कारोबार संवाददाता
मंगलबार, असार २, २०७७

झापा जिल्ला रत्नमाई नगरपालिका स्थाई घर भएका उनी २ महिनाअघि चैनपुर आएको बताइएको छ । चैनपुर नगरपालिका–२ मयममा बस्दै आएका कार्कीलाई आकस्मिक ज्वरो आएपछि उनको सोमबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । चैनपुर प्राथमिक स्वास्थ्य केन्द्र स्थायी घर झापा जिल्ला रत्नमाई नगरपालिकामा शव लाने क्रममा स्थानीय संखुवासभाको प्रशासनले उनको शवलाई कोरोनाको आशंकामा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा राखेको जनाइएको छ ।

273
सागर परियार
मंगलबार, असार २, २०७७

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण मानव सभ्यता नै संकटमा छ । अधिकांश मान्छे कोरोना संक्रमण भन्दा त्रासकै कारण चिन्तामा छन् । मलाई समुदायमा कसरी हेर्ने हुन्, कस्तो व्यवहार गर्ने हुन् भन्ने मानसिक तनाव क्वारेन्टाईनमा बसेकालाई छ ।

710
सागर परियार
मंगलबार, असार २, २०७७

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण मानव सभ्यता नै संकटमा छ । अधिकांश मान्छे कोरोना संक्रमण भन्दा त्रासकै कारण चिन्तामा छन् । मलाई समुदायमा कसरी हेर्ने हुन्, कस्तो व्यवहार गर्ने हुन् भन्ने मानसिक तनाव क्वारेन्टाईनमा बसेकालाई छ ।

648
कारोबार संवाददाता
सोमवार, असार १, २०७७

सांसदहरुले शान्ति सुरक्षालाई चुस्त बनाउन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा आइतबारको बैठकको विशेष समयमा सांसदद्वय मातृकाप्रसाद यादव र जुलीकुमारी महतोले यही जेठ २७ गते राति धनुषाको सवैला नगरपालिकामा ट्याक्टर चालकले प्रहरी हिरासतमा आत्महत्या गरेको भन्ने घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरे ।

338
कारोबार संवाददाता
सोमवार, असार १, २०७७

कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आठ सातालगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस साता भने कोरोना भाइरसको संक्रमणले निधन भएन । एनआरएन, स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा उल्लेख्य कमी आएको छ ।

341
कारोबार संवाददाता
सोमवार, असार १, २०७७

विदेशबाट ल्याएर क्वारेन्टाइनमा राखिएका माडीका स्थानीयको पीसीआर परीक्षणका लागि स्वाब संकलन तीव्र पारिएको छ । आइतबार ७२ जनाको स्वाब संकलन गरिएको माडी नगरपालिकाले जनाएको छ ।

329
कारोबार संवाददाता
आइतवार, जेठ ३२, २०७७

धादिङ जिल्लामा शुक्रबार मात्र २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ज्वालामुखी गाउँपालिकामा २७ जना र सिद्धलेक गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको हो ।

848
कारोबार संवाददाता
आइतवार, जेठ ३२, २०७७

निजी अस्पतालले कोरानाको उपचार गर्न ईन्कार गरिरहेका बेला काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले कोरोना संक्रमितको सफल उपचारपछि डिस्चार्ज गरेको छ । १० दिनअघि पोखराबाट रेफर गरिएका ६० वर्षीय कोरोना संक्रमित पुरुषलाई १ हप्ता भेन्टिलेटरमा राखेर उपचार गरेको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले जानकारी दिए । अघिल्लो हप्ता हेलिकोप्टरबाट उपचारका लागि ह्याम्स अस्पताल ल्याईएका कास्कीका ति

1405
दीननाथ बराल
आइतवार, जेठ ३२, २०७७

पोखरा क्षेत्रसहित गण्डकी प्रदेशका बिरामीहरु यति वेला निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गर्न बाध्य भएका छन् । गण्डकी प्रदेशको ठूलो सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) पोखरालाई कोरोना सम्बन्धि उपचार गराउने डेडिकेटेड अस्पतालको रुपमा प्रयोग गरेसँगै उक्त अस्पताल आउने बिरामीको संख्या घटेसँगै उनीहरु निजी अस्पतालमा चर्को मूल्य तिर्न बाध्य भएका हुन् ।

