सागर परियार
सोमवार, जेठ १२, २०७७

कर्णाली प्रदेशमा कोरोना भाईरस संक्रमितको संख्या ११ पुगेको छ । कर्णालीमै पहिलो संक्रमित फेला परेको दैलेख जिल्लामा सोमबार थप ७ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भए संगै कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुगेको हो । ५ जना अघिल्लो र ७ जना सोमबार गरी ११ जना संक्रमित भएको कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

838
दिलबहादुर केसी
सोमवार, जेठ १२, २०७७

रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेर फर्किएका ९६ जनालाई दोलखाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) महामारीबाट बच्न घर फर्केकाहरुलाई स्थानीय तहले क्वारेन्टाइनमा राखेका हुन् । संघीय सरकारको विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने योजनाअनुरुप दोलखाका स्थानीय तहले भारतमा रहेका दोलखालीलाई ल्याएर आफूले निर्माण गरेको क्वारेन्टाइनमा राखेका हुन् ।

658
कारोबार संवाददाता
सोमवार, जेठ १२, २०७७

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ ।

441
कारोबार संवाददाता
आइतवार, जेठ ११, २०७७

प्रदेश–१ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण हुने भएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजना स्वीकृतसमेत गरेको छ ।

376
मनिषा चम्लागाईँ
बिहिवार, जेठ ८, २०७७

कोरोना भाइरस नियन्त्रण र उपचारका लागि झापामा पीसीआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल तत्काल सञ्चालनका लागि पहल गरिने भएको छ । जिल्लास्तरीय कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलसहित झापाका मुख्य राजनीतिक दलका प्रमुखहरुबीच बिहीवार बिर्तामोडमा भएको छलफलमा त्यस्तो निष्कर्ष निकालिएको हो ।

847
सागर परियार
बिहिवार, जेठ ८, २०७७

फैलिदो कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण रोकथाम गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ठुलो भुमिका खेल्दै आएको छ । संघीय सरकारदेखि कर्णाली प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण गर्नका लागि जुम्ला अस्पताललाई महत्वपूर्ण जिम्मेवारी पनि दिएको छ ।

394
राजेन्द्र बस्नेत
बिहिवार, जेठ ८, २०७७

उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाँउपालिका वडा नं. ४ स्थित गुम्दी स्वास्थ्य चौकी प्रमुखका ३ वर्षे नातिमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकी अनिश्चितकालका लागि सिल गरिएको छ । विहीवार वसेको जिल्ला सुरक्षा सममितिको बैठकले स्वास्थ्य संस्था सिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए ।

1932
सागर परियार
बिहिवार, जेठ ८, २०७७

कर्णालीका तीन जिल्लाबाट १ हजार ७ सय ५३ जनाको स्वाब जुम्ला ल्याइएको छ । कालिकोट, मुगु र हुम्लाका १७ सय ५३ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि जुम्ला ल्याइएको हो । प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावल र रजिष्टार विश्वराज काफ्ललेको टोलीले हवाईमार्गबाट तीन जिल्लाको स्वाब जुम्ला ल्याएको छ ।

396
कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७

तुलसीपुरकी महिला उद्यमी ज्ञानुमाया भण्डारीलाई स्यानिटाइजर बनाउन भ्याइनभ्याई छ । तुलसीपुरमा सुरु भएको स्यानिटाइजर उत्पादन कार्यमा उनी जस्तै ५० स्वयंसेवक काम गरिरहेका छन् । “लकडाउनको पट्यारलाग्दो समयमा सीप सिक्न पाउनु ठूलो अवसर हो,” भण्डारीले भनिन्, “यसले एकातिर क्षमता विकास गर्न सघाएको छ भने अर्कोतर्फ समाजसेवा पनि गर्ने अवसर जुरेको छ ।”

482
कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ । केही सञ्चारमाध्यमममा पिसिआर विधिबाट परीक्षण गराउँदा रु. १५ हजार तोकेको भन्ने समाचार आएपछि मन्त्रालयले शुल्क नतोकिएको जानकारी गराएको हो । मन्त्रालयका आइसिएस कोर्डिनेटर डा गुणराज लोहनीले विज्ञप्ति जारी गर्दै कोभिड १९ को परीक्षणको दायरा बढाउन सार्वजनिक स्वास्थ्य संस्थालाई पिसिआरबाट परीक्षण गर्न दिने भएता पनि शुल्क नतोकिएको जानकारी दिए ।

447
कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७

गण्डकी प्रदेशका सांसदहरुको बुधबारदेखि कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न सुरु गरिएको छ । बुधबार प्रदेश सभाको परिसरमा भएको स्वाब परीक्षणमा सांसद, कर्मचारी, सुरक्षाकर्मी, पिएसओ र केही चालक गरी १ सय १२ जनाको स्वाब संकलन गरिएको गण्डकी प्रदेश सचिवालयका निमित्त सचिव राजन न्यौपानेले बताए ।

551
लक्ष्मण ढुंगाना
बिहिवार, जेठ ८, २०७७

बाँकेमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भिडियो पत्रकार सम्मेलनमा जिल्लाको नरैनापुर का ५ जना र खजुराका १ जना गरी ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बुधबार संक्रमण पुष्टि भएकाहरुमध्ये जेठ ५ गते खजुराबाट ३ जनाको नमूना लिएकोमा १ जना पोजेटिभ भेटिएको हो भने नरैनापुरको नमूना प्रावि मोतिपुर क्वारेन्टाईनबाट ९६ जनाको नमूना लिईएकोमा ५ जनामा संक्रमण भएको पाईएको हो । यो संगै बाँकेमा कुल संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

373
कारोबार संवाददाता
बुधवार, जेठ ७, २०७७

नेपाल पत्रकार महासंघको कार्यालय सञ्चारग्राम तिलगंगामा सञ्चारकर्मीको पीसीआर परीक्षण गर्दै स्वास्थ्यकर्मी ।

433
डा. प्रकाशकुमार श्रेष्ठ
बुधवार, जेठ ७, २०७७

कास्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले पत्रकारहरुको कोरोना परीक्षणको लागि स्वाब संकलन गरेको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा पोलिमर चेन रियाक्सन (पिसीआर) परीक्षणको लागि स्वाब संकलन भएको हो ।

421
कारोबार संवाददाता
बुधवार, जेठ ७, २०७७

कञ्चनपुरको महेन्द्रनगर सदरमुकाम स्थित महाकाली अस्पतालमा पाँच दशकपछि आफ्नै फार्मेसी स्थापना गरिएको छ । अस्पताल स्थापनको करिब साढे पाँच दशक पछि मंगलवार बाट अस्पतालले आफ्नै फार्मेसी स्थापना गरेको हो । २०२० मा स्वास्थ्य केन्द्र, २०३३ मा जिल्ला अस्पताल, २०४३ मा अञ्चल, २०६१ मा सय वेडको बिस्तार र २०७५ सालमा सुदूरपश्चिम प्रादेशिक अस्पतालका रुपमा स्तरवृद्धि गरिएपनि अहिले आएर ५७ वर्ष पछिमात्रै आफ्नो फार्मेसी सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको निति अनुरुप हरेक सरकारी अस्पतालमा आफ्नै फार्मेसी राख्ने निर्णय भएपछि महाकालीले पनि आफ्नै फार्मेसी स्थापना गरेको हो ।

322

सातामा धेरै पढिएको