प्रकाश लम्साल
आइतवार, जेठ १८, २०७७
553

बारा-भारतबाट स्थानीयहरु फर्किन थाले पछि बारा जिल्लाका वडा कार्यालयहरुले संक्रमण रोक्न आफै क्वारेन्टाईन निर्माण गर्न थालेका छन् ।
नगरले संचालन गरेको कोरोना अस्पतालमा स्थान अभाब र भारतबाट झण्डै तीन लाख नेपालीले तत्काल नेपाल आउन चाहेको सरकारले जनाए संगै जितपुर सिमरा उपमहानगरको वडा नम्बर चार औराहले जिल्लामै पहिलो पटक आफना वासीन्दाका लागी क्बनरेन्टाईन संचालनमा ल्याएको हो ।

सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरुका लागि २० वटा नाका तोके संगै बिरगंज भन्सार नाका बाट दुई दिन यता करीब आठ सय नेपाली स्थलमार्ग बाट भित्रीएको छ भने खुल्ला सिमानाका कारण बाराको बिभिन्न ग्रामीण क्षेत्रमा भारत काम गर्न गएकाहरु फर्कन थाले पछि अन्य वडाहरुले पनि जिल्लामा क्वारेन्टाईन बनाउन थालेका छन््।
बिधालय बाहेक प्रयोगमा नआएका वडाहरुको पाटी पौबा धर्मशाला क्लब घर लगाएतमा वडाले आफनै पहलमा क्वारेन्टाईन बनाई बिजुलि, पानी, सौचालय, स्वास्थ्य चेकजाच, सुत्ने व्यवस्था निशुल्क गरेको छ भने चौध दिन खानाको व्यवस्था भने सम्बन्धित परिवारले गर्नुपर्ने नियम बनाइएको छ ।
गाउँ फर्कनेहरुले खबर गर्ने गरेको प्रहरी प्रशासन र स्थानीयको निगरानी बढे पछि बिदेश बाट आई वडा प्रवेश  गरे लगतै सोझै क्वारेन्टाईनमा राख्ने व्यवस्था अन्तरगत जितपुर सिमरा उपमहानगरको ओराहमा सुरुबात गरीएको छ ।
नगरले बनाएको अस्थाई कोरोना अस्पतालहरुमा स्थान अभाब हुन थाले पछि आफना वडा बासीको लागी सुरक्षित गर्न क्वारेन्टाईन बनाइएको वडाअध्यक्ष ईश्बर केसीले बताए। उनले भने उपमहानगरले बनाएको अस्पताल भरीएको र भारत गएका आफनो वडाका स्थानीय फर्केको खबर आउन साथ तत्काल क्वारेन्टाईन बनाइएको र यस्मा क्लासीक ईन्डष्टिज, स्थानीय सहयोगी र दाताहरुको सहयोग रहेको बताए ।
यस अघि जिल्ला बिपत व्यवस्थापनको जेठ १५ गते बसेको बैठकले १६ वटै स्थानीय तहहरु मध्ये उपमहानगरपालिकाहरुले ५० बेड , नगरपालिकाहरुले २५ बेड र गाउपालिकाहरुले १० बेडको आइसोलेसन वार्ड निर्माण गर्ने निर्णय गरेको छ । हाल सम्म बारामा ५८ जना संक्रमीत रहेका छन् ।