कारोबार संवाददाता
बिहिवार, असार ११, २०७७

अमेरिकाले नेपाली सेनालाई ४ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधबार जंगी अड्डामा आयोजिक एक कार्यक्रमका बीच नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

284
कारोबार संवाददाता
बिहिवार, असार ११, २०७७

खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टिनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो । मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टिनमा कति संख्यामा बनाउनेलगायतका विषयमा छलफल अघि बढाएको छ ।

272
कारोबार संवाददाता
बिहिवार, असार ११, २०७७

मुगुका पहिलो कोरोना संक्रमित युवाको दोस्रो परीक्षण गरिँदा नेगटिभ रिपोर्ट आएको छ । योसँगै कोरोना शून्य जिल्ला बनेको छ मुगु । जेठ २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परिक्षणमा मुगु जिल्ला खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ वर्षिय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणको पुष्टिसंगै उनी मुगुको पहिलो संक्रमित भएका थिए ।

380
सागर परियार
बुधवार, असार १०, २०७७

पछिल्लो जुम्लामा समयमा निकै कम हुँदै गएको भनिएको कोरोना संक्रमण फेरि बल्झिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा डयुटीमा खटिएका ४ जना स्वास्थ्यकर्मी र एकजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अहिले अस्पतालको इमरजन्सी सेवाबाहेक अन्य बन्द गरिएको छ । प्रतिष्ठानको फरक–फरक डिपार्टमेन्टमा काम गर्ने ४ जना कर्मचारीहरूमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए । मध्यरात ती स्वास्थ्यकर्मी र कर्मचारीहरूको समेत रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई आइसोलेसनमा राखिएको प्रतिष्ठानले जनाएको छ । एक हस्तादेखि १४ दिन निरन्तर काम गरिरहेका कर्मचारीहरूमा पोजेटिभ देखिएपछि अहिले अस्पताल क्षेत्रमा तरङ छाएको छ । समुदायमा पनि कोरोना फैलिएको आशंका गरिएको छ ।

303
कारोबार संवाददाता
बुधवार, असार १०, २०७७

कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणका कारण थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । दैलेखको दुल्लु नगरपालिका–३ घर भएका ४५ वर्षीय पुरुषको कोभिड–१९ को कारण मृत्यु भएको जानकारी मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइयो ।

408
कारोबार संवाददाता
मंगलबार, असार ९, २०७७

झापामा कोरोना भाइरस नियन्त्रण, उपचार र राहतका लागि झापामा नागरिक स्तरबाट एकका लागि एक अभियानमार्फत निर्वाह भएको भूमिकाको जिल्लास्थित राजनीतिक दलहरूले प्रशंसा गरेका छन् । मंगलबार बिर्तामोडमा भएको छलफलमा दलका नेता तथा स्थानीय प्रशासनका प्रतिनिधिले एकका लागि एक अभियानमार्फत भइरहेको कार्य नयाँ र नमुना भएको बताए ।

536
कारोबार संवाददाता
मंगलबार, असार ९, २०७७

धनकुटा कोरिया समाजले धनकुटामा करिब ५ लाखबराबरको कोरोना विरुद्धको स्वाथ्य सामग्री सहयोग गरेको छ । धनकुटा स्थायी बसोबास भएका र हाल रोजगारीको सिलसिलामा कोरिया रहेका धनकुटेलीहरूको समूहले धनकुटामा ४ लाख ८० हजार रुपैयाँबराबरको सहयोग गरेका हुन ।

259
मकरराज धामी
मंगलबार, असार ९, २०७७

जिल्ला स्वास्थ्य कार्यालय बझाङले पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब पठाएको दुई साता बितिसक्दा रिपोर्ट आएको छैन जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका आरडिटी पोजेटिभ देखिएका र कोरोना संक्रमितहरूसँग सम्पर्क भएका व्यक्तिहरू स्वाब संकलन गरी प्रादेश जनस्वास्थ्य प्रयोगशाला धनगढी पठाएको थियो । जेठ २८ गते जिल्लाका विभिन्न क्वारेन्टाइनबाट संकलन गरिएका स्वाबको रिपोर्ट अझै आउन सकेको छैन । दुई साताअघि ७ सय ९२ जनाको स्वाब पठाइएकोमा ३ सय ९४ जनाको मात्रै रिपोर्ट आएको छ । अझै ३ सय ९८ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा एक मात्र प्रयोगशाला हुँदा रिपोर्ट आउनमा ढिलाइ हुने गरेको छ ।

