सागर परियार
बिहिवार, चैत्र २७, २०७६
893

जुम्ला-हिमा गाउँपालिका १ आर्चायलिहिका ६५ वर्षिय धन बहादुर बुढाको देर्बे खुटा र हात चल्न एक्कासी छोड्यो । करिब ३-४ वर्ष पहिले देखि दमरोग संग लडिरहेका बुढाको हात खुटा् नचल्दा परिवार आत्ति सकेका थिए । बेहोसी अबस्थामै चैत ७ गते उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुराइयो । बोल्न समेत छोडी सकेका उनलाई सिटि सक्यान गर्दा मस्तिष्क घात(मष्तिस्क रक्तश्राव) भएको देखियो ।
टाउकोको नसा फुटेर धेरै रगत जमेको थियो । उनलाई बचाउने अन्तिम बिकल्प भनेकै न्युरो सर्जरी सेवा अर्थात मष्तिस्कघातको शल्यक्रिया गर्नुनै थियो । तर सामान्य व्यक्तिमा ९० देखि ९५ प्रतिशत सम्म अक्सिजन हुन्छ । तर बिरामी बुढालाई अक्सिजन दिँदा समेत ८० सम्म मात्रै पुग्यो । शल्यक्रिया गर्दा बेहोस गर्दा पछि होसमा आउने वा नआउने ठुलो चुनौती देखिएको थियो । डाक्टर निलम कुमार खड्का सहितको सर्जरी टिमले उनको शल्यक्रिया कसरी गर्ने भन्ने बारे योजना बनाउदै थियो ।

त्यसैक्रमा चैत दोस्रो साता राती करिब २ बजेतीर बेहोस भएपछि ३ बजेबाटै उनको बे्रनको शल्यक्रिया शुरु गरियो । सुक्ष्मदर्शक यन्त्र (माईक्रोसस्कोप) प्रयोग गरी नसा फुटेर टाउकोमा जमेको रगत निकालेर ६५ वर्षिय धन बहादुर बुढालाई नयाँ जीवन दिन डाक्टर निलम कुमार खड्का सहितको टोली सफल भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पूर्वाधार संगै विशषज्ञ डाक्टर भएकै कारण मात्रै निकै महंगो र जटिल मानिने मष्तिस्क घातको शल्यक्रिया सफल भएको हो ।
केहि दिन आईसुयूपछि अहिले सर्जरी वाडमा राखिएको छ । बुधबारदेखि खाना समेत खान थालेका छन् । बुबाको हालको अबस्था देख्दा उनका छोरा भिम बहादुर रावत निकै खुसी छन् । मेरो बाबाले नयाँ जीवन पाएका छन् । रावतले भने, उहिले सिटामोल नपाएर ज्यान गुमाउने कर्णालीमा हाल जीवन र मृत्युको दोसाँधमा रहेका विरामीलाई नयाँ जीवन दिने उपचार शुरु हुनै निकै खुसी र गौरबको कुरा हो ।
जुम्लामै यति जटिल खालको उपचार हुदो रैछ भन्ने कल्पना नगरेका भिम बहादुरले आफ्नो बुबाको मष्तिस्क घातको सफल शल्यक्रिया भएको देख्दा अब कर्णालीबासीले महंगो खर्च गरी काठ्मान्डौ जाने उपचार नपाएर ज्यान गुमाउने बाध्यताको अन्त्य भएको भन्दै खुसी व्यक्त गरे । होस घुमाई सकेका बोली बन्द भईसकेका ६५ वर्षिय धनबहादुरको सफल उपचारले उनि जस्ता हजारौ बिरामीलाई खुसीको साहास फेर्न उत्प्रेरण समेत मिलेको छ ।
न्युरो सर्जरी सेवा (नसा सम्बन्धी रोग)को शल्यक्रिया गर्ने सेवा शुरु गरेको ३ महिना नबित्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुलुकलाईनै अब कर्णालीका नागरिक गम्भीर प्रकृतिका रोगको उपचार नपाएर मर्ने बाध्यताको अन्त्य भएको, खुसीको सन्देश बाडेको छ । जो हामी कर्णालीबासीबका लागि गौरबको विषय हो ।
जीवनका एक दशक भन्दा बढी न्युरो सर्जरी क्षेत्रमै विताएका न्युरो सर्जरी प्रध्यापक डाक्टर निलम कुमार खड्काले कर्णालीमा सिटिस्क्यान, न्युरो सर्जरी सेवा शुरु हुनु निकै गौरबको कुरा भएको बताए । विशषज्ञता भएर मात्रै हुदैन् थियो तर प्रतिष्ठानमा केहि समय अघि देखिनै सिटिस्क्यान मेसिन, सेक्रेटरी सेट(टाउको खोल्ने सामान) सबै पूर्वाधारको व्यवस्था भएकाले अहिले धनबहादुर नयाँ जीवन पाए भोली उनि जस्ता हजारौले नयाँ जीवन पाउने विश्वसा व्यक्त गरे ।
कुनै बेला उपचार नपाएर अकालमै ज्यान गुमाउने कर्णालीमा न्युरो सर्जरी जस्ता सेवा संचालन गरी बाच्ने अधिकार प्रत्याभुति गराउनु भनेको राज्यलाई अब कर्णाली स्वास्थ्य क्षेत्रमा सक्षम छ भन्ने सन्देश दिनु हो डाक्टर खड्का भने । उनका अनुसार हाल सम्म न्युरो सर्जरीको सामान्य शल्यक्रिया २-३ वटा भईसकेका छन् ।
डाक्टर निलम कुमार खड्का, डाक्टर सुर्यमान लिम्बु, डाक्टर निराजन महासेठ,डाक्टर माणिक न्यौपाने र डाक्टर हरिहर देवकोटाको टिमले न्युरो जर्सरी(नसा रोग) का जटिल शल्यक्रिया गरिरहेको छ । धनबहादुर बुढालाईको उपचार पनि यसै टिमले गरेको हो ।

