कारोबार संवाददाता
सोमवार, जेठ २६, २०७७

मुगुस्थित खत्याड गाउँपालिकाले तरकारी फलाउने प्लास्टिकको पालमा क्वारेन्टाइन बनाई स्थानीयलाई राखेको समाचार प्रकाशन भएपछि उनीहरुलाई विद्यालयको भवनमा सारिएको छ ।

308
कारोबार संवाददाता
सोमवार, जेठ २६, २०७७

बाँकेमा कोरोना जितेर शुक्रबार १३ जना घर फर्केका छन् । नेपालगन्जको लायन्स डेन्टल अस्पतालबाट नरैनापुरका १२ जना र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट नेपालगन्जका १ जना कोरोना जितेर घर फर्किएका हुन् ।

368
राजेन्द्र बस्नेत
सोमवार, जेठ २६, २०७७

भारतबाट आएर क्वारेन्टाइनमा बसेका धादिङका १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्ला सदरमुकाम स्थित नीलकण्ठ माविमा संचालन गरिएको क्वारेटीनमा रहेकाहरुमा कोरोना पुष्टि भएको हो ।

537
कारोबार संवाददाता
सोमवार, जेठ २६, २०७७

कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक सातासम्म जिल्लाहरूबाट कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाब नपठनउन भनेको छ । कणाली प्रदेशका जिल्लाहरूमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि प्रतिष्ठानमा परीक्षणका लागि स्वाबलाइनमा राख्नुपर्ने अवस्था सिर्जना भएकाले तत्कालका लागि एक सातासम्म अरू स्वाब नपठाउन जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयहरूलाई भनिएको हो ।

330
कारोबार संवाददाता
सोमवार, जेठ २६, २०७७

धादिङकी थप एक जना महिलालाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएसँगै कोरोना भाइरस पोजेटिभ हुनेको संख्या ५ पुगेको छ । धुनिबेसी नगरपालिका–३ की एक महिलालाई कोरोना भाइरस पुष्टि भएपछि बेलडाँडा सिल गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जेठ २२ देखि ३२ गतेसम्म संक्रमण रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐनको दफा ६ को उपदफा २ बमोजिम पूर्वमा चापे खोला, पश्चिममा भालुवा खोला उत्तरमा सेढाईं गाउँ र दक्षिणमा महेशखोला सिल गरिएको छ ।

346
कारोबार संवाददाता
आइतवार, जेठ २५, २०७७

कास्कीमा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कास्कीमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।

214
कारोबार संवाददाता
सोमवार, जेठ २६, २०७७

गोरखा अस्पतालमा भेन्टिलेटर सहितको आईसियू सेवा सुरु भएको छ । अस्पतालमा भेन्टिलेटर सहित आईसियू सेवाका लागि सबै उपकरण जडान गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । कोरोना संक्रमणका गम्भिर बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । जिल्लामा त्यसखालको संक्रमण भएका बिरामीलाई उपचार सेवा दिन सक्ने गरि गोरखा अस्पतालमा दुई बेडको आईसियू सञ्चालनमा ल्याएको उनको भनाई छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकार मार्फत उपलब्ध गराएको १ करोड रुपैयाँबाट आबश्यक उपकरण खरिद गरी आइसियू सेवा सुरु गरेको सूचना अधिकारी ढकालले बताए ।

333
कारोबार संवाददाता
आइतवार, जेठ २५, २०७७

कोभिड– १९ बाट सिर्जित जोखिमका बीच आइतबार (आज) विश्व खाद्य स्वच्छता दिवस ‘खाद्य पदार्थमा स्वच्छता : हामी सबैको प्रतिबद्धता’ मूल नाराका साथ मनाइँदैछ । दिवसको पूर्वसन्ध्यामा शनिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको कार्यक्रममा सहभागी विज्ञले कोभिड–१९ को सक्रमणको जोखिमबाट बच्न सुरक्षित र गुणस्तरीय भान्साका आवश्यक सुरक्षाका आवश्यक उपाय अपनाउन सुझाव दिए ।

401
राजेन्द्र बस्नेत
बुधवार, जेठ २१, २०७७

धादिङकी एक गर्भवती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सक्रमितको संख्या चार पुगेको छ । ती संक्रमित महिलाको गाउँ सिद्धलेक गाउँपालिका–५ को चिपिलिडाँडालाई बुधबार सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले जेठ २४ गते राति १२ बजेसम्म सिल गर्ने निर्णय गरेको छ । पूर्वमा गनगने चौतारो पश्चिममा चिप्लेडाँडा उत्तरमा सुकौरा खोला र दक्षिणमा आखले चौतारो चारकिल्ला तोकी सिल गरिएको छ ।

535
कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७

कालिकोटका १७ जना र बाजुराका एक जना दैलेखका एक जना गरी १९ जना कोरोना संक्रमितलाई तिलागुफा नगरपालिकामा रहेको क्वारेन्टाइनबाट उपचारका लागि जिल्ला सदरमुकाम मान्म ल्याइएको छ । जिल्ला सदरमुकामस्थित निर्माणाधीन एकीकृत भवनमा सुरक्षित राखेर उपचार गर्नका लागि उनीहरूको तिलागुफाबाट सदरमुकाम मान्म ल्याइएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए ।

456
कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७

नेपालमा मंगलबार कोरोना भाइरसका २८८ जना संक्रमित थपिएका छन् । देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा भएको परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यीमध्ये १८ जना महिला छन् भने बाँकी पुरुष ।

557
कारोबार संवाददाता
सोमवार, जेठ १९, २०७७

कोरोना संक्रमितलाई राखेर उपचार गराउन थालेपछि बन्द भएको नारायणी अस्पतालमा आइतबारदेखि साधारणतर्फको उपचार सेवा शुरु गरिएको छ । कोभिड १९ का संक्रमितहरुका लागि आईशोलेसन बनाएपछि बन्द भएको नारायणी अस्पतालबाट दिईने अन्य बिरामीका उपचार सेवाहरु मध्य आईतबारदेखि डाईलासिस सेवा शुरु भएको हो ।

472
कारोबार संवाददाता
सोमवार, जेठ १९, २०७७

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना रोकथाम नियन्त्रणमा सरकारले आवश्यक तयारी नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै बन्दाबन्दी र कोरोनाको प्रभावकारी नियन्त्रणमा सरकार गम्भीर नबनेको भन्दै ध्यानाकर्षण गराएको हो । प्रतिष्ठानले विज्ञहरूको वृहत समूहहरू बीच गरेको अनलाईन छलफल तथा विमर्शबाट कोभिडको विरूद्धमा सरकारले चालेका उपाय अपुग छ भन्ने निष्कर्षसमेत निकालेको छ ।

571
कारोबार संवाददाता
सोमवार, जेठ १९, २०७७

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएईमा १ जना, युकेमा १ जना १, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको यो साता ज्यान गएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका

553
प्रकाश लम्साल
आइतवार, जेठ १८, २०७७

भारतबाट स्थानीयहरु फर्किन थाले पछि बारा जिल्लाका वडा कार्यालयहरुले संक्रमण रोक्न आफै क्वारेन्टाईन निर्माण गर्न थालेका छन् । नगरले संचालन गरेको कोरोना अस्पतालमा स्थान अभाब र भारतबाट झण्डै तीन लाख नेपालीले तत्काल नेपाल आउन चाहेको सरकारले जनाए संगै जितपुर सिमरा उपमहानगरको वडा नम्बर चार औराहले जिल्लामै पहिलो पटक आफना वासीन्दाका लागी क्बनरेन्टाईन संचालनमा ल्याएको हो ।

541