397
कृञ्जला पुलामी
मंगलबार, असार ९, २०७७

सिन्धुलीका कोरोना संक्रमित तीन युवा निको भएर घर फर्किएका छन् । सिन्धुली अस्पतालमा उपचार गराइरहेका उनीहरू सोमबार घर फर्किएका हुन् ।

372
कारोबार संवाददाता
मंगलबार, असार ९, २०७७

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य उपकरण खरिद प्रकरणमा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग भएको निष्कर्ष निकालेको छ । समितिको सोमबारको बैठकमा सभापति भरतकुमार शाहले खरिद प्रक्रियामा विभागीय प्रमुखले नेतृत्व गर्नुपर्नेमा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग गरेको देखिएको बताए ।

266
कारोबार संवाददाता
आइतवार, असार ७, २०७७

विश्व महामारी कोभिड–१९ ले थला परेको बेला नेपालमा पनि कोरोना संक्रमितको संख्या निकै बढिरहेको समयमा यसको रोकथामका लागि मुगुको छायाँनाथ रारा नगरपालिकाको जिल्ला कारागार भवनमा रहेको प्रारम्भिक आइसोलेसन सेन्टरमा सरसफाइ सामग्रीसहित लैगिंकमैत्री शौचालय तथा स्नान घर निर्माण गरिएको छ ।

369
नीरज पिठाकोटे
आइतवार, असार ७, २०७७

वीरगन्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेसिनबाट चाँडै कोरोना परीक्षण सुरु हुने भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ तथा वीरगन्जका उद्योगी व्यवसायी तथा विभिन्न संघ–संस्था र पर्सेली नागरिकहरूको आर्थिक सहयोगमा खरिद गरिएको पीसीआर मेसिन शनिबार नारायणी अस्पताललाई महानगरपालिकाले हस्तान्तरण गरेसँगै अब यसको जडान गरेर परीक्षण छिट्टै सुरु गरिने भएको हो ।

357
कारोबार संवाददाता
आइतवार, असार ७, २०७७

गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएका छन् । गोरखा अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना गरिएका २४ जनामध्ये ८ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि गोरखा अस्पतालले बिदाइ कार्यक्रमसहित उनीहरूलाई डिस्चार्ज गरेको हो । उपचारपछि निको हुनेहरूमा पालुङटारका १, भीमसेन थापाका २, गण्डकी गाउँपालिकाका ४ तथा काभ्रे घरभै गण्डकी गाउँपालिकामै बस्दै आएका १ गरी ८ जना पुरुष छन् । उनीहरूको दोस्रो पटकको स्वाव परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएपछि १४ दिन फेरि होम क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

261
महेन्द्र सापकोटा
आइतवार, असार ७, २०७७

कर्णाली प्रदेशको दैलेखमा सवैभन्दा वढी कोरोना संक्रमित देखिएसँगै कोरोना परीक्षणका लागि पिसिआर मेसिन ल्याईएको छ । एक करोड ६ लाखको लागतमा शुक्रवार दैलेखमा पिसिआर मेशिन ल्याइएको हो । सरकारद्वारा कोरोनाको परीक्षणमा ढिलाई भएपछि दैलेख निर्वाचन क्षेत्र नं. १ को निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको रकमवाट पिसिआर मेशिन ल्याईएको दैलेख क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य रविन्द्रराज शर्माले वताए ।

350
कारोबार संवाददाता
आइतवार, असार ७, २०७७

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि पिसीआर किट हस्तान्तरण गरेको छ । एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत दुई हजार ५०० थान पिसीआर किट हस्तान्तरण गरेका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उक्त किट मन्त्री भट्टलाई स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहको उपस्थितिमा हस्तान्तरण गरिएको जनाइएको छ ।

282