प्रभावकारी न्युरो सर्जरी सेवा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा न्युरो सर्जरी नसा रोग शल्याक्रिया)सेवा शुरु भएको केहि महिनामा प्रभाव पर्दै गएको छ । यसअघि विभिन्न विशेषज्ञ सेवा सञ्चालन गर्दै आइराखेको प्रतिष्ठानले न्युरो सर्जरी सेवा पनि सञ्चालनमा ल्याएको थियो ।
प्रतिष्ठानले हाडजोर्नी तथा नसा रोग, जनरल सर्जरी स्त्री तथा प्रसुती रोग, जनरल मेडिसिन, मानसिक रोग, बालरोग, आँखा रोग, दाँत रोग, आईसीयु एनआईसीयु रेडियोलोजी एनेस्थेसिया सेवा प्रदान गर्दै आएको थियो । पहिले विशेषज्ञ चिकित्सक र औषधि उपकरण नहुँदा महंगो खर्च गरेर सुर्खेत, नेपालगंज र काठमाण्डौका अस्पताल धाउने कर्णालीबासी अहिले जुम्लामा विशेषज्ञ सेवा पाइराखेका छन् ।
न्यूरो सर्जन चिकित्सक निलम खड्का प्रतिष्ठानमा आएसंगै नसा सम्बन्धी शल्यक्रिया सेवा सुरु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।
न्यूरो सर्जरी सेवा उपलब्ध नहुँदा नेपालगञ्ज र काठमाडौं रेफर गर्नुपर्ने बाध्यता रहेको थियो । जुम्लामा न्युरो सर्जन पुगेसँगै अब टाउको र नसामा समस्या भएका यस क्षेत्रका बिरामीले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता टरेको निर्देशक रावलले बताए । उनले मृत्यु संग लडिरहेका विरामीलाई बचाएर संस्तोमै कर्णालीमा विशषज्ञ सेवा दिन कर्णाली अस्पताल सक्षम रहेको दाबी गरे ।
प्रतिष्ठानले जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्य सेवा प्रदान गर्न सरकारले विसं २०६८ मा जुम्लामा यस प्रतिष्ठान स्थापना गरेको थियो ।