मकरराज धामी
मंगलबार, असार ९, २०७७

जिल्ला स्वास्थ्य कार्यालय बझाङले पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब पठाएको दुई साता बितिसक्दा रिपोर्ट आएको छैन जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका आरडिटी पोजेटिभ देखिएका र कोरोना संक्रमितहरूसँग सम्पर्क भएका व्यक्तिहरू स्वाब संकलन गरी प्रादेश जनस्वास्थ्य प्रयोगशाला धनगढी पठाएको थियो । जेठ २८ गते जिल्लाका विभिन्न क्वारेन्टाइनबाट संकलन गरिएका स्वाबको रिपोर्ट अझै आउन सकेको छैन । दुई साताअघि ७ सय ९२ जनाको स्वाब पठाइएकोमा ३ सय ९४ जनाको मात्रै रिपोर्ट आएको छ । अझै ३ सय ९८ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा एक मात्र प्रयोगशाला हुँदा रिपोर्ट आउनमा ढिलाइ हुने गरेको छ ।

451
कृञ्जला पुलामी
मंगलबार, असार ९, २०७७

सिन्धुलीका कोरोना संक्रमित तीन युवा निको भएर घर फर्किएका छन् । सिन्धुली अस्पतालमा उपचार गराइरहेका उनीहरू सोमबार घर फर्किएका हुन् ।

421
कारोबार संवाददाता
मंगलबार, असार ९, २०७७

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य उपकरण खरिद प्रकरणमा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग भएको निष्कर्ष निकालेको छ । समितिको सोमबारको बैठकमा सभापति भरतकुमार शाहले खरिद प्रक्रियामा विभागीय प्रमुखले नेतृत्व गर्नुपर्नेमा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग गरेको देखिएको बताए ।

283
कारोबार संवाददाता
आइतवार, असार ७, २०७७

विश्व महामारी कोभिड–१९ ले थला परेको बेला नेपालमा पनि कोरोना संक्रमितको संख्या निकै बढिरहेको समयमा यसको रोकथामका लागि मुगुको छायाँनाथ रारा नगरपालिकाको जिल्ला कारागार भवनमा रहेको प्रारम्भिक आइसोलेसन सेन्टरमा सरसफाइ सामग्रीसहित लैगिंकमैत्री शौचालय तथा स्नान घर निर्माण गरिएको छ ।

400
नीरज पिठाकोटे
आइतवार, असार ७, २०७७

वीरगन्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेसिनबाट चाँडै कोरोना परीक्षण सुरु हुने भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ तथा वीरगन्जका उद्योगी व्यवसायी तथा विभिन्न संघ–संस्था र पर्सेली नागरिकहरूको आर्थिक सहयोगमा खरिद गरिएको पीसीआर मेसिन शनिबार नारायणी अस्पताललाई महानगरपालिकाले हस्तान्तरण गरेसँगै अब यसको जडान गरेर परीक्षण छिट्टै सुरु गरिने भएको हो ।

368
कारोबार संवाददाता
आइतवार, असार ७, २०७७

गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएका छन् । गोरखा अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना गरिएका २४ जनामध्ये ८ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि गोरखा अस्पतालले बिदाइ कार्यक्रमसहित उनीहरूलाई डिस्चार्ज गरेको हो । उपचारपछि निको हुनेहरूमा पालुङटारका १, भीमसेन थापाका २, गण्डकी गाउँपालिकाका ४ तथा काभ्रे घरभै गण्डकी गाउँपालिकामै बस्दै आएका १ गरी ८ जना पुरुष छन् । उनीहरूको दोस्रो पटकको स्वाव परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएपछि १४ दिन फेरि होम क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

273
महेन्द्र सापकोटा
आइतवार, असार ७, २०७७

कर्णाली प्रदेशको दैलेखमा सवैभन्दा वढी कोरोना संक्रमित देखिएसँगै कोरोना परीक्षणका लागि पिसिआर मेसिन ल्याईएको छ । एक करोड ६ लाखको लागतमा शुक्रवार दैलेखमा पिसिआर मेशिन ल्याइएको हो । सरकारद्वारा कोरोनाको परीक्षणमा ढिलाई भएपछि दैलेख निर्वाचन क्षेत्र नं. १ को निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको रकमवाट पिसिआर मेशिन ल्याईएको दैलेख क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य रविन्द्रराज शर्माले वताए ।

