कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५

गत असोजदेखि रोल्पामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको हो । यो कार्यक्रमबाट हालसम्म करिब १० हजार बढीले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भई सेवा लिएका बिमितहरू खुसी भएका स्वास्थ्य बिमा बोर्ड रोल्पाले जनाएको छ ।

1099
कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

शुक्लागण्डकी नपा–५ बेलचौतारामा रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई राष्ट्रियस्तरको बनाउन सबैको पहल आवश्यक रहेकोमा जोड दिइएको छ ।

1244
कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

ब्रेन ट्युमरबाट पीडित गोरखा नगरपालिकाकी १२ वर्षीया मनिका रानामगरको उपचारका लागि कोरिया, जापानलगायत अन्य देशमा कार्यरत नेपालीले २ लाख ६१ हजार ४ सय रुपैयाँ सहयोग गरेका छन् ।

1531
गोपाल संग्रौला
आइतवार, श्रावण २०, २०७५

खनिज तथा सूक्ष्म पोषकको कमीले हरेक वर्ष नेपालले चुकाउनु पर्ने मूल्य कुल गार्हस्थ उत्पादनको २ देखि ७ प्रतिशतसम्म हुने गरेको छ ।

1866
गोपाल संग्रौला
आइतवार, श्रावण २०, २०७५

सरकारले दिगो विकास लक्ष्य (एसडीजी) प्राप्तिका लागि चुनौती देखिने भएपछि ५ वर्षे दोस्रो वहुक्षेत्रीय पोषण योजनाको बजेट १५४ प्रतिशतले वृद्धि गरेको छ । पहिलो वहुक्षेत्रीय पोषण योजनाको बजेट १९ अर्ब २४ करोड रहेकोमा दोस्रो योजनामा १५४ प्रतिशत वृद्धि गरेर ४८ अर्ब ९० करोड रुपैयाँ पु-याएको हो ।

1239
रासस
बिहिवार, श्रावण १७, २०७५

राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् ।

1332
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदले संशोधन दर्ता गराएका छन् । 

1546
रासस
सोमवार, श्रावण १४, २०७५

स्वयम्भू डल्लुक्षेत्रका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ३७ वर्षअघि जनस्तरबाट स्थापित सामुदायिक स्वास्थ्य सेवा परिषद्को ‘ब्लक बी’ भवन विस्तार हुने भएको छ ।

2426
रासस
सोमवार, श्रावण १४, २०७५

उपत्यकाभित्रको चाँगुनारायण नगरपालिकाभित्र ५० वटा इँटाभट्टा र २६ वटा बालुवाखानी सञ्चालित छन् । ती भट्टाबाट निस्कने धुवाँ तथा खानीबाट निस्कने धुलोका कणले चाँगुनारायणका बासिन्दा एवं भक्तपुरका बासिन्दाको स्वास्थ्यमा कस्तो असर पुगेको होला ?

1404
कारोबार संवाददाता
आइतवार, श्रावण १३, २०७५

नेपालको चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिन आमरण अनशनमा बसेका प्रा.डा. गोविन्द केसीले आफ्ना माग पूरा हुने भएपछि बिहीबार राति अनसन तोडे ।

2567
कारोबार संवाददाता
शुक्रवार, श्रावण ११, २०७५

विष्णुपुर गाउँपालिका कार्यालयले सातवटै स्वास्थ्य चौकीका ३४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल प्रदान गरेको छ ।

1662
कारोबार संवाददाता
शुक्रवार, श्रावण ११, २०७५

चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकारबीच बिहीबार दिनभर वार्ता भए पनि सहमति हुन नसकेपनि अन्ततः बिहीबार राती अबेर सरकारले आमरण अनसनरत डा. गोविन्द केसीका सबै माग पुरा गर्ने गरी नौंबुँदे सहमति गरेको छ । यससँगै डा. केसीको २७ दिन लामो अनसन तोडिएको छ । चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सरकार मुल विषयबस्तुबाटै हटेपछि डा. केसी अनसन बसेका थिए । तर, सरकारले डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गर्ने सहमति गरेको छ ।

969
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

स्थानीय राँझास्थित नेपाली सेनाको चार बाहिनी ब्यारेकको हातामा सैनिक अस्पताल निर्माण गरिएको छ । सैनिक अस्पतालको नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार उद्घाटन गरे । सेनाको कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा १७ करोड २० लाखमा १६ महिनाको अवधिमा दुई तलाको ३० कोठे अस्पताल भवन निर्माण भएको हो ।

1742
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

डा. गोविन्द केसीको समर्थनमा अमेरिकाको डिसी क्षेत्रका नेपाली समुदायले ऐक्यबद्धता जनाएका छन् । उनीहरुले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गएर नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

1179
कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५

पूर्वराष्ट्रपति डा. रामवरण यादवले २४ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

1377