कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७
432

वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा आर्थिक सहयोग जुट्न थालेको छ । कोरोना संक्रमणबाट महानगरवासीलाई सुरक्षित राख्न मेयर विजयकुमार सरावगीको सक्रियताले कोरोना विशेष अस्पतालको स्थापनापछि क्वारेन्टाइन व्यवस्थापन र परीक्षण गर्नका लागि पीसीआर, किट र भीटीएम खरिदका लागि सहयोग आह्वान गरेको छ ।
विभिन्न संघ संस्था र व्यक्तिगत पनि सहयोगहरु जुट्न थालेको वीरगन्ज महानगरपालिकाका मेयर सरावगीले जानकारी दिए । बुधबार भगवती स्टील प्रालिले एक लाख १ हजार र सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५१ हजार एकसय ५१ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

भगवती स्टिल प्रालिका प्रतिनिधि र सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी प्रबन्धक तसविरन खातनुले वीरगन्ज महानगरपालिकका मेयर सरावगीलाई चेक हस्तान्तरण गरेका हुन् ।
वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा अहिलेसम्म एक करोड भन्दा बढी रकम जम्मा भइसकेको महानगरपालिकाले जनाएको छ । प्रदेश–२ को एक मात्र महानगरपालिका र नेपालकै प्रमुख नाकामा कोरोना संक्रमण देखा पर्नु भन्दा पहिलेदेखि नै यसको रोकथाम र नियन्त्रणमा गम्भीर भएर लागि परेका मेयर सरावगीले बताए । तर यसअघि जनताको काम नगरेको भन्दै मेयरको आलोचान हुने गरेको थियो । अहिले भने उनको कामलाई आलोचना गर्नेहरुले पनि प्रशंसा गर्न थालेका छन् ।
मेयरका शुभचिन्तकहरु नै भन्ने गर्छन्, “दुई वर्षसम्म मेयरसाव देखा नपरेको भनेर आलोचना सुन्नुपर्दा निकै निराश भएका थियौं, अहिले विपदको समयमा जनताको काममा देखिएको सक्रियताले मेयरसावको चौतर्फी प्रशंसा हुन थालेको छ ।”
यसैबीच वीरगन्जमा कोरोना संक्रमितहरु निको भएर गएपछि खाली भएको नारायणी अस्पताललाई पुनःसर्वसाधारण बिरामीको उपचार सेवा सुरु गर्न तल्लीन रहेका छन् ।
सोमबार साँझ नारायणी अस्पतालबाट ४३ जना एकैपटक डिस्चार्ज भएपछि मंगलबार बिहानै मेयर सरावगी आफै पुगेर नारायणी अस्पतालमा पुगेर अस्पताललाई निःसंक्रमण गराएरका थिए । नारायणी अस्पतालका चिकित्सकसँगको समन्वयमा बिहीबारदेखि नारायाणी अस्पतालमा डाईलासिस सेवा सुरु गर्ने भएको छ ।
नारायणी अस्पतालमा कोरोना संक्रमितहरुको उपचार गराउन थालेपछि अस्पतालबाट दिइँदै आएको सबैसेवा नेशनले मेडिकल कलेजमा सारिएको थियो । त्यहाँ राम्रो उपचार नपाएर डाइलासिल गराउने सात जना बिरामीको मृत्यु भएपछि नारायणी अस्पतालमा तत्काल सेवा सुचारु गर्न दबाव बढेको थियो । बिहीबारदेखि पहिलो चरणमा डाईलासिस सेवा सुर गर्न अस्पताल तयार भएको मेयर सरावगीले बताए ।