कारोबार संवाददाता
शुक्रवार, असार १२, २०७७

सांसदहरुले कोरोना महामारीको समयमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुव्र्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

264
कारोबार संवाददाता
शुक्रवार, असार १२, २०७७

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा आँधीखोला–१ का एकजना पुरुष र चितवनका ५० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १० गते राति मृत्यु भएको छ । त्यसैगरी पाँच महिनाअघि मृगौला प्रत्यारोपणका कारण फेरि नर्भिक अस्पताल भर्ना कोरोना देखिएपछि पाटन अस्पताल रिफर भएका थिए । उनको असार ११ गते बिहान ५ बजे मृत्यु भएको छ । हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

683
कारोबार संवाददाता
शुक्रवार, असार १२, २०७७

चारैतिर जीर्ण बनेको भवन । पुरानो खिया लागेर प्वाल परेको जस्ताको छानो । कतिबेला भत्किने हो थाहा छैन । पानी चुहिन्छ । तर, त्यही भवनबाट स्वास्थ्य जस्तो संवेदनशील काम भइरहन्छ । स्वास्थ्यकर्मीहरू जोखिम मोलेर काम गर्छन् । गाउँले सर्वसाधारणहरू सामान्य औषधि लिन पनि घण्टौं पालो कुर्छन् । यो ०७२ सालको महाभूकम्पले अति जीर्ण बनाएको षडानन्द नगरपालिका–१, नेपालेडाँडास्थित स्वास्थ्यचौकीको हविगत हो । जीर्ण भवनकै कारण दैनिक स्वास्थ्य सेवा प्रवाह गर्न समस्या छ । भवन भत्किने डरले सेवा दिने र लिने दुवैलाई जोखिमसँगै सावधानी अपनाउनुपर्ने बाध्यता छ ।

337
कारोबार संवाददाता
शुक्रवार, असार १२, २०७७

एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कनकाई नगरपालिका कोटिहोमस्थित समर्पण भवनमा कोरोना परीक्षणका लागि पीसीआर ल्याब सञ्चालनको गर्ने तयारी सुरु भएको छ । ल्याबको अनुमति, सञ्चालन तथा व्यवस्थापनका लागि प्रदेश सरकारले जिम्मेवारी लिएको छ । ल्याब स्थापनाका विषयमा प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले ल्याब सञ्चालनका लागि उक्त प्रतिबद्धता जनाएका छन् ।

310
कारोबार संवाददाता
शुक्रवार, असार १२, २०७७

चिकित्सकहरुले कोरोना नियन्त्रणको लागि सबै निकाय जिम्मेवार बन्नुपर्ने, परीक्षणको दायरा बढाउनुपर्ने र आम नागरिकले पनि आवश्यक नियम पालना गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले नेपालमा पछिल्लो समय कोरोनाको अवस्था कस्तो रहेको छ ? भन्ने र शुक्रराज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले के गरिरहेको छ ? भन्नेबारे प्रकाश पारेका थिए ।

288
कारोबार संवाददाता
बिहिवार, असार ११, २०७७

दोलखाको शैलुङ गाउँपालिकाले कोरोना सर्तकता र रोकथामका लागि भएको सम्पूर्ण आम्दानी र खर्च सार्वजनिक गरेको छ । कोरोना भाइरस रोकथामका लागि भएका आफ्नो गाउँपालिकाले गरेका कामको विवरणसहित आम्दानी खर्च सार्वजनिक गरेको हो । कोरोना महामारीको सर्तकता र रोकथामका लागि स्थानीय तहहरूमध्ये दोलखाको शैलुङ गाउँपालिकाले आम्दानी खर्च सार्वजनिक गरेको हो । देशमा कोरोना महामारीमा भएको खर्चको सार्वजनिक गर्न व्यापक दबाब परेर स्वास्थ्य मन्त्रालयले खर्च सार्वजनिक गरेपछि स्थानीय हतले पनि खर्च सार्वजनिक गरेको हो ।