372
कारोबार संवाददाता
आइतवार, असार ७, २०७७

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि पिसीआर किट हस्तान्तरण गरेको छ । एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत दुई हजार ५०० थान पिसीआर किट हस्तान्तरण गरेका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उक्त किट मन्त्री भट्टलाई स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहको उपस्थितिमा हस्तान्तरण गरिएको जनाइएको छ ।

309
कारोबार संवाददाता
आइतवार, असार ७, २०७७

बैतेश्वर गाउँपालिकाले १५ शैयाको अस्पताल संचालनमा ल्याएको छ । सहकारीमार्फत सञ्चालित अस्पताललाई बैतेश्वर गाउँपालिकाले व्यवस्थापन र सञ्चालन स्वामित्व लिएको हो । अस्पताल वडा नम्बर ५ मैनापोखरीमा रहेको छ । हिमालयन केयर ह्याण्डसले स्थापना गरी स्थानीय हिमालयन स्वास्थ्य सहकारी संस्थाद्वारा सञ्चालन गर्दै आएको थियो । हिमालयन हेन्स केयर अस्पताल गाउँपालिकालाई हस्तान्तरण गरिएपछि सोही अस्पताललाई बैतेश्वर अस्पताल नामाकरण गरी संचालनमा ल्याइएको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए ।

331
देवराज गुरुङ
शुक्रवार, असार ५, २०७७

चिल पखेटा आकारको घर । चिटिक्क परेको आँगन । बस्नका लागि गुन्द्री बिच्छ्याइएको छ । रातभरको झरिले भुइँ ओभाएको छैन । बिहानीको समय । खुलेको मौसम । आँखाले भ्याउन्जेल चारैतिर हरियाली देखिन्छ । आँगनकै डिलमा बाख्रा तथा कुखुराको खोर । मल पुगेर होला, हलक्क बढेको मकैको बोट । टुप्पोबाट निस्कन लागेको जमरा । भुइँ प्वाट्ट फोरेर निस्कन लागेको बासको तामाझैं मकैको आख्लामा च्यापिएको सुत्ला ।

511
कारोबार संवाददाता
शुक्रवार, असार ५, २०७७

वित्तीय क्षेत्रका विज्ञ एवं सरोकारवालाहरुले कोरोना भाइरसको महामारीका कारण यस क्षेत्रमा बढेको जोखिम व्यवस्थापनमा सम्पूर्ण पक्षले सचेततापूर्वक काम गर्नुपर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गरेको ‘म्यानेजिङ रिस्क एन्ड च्यालेन्जेज अफ फाइनान्सिएल सेक्टर (पोस्ट कोभिड प्यान्डेमिक’ विषयक छलफल कार्यक्रममा उनीहरूले कोरोनाका कारण अप्रत्यासित जोखिम सिर्जना गरेको भन्दै सम्पूर्ण पक्षले मिलेर काम गर्नुपर्ने उल्लेख गरे ।

365
कारोबार संवाददाता
बिहिवार, असार ४, २०७७

पूर्वी पहाडी जिल्लाहरूमा डाइलोसिस मेसिन नहुँदा बिरामीले तराईका अस्पतालमा पुग्नुपर्ने समस्या हट्ने भएको छ । रोटरी क्लब अफ धरानसँगको सहकार्यमा मेसिन जडान हुने भएपछि सो समस्या हट्ने भएको हो ।

402
कारोबार संवाददाता
बिहिवार, असार ४, २०७७

स्याङ्जाका पहिलो चरणका कोरोना संक्रमित चार जना निको भई घर फिर्ता भएका छन् । जेठ १३ र १४ गते पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पतालको आइसोलेसन र कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा उपचाररत चार जना निको भई घर फिर्ता भएका हुन् ।

442
कारोबार संवाददाता
बिहिवार, असार ४, २०७७

कोरोना संक्रमणको जोखिमसँगै भारत लगायत अन्य देशबाट आउनेहरुको क्रम बढेपछि लमजुङमा तयारी तिव्र पारिएको छ । जिल्लामा हालसम्म कोरोना संक्रमण नदेखिएपनि सम्भावित जोखिमपूर्व तयारी तिव्र पारिएको हो ।

439
कारोबार संवाददाता
बिहिवार, असार ४, २०७७

कोेभिड–१९ का कारणले बुधबार थप एक जनाको मृत्यु भएको छ । बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजापुर गाउँपालिकाका­६ की ४६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीसँगै कोभिड–१९ का कारणले मृत्यु हुनेको संख्या २० पुगेको छ ।

516