सागर परियार
बुधवार, चैत्र २६, २०७६
378

जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८० बेड आईसोलेसन थपिदैँ छ । कर्णाली प्रदेश सरकारले प्रतिष्ठानलाई आईसोलेसन अस्पतालका रुपमा तोके संगै थप ८० बेडको आईसोलेसन थप्ने तयारी भएको प्रतिष्ठानका अस्पताल निर्देशन डाक्टर मंगल रावलले बताए । उनका अनुसार प्रतिष्ठानमा १ सय २० बेडको आईसोलेन तयार छ । जुन कर्णालीमै बढी बेड आईसोलेनस हो ।
तर कर्णालीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ८० बेड आईसोलेन थपेर १ सय २० बेडबाट २ सय बेडको आईसोलेन बनाउने तयारी भएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लले बताए । गएको शनिवार जुम्ला आए आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको उपस्थितीमा बसेको बैठकले अस्पतालमा ८० बेड आईसोलेन थप गर्र्ने निर्णय गरेको हो । तत्तकाल ८० बेड आईसोलने थपेर २ सय बेडको बनाउन समेत मन्त्री भण्डारीले निर्देशन दिएका थिए ।

कर्णालीलाई धान्न सक्ने पूर्वाधार तथा जनशक्ति जुम्लामा भएकाले आईसोलेन बेड बनाउन कुनै समस्या नरहेको समेत रजिष्टार काफ्लेको भनाई छ । अब जुम्लामा मात्रै २ सय बेडको आईसोलेन हुने भएको छ । कर्णालीका १० जिल्लामा कोहि संक्रमित भएको खण्डमा सिधै जुम्लामा उपचार हुने व्यवस्था समेत भएको छ । हाल १० बेडको आईसियू, र ५ वटा भ्यान्टीलेटर तयारी अबस्थामा रहेका छन् ।
अस्पताल निर्देशक मंगल रावलका जनचेतना कार्यक्रम, विशेषज्ञ डाक्टर धिरज गुरुङको नेतृत्मा कोभिड टाक्स गुरुप, त्यस्तै ¥यापिड रेस्पोन्स टिम, हेल्थ डेस्क तथा क्वारेन्टाईन अनुगमनकालागि आबश्यक संयन्त्र तयारी अबस्थामा छन् । भने, हाल प्रतिष्ठानका ३२ जना विशेषज्ञ डाक्टर र २६ जना मेडिकल अफिसर गरी ५८ जना कोरोनाको बिरुद्धको उपचारमा खटिरहेका छन् ।
करिब साढे तीनसय कर्मचारी अहिले कोरोनाको रोगथामका लागि हाईअर्लटमा राखिएको छ । ८२ बढि पिपिई सेट आई सकेको र एक दर्जन बढि थर्मोस्क्यान पुग्न लागेका छन् । भने अहिले थप ८० बेडको आइसोेलेसनको काम भईरहेको ।