429
कारोबार संवाददाता
बिहिवार, असार ११, २०७७

विश्व महामारीका रूपमा फैलिरहेको नोवेल कोरोना भाइरस अर्थात कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत ११ गतेदेखि जेठ ३२ गतेसम्म लागू भएको लकडाउन बन्दाबन्दीमा देशका बिभिन्न जिल्ला तथा भारत र अन्य तेस्रो मुलुकबाट घर फर्केका १४ दिनसम्म क्वारेन्टाइनमा बसेकाहरूलाई सरसफाइलगायत खाने सामग्री सहयोग भएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने सोरुगाउँपालिका र पूर्वि करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा देशका बिभिन्न सहर तथा भारत र अन्य मुलुकबाट आई १४ दिनसम्म क्वारेन्टाइन बसेकाहरूलाई स्टोरिज अफ नेपाल नेपाल समुदायले सरसफाइको सामग्री साथै बिहान दिउँस खाने खाजा नास्ता सहयोग गरेको हो ।

309
कारोबार संवाददाता
बिहिवार, असार ११, २०७७

देशभरका ७७ जिल्लामध्ये ६१ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ घर भएका २७ वर्षीय युवाको बिहीबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याबमा स्वाब पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले जानकारी गराए ।

390
कारोबार संवाददाता
बिहिवार, असार ११, २०७७

अमेरिकाले नेपाली सेनालाई ४ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधबार जंगी अड्डामा आयोजिक एक कार्यक्रमका बीच नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

274
कारोबार संवाददाता
बिहिवार, असार ११, २०७७

खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टिनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो । मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टिनमा कति संख्यामा बनाउनेलगायतका विषयमा छलफल अघि बढाएको छ ।

262
कारोबार संवाददाता
बिहिवार, असार ११, २०७७

मुगुका पहिलो कोरोना संक्रमित युवाको दोस्रो परीक्षण गरिँदा नेगटिभ रिपोर्ट आएको छ । योसँगै कोरोना शून्य जिल्ला बनेको छ मुगु । जेठ २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परिक्षणमा मुगु जिल्ला खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ वर्षिय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणको पुष्टिसंगै उनी मुगुको पहिलो संक्रमित भएका थिए ।

370
सागर परियार
बुधवार, असार १०, २०७७

पछिल्लो जुम्लामा समयमा निकै कम हुँदै गएको भनिएको कोरोना संक्रमण फेरि बल्झिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा डयुटीमा खटिएका ४ जना स्वास्थ्यकर्मी र एकजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अहिले अस्पतालको इमरजन्सी सेवाबाहेक अन्य बन्द गरिएको छ । प्रतिष्ठानको फरक–फरक डिपार्टमेन्टमा काम गर्ने ४ जना कर्मचारीहरूमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए । मध्यरात ती स्वास्थ्यकर्मी र कर्मचारीहरूको समेत रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई आइसोलेसनमा राखिएको प्रतिष्ठानले जनाएको छ । एक हस्तादेखि १४ दिन निरन्तर काम गरिरहेका कर्मचारीहरूमा पोजेटिभ देखिएपछि अहिले अस्पताल क्षेत्रमा तरङ छाएको छ । समुदायमा पनि कोरोना फैलिएको आशंका गरिएको छ ।

282
कारोबार संवाददाता
बुधवार, असार १०, २०७७

कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणका कारण थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । दैलेखको दुल्लु नगरपालिका–३ घर भएका ४५ वर्षीय पुरुषको कोभिड–१९ को कारण मृत्यु भएको जानकारी मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइयो ।

402
कारोबार संवाददाता
मंगलबार, असार ९, २०७७

झापामा कोरोना भाइरस नियन्त्रण, उपचार र राहतका लागि झापामा नागरिक स्तरबाट एकका लागि एक अभियानमार्फत निर्वाह भएको भूमिकाको जिल्लास्थित राजनीतिक दलहरूले प्रशंसा गरेका छन् । मंगलबार बिर्तामोडमा भएको छलफलमा दलका नेता तथा स्थानीय प्रशासनका प्रतिनिधिले एकका लागि एक अभियानमार्फत भइरहेको कार्य नयाँ र नमुना भएको बताए ।

523
कारोबार संवाददाता
मंगलबार, असार ९, २०७७

धनकुटा कोरिया समाजले धनकुटामा करिब ५ लाखबराबरको कोरोना विरुद्धको स्वाथ्य सामग्री सहयोग गरेको छ । धनकुटा स्थायी बसोबास भएका र हाल रोजगारीको सिलसिलामा कोरिया रहेका धनकुटेलीहरूको समूहले धनकुटामा ४ लाख ८० हजार रुपैयाँबराबरको सहयोग गरेका हुन ।

247

सातामा धेरै पढिएको