सागर परियार
बिहिवार, चैत्र १३, २०७६
372

जुम्ला -भारतबाट जुम्ला भित्रिएका ३१ जनालाई क्वारेन्टाईन्मा राखिएको छ । यहाँको हिमा गाउँपालिका २४, पातारासी गाउँपालिमा ६, र चन्दननाथ नगरपालिकाको स्थित प्राविधिक शिक्षालयमा १  जनालाई क्वारेन्टाईन्मा राखिएको हो ।
हिमा गाउँपालिकाले विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस(कोभिड१९)को संक्रमणको जोखिमबाट बच्न अनिवार्य क्वारेन्टाईन्मा राख्ने निर्णय गरेको छ । सोहि अनुसार भारतबाट आएका २४ जनालाई १४ दिन सम्मका लागि क्वारेन्टाईनमा रोखिएको हिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढाले बताए ।

उनका अनुसार राहदेव मावि माफ्ला स्थित क्वारेन्टाईन्मा १९ जना र भानु मावि पाथरखोला स्थित क्वारेन्टाईन्मा ५ गरी २४ जनालाई १४ दिन सम्मका लागि क्वारेन्टाईन्मा राखिएको छ । त्यसै जिल्लाको पुर्वमा पर्ने पातारासी गाउँपालिकाले पनि भारतबाट आएका ६ जनालाई १४ दिनका लागि क्वारेन्टाईन्मा राखेको प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर थापाले बताए ।
बाटोमा विभिन्न ठाउँ हेल्थ डेस्कमा स्वास्थ्य चेकजाँच गराएपनि लकडाउनका बेला भारतबाट आएका कारण ६ जनालाई क्वारेन्टाईन्मा राखिएको हो । पातारासी छिर्ने सबैको रेर्कड राख्न उर्थुचौतारामा हेल्थ डेक्स समेत राखिएको छ । भने लकडाउनका बीचपनि हिजो सम्म जुम्लामा करिब २६ सय ७७ जना भित्रिएका छन् । भने क्वारेन्टाईन्मा जिल्लाभरी ३१ जना मात्रै रहेका छन् ।
बाहिरबाट आउने रहेक दाजुभाई दिदि बहिनीहरुले अनिवार्य स्वास्थ्य चेकजाँच गरेर जिम्मेवारी नागरिक दायित्व पुरा गर्न प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडले अपिल गरिन् ।