कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७
711

मंगलबार कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन् । यो सहित देशभर कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।
सबै प्रदेशमा फैलिइसकेको संक्रमण हालसम्म देशका ४६ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

मंगलबार मात्रै कपिलवस्तुमा २६ जना संक्रमित थपिएका छन् । रौतहटमा २२ जना संक्रमित थपिएका छन् । त्यस्तै बारामा ५ र सिराहामा ४ जना संक्रमित थपिएका छन् । बारामा भेटिएका २ जना जुम्लाका हुन् ।
त्यस्तै सुर्खेतमा १२ जना संक्रमित थपिएका छन् । बाँकेमा ७ जना संक्रमित थपिएका छन् । स्याङ्जा, महोत्तरी, गुल्मी र अर्घाखाँचीमा २–२ जना संक्रमित थपिएका छन् । रुपन्देही, धनुषा, अछाम र कैलालीमा १(१ जना संक्रमित थपिएका छन् ।
अहिलेसम्म कोरोना संक्रमितमध्ये १ सय ५५ जना डिस्चार्ज भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ ।