दिपक बोहरा
बिहिवार, चैत्र १३, २०७६
222

पाँचथर-चैत्र ४ गते फ्रान्सबाट कतार हुदै नेपाल आएकी कोराना सक्रमित महिला चढेको विमानमै कतारबाट आएका पाँचथरका दुई युवाहरु जनालाई मोरङको टाडीमा