515
गोपाल संग्रौला
आइतवार, जेठ ३२, २०७७

संसद्मा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको माग तथा देशैभर सडकमा युवाहरूको प्रदर्शनपछि सरकारले कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण, रोकथाम र उपचारमा तीन तहका सरकारले गरेको खर्च विवरण सार्वजनिक गरेको छ । तर, शनिबार सार्वजनिक भएको खर्च विवरणमा ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाको मात्रै परिमार्जित तथ्यांक सार्वजानिक भएको छ ।

674
कारोबार संवाददाता
शुक्रवार, जेठ ३०, २०७७

कोरोना भाइरस संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि लमजुङको क्होलोसोथर गाउँपालिकामा साढे ३७ लाख बढी रकम खर्च भएको जनाएको छ । कोभिड–१९ को संक्रमण जोखिम बढेसँगै पालिकाभित्र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका हालसम्म सञ्चालन गरिएका गतिविधिमा ३७ लाख ६७ हजार ३ सय ४६ रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको हो । गाउँपालिकाले उपलब्ध गराएको खर्च विवरणअनुसार हालसम्म सबैभन्दा धेरै कोरोना लक्षित औषधि स्वास्थ्य सामग्री खरिदका लागि ११ लाख ३१ हजार १ सय १३ रुपैयाँ खर्च भएको छ ।

430
कारोबार संवाददाता
शुक्रवार, जेठ ३०, २०७७

पोखराको राष्ट्र बैंक चोकदेखि शहीद चोकसम्म बिहीबार ११ देखि १२ बजेसम्म उनीहरुले ५ वटासम्म घेरा बनाएर विभिन्न नारा अंकित प्लेकार्डसहित मौन र शान्तिपूर्ण धर्ना दिएका हुन् । ‘असुरक्षित क्वारेन्टाइन बन्द गर, ‘प्रभावकारी स्वास्थ्य उपचारमा प्रत्येक नागरिकको अधिकार हो, ‘हेलो–हेलो सरकारले आवाज सुन्दैन लगायत नारा अंकित प्लेकार्ड प्रदर्शन गरिएको थियो । एक घण्टा धर्नापछि उनीहरुलाई प्रहरीले सो क्षेत्रबाट हटाएको थियो ।

407
राजेन्द्र बस्नेत
बिहिवार, जेठ २९, २०७७

पछिल्लो समय भारतबाट फर्किएर क्वारेन्टीनमा बसेका धादिङका नयाँ सात जनामा कोरोना भाइरस पुष्टि भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएकोे त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिए ।

733
प्रकाश लम्साल
बिहिवार, जेठ २९, २०७७

प्रदेश दुई सरकारले बाराको पथलैया रहेको प्रयोगविहीन स्वास्थ्य तालिम केन्द्रलाई ट्रमा अस्पताल बनाउने भएको छ । राजमार्गमा हुने दुर्घटनामा सामान्य घाइतेले समयमै उपचार नपाए पछि धेरैको ज्यान जाने गरको कारण प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा राष्ट्रिय राजमार्गसँगै जोडिएको पथलैयास्थित स्वास्थ्य तालिम केन्द्रलाई ट्रमा सेन्टर बनाइ प्रयोगमा ल्याउने भएको हो ।

550
कारोबार संवाददाता
बिहिवार, जेठ २९, २०७७

कोरोना भाइरस अर्थात् कोभिड–१९ संक्रमित बिरामीको परीक्षणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले पीसीआर मेसिन खरिद गर्ने भएको छ । नगरपालिकाले पश्चिमी सीमानाका गड्डाचौकीलाई व्यावहारिक रूपले खोलेपछि दिन प्रतिदिन नेपाल भित्रिने नेपाली नागरिकको संख्या बढ्ने भन्दै नगरका कोरोना संक्रमित बिरामीको परीक्षण दायरा बढाउन पीसीआर मेसिन किन्न लागेको हो । नगरपालिकाले खरिद ऐनबमोजिम ई–बिडिङमार्फत पीसीआर मेसिन खरिद गर्न लागेको छ । जिल्लाभरिका अरू स्थानीय तहभन्दा भीमदत्त नगरपालिकामा कोरोनाको जोखिम उच्च रहेकोमा नगरपालिकाले भारतबाट नेपाल आएका आफ्ना नगरवासीहरू मध्येबाट कोरोना संक्रमित बिरामीको छिटो चेकजाँचमा सहज बनाउन स्वरूप मेसिन खरिद गर्ने भएको छ ।

377