कारोबार संवाददाता
बिहिवार, चैत्र २७, २०७६
348

धनकुटा- कोरोना भाइरसको उपचारमा सहयोग गर्नका लागि सूर्यवहादुर थापा प्रतिष्ठानले धनकुटामा स्वास्थ्य संस्थालाई स्वाथ्य सामग्रीहरु प्रदान गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष तथा पूर्व उद्योग मन्त्री सुनिल वहादुर थापाले धनकुटाका विभिन्न स्वास्थ्य संस्थाका लागि स्वाथ्य सामग्री हेलिकप्टरबाट पठाएका हुन् ।
प्रतिष्ठानबाट आईसोलेसन एण्ड क्वारेन्टाईन धनकुटा औद्योगिक ग्राम, धनकुटा अस्पताल र धनकुटा जिल्लाका विभिन्न ११ वटा स्वास्थ्य संस्थाहरुका लागी पीपीई ७४ थान, एम्बुलेन्स चालकका लागि २२ सेट पञ्जा, २२ वाकस सेनिटाइजर, ३० बोतल हेण्डवास ७२ थान सावुन, मास्क लगायत विभिन्न स्वाथ्य समाग्रीहरु प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष एवं पूर्व मन्त्री थापाले जानकारी दिए । स्वास्थ्य सामग्री प्रतिष्ठानका निर्देशक मदन घिमिरेले धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा विपत व्यवस्थान समिति धनकुटा जिल्ला अध्यक्ष केशव प्रसाद विमलीलाई प्रदान गरेका थिए ।