मुलुकको समृद्धिको अभियानमास“गै लैजान सरकार कुनै पनि हालतमा चुक्नु हु“दैन । अब सरकारले कुनै पनि कुरालाई हल्का रूपमा लिने बेला छैन ।
यो ज्ञान सम्मेलन मुलुक निर्माणका लागि मार्गनिर्देश गर्ने अभियान हुन सक्छ । यसबाट आउने सुझावहरू मुलुक परिवर्तनका लागि वाणी हुन सक्छन् । हाम्रो पछौटेपनको अन्त्य गर्ने ऐतिहासिक मोड हुन सक्छ । मुलुकभित्र विकासको लहर फुटाउने र हाम्रा युवाहरूलाई बिदेसिनबाट रोक्ने सूत्र हुन सक्छ । तसर्थ यो कार्यक्रमलाई केवल दसैंको शुभकामना आदान–प्रदान गर्ने कार्यक्रमका रूपमा मात्र सरकारले नहेरोस् भन्ने आज आमनेपालीको अन्तर्मनको चाहना छ । सम्मेलनबाट आउने निष्कर्षलाई कार्यान्वयनमा लैजान निष्कर्ष प्रस्तुत भएकै दिन एउटा कार्यदल गठन गरी सरकारले तत्काल आफ्नो प्रतिबद्धता, इमान्दारिता र विश्वाससमेत दिलाओस् । यसमा सरकारलाई निरन्तर दबाब दिन गैरआवासीय नेपाली र नेपाली निजी क्षेत्रले भूमिका खेलोस् । सम्मेलनको पूर्ण सफलताका लागि शुभकामना ।
-विदुरचन्द्र लामिछाने