दिपक बोहरा
बिहिवार, चैत्र १३, २०७६
919

पाँचथर-देशमा संक्रमीतहरुको संख्या बढदै गए पछि पाँचथरमा रोगको संक्रमण नहुन बिभिन्न पूर्व तयारीहरु गरिदै आएको छ । पूर्वी जिल्ला पाँचथरमा क्वारेन्टाइन बनाउने देखि बिभिन्न तयारी गरिरहदा जिल्ला पाँचथरका स्वास्थ्यकर्मीका लागी भने स्वास्थ्य समाग्रीको समेत अभाव छ । जिल्लामा सर्जिकल मास्क समेत छैन ।
जिल्लामा अहिले सर्जिकल मास्क, सेटिनाईजर, देखि ज्वरो नाप्ने थर्मगनकै अभाव देखिएको हो । स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने न्यूनतम आवश्यकिय समाग्रिको समेत अभाव देखिएको हो । जिल्ला अस्पताल लगायतका स्वास्थ्य केन्द्र ज्वरो नाप्ने थर्मगनको अभाव छ । त्यसोत जिल्ला भित्रने विभिन्न नाकाहरु रहेका छन् । यो स्थानमा ज्वरो नाप्ने यन्त्र छैन् । डिजिटल थर्म्मिटरकै प्रयोग गरेर ज्वरो नापीरहेको अवस्था छ । ग्लोब, पन्जा बाहेकका आवश्यकिय समाग्रिको अभाव रहेको जिल्ला अस्पताल पाँचथरका प्रमुख डा बुद्धिवहादुर थापाले बताए । अस्पतालमा स्वास्थ्यकर्मीकालागि पर्शनल प्रोटेक्टीभ इक्युमेन्ट (पिपि)को अभावछ । ‘स्वास्थ्यकर्मीलाई न्यूनतम आवश्यकिय समाग्रिको अभाव छ । हामिले विभिन्न ठाँउमा लेखेर पठाएका छौँ’, डा. थापाले भने ‘सर्जिकल मास्क, थर्मगन, पिपि लगायतका महत्पूर्ण समाग्रिको अभाव छ ।’

तर पाँचथरमा पूर्व तयारीको क्षेत्रमा भने केहि राम्रा काम पनि हुदै गएका छन् । पाँचथर जिल्लामा तनि सय क्वारेन्टाइन निर्माण हुदैछ भने कतै निर्माणको चरणमा छन् ।
सदरमुकाम समेत रहेको फिदिम बजारमा मात्रै एक सय शैयाका क्वारेन्टाइन निर्माण थालिएको छ । गाउँपालिकाले कम्तिमा २५ वटा निर्माण गर्ने तयारी भएको छ । उनले भने–सदरमुकाममा काम सुरु भइसकेको छ । फिदिममा स्रोत केन्द्र भवन, फिदिम माबिको ब्लक, जिल्ला खेलकुद बिकास समितिको भवन लगायतका भवनमा क्वारेन्टाइन स्थापना गरिनेछ । आवस्यक परे फिदिम बजारमा रहेको खाद्यय गोदाममा पनि तयार पारिने बताइएको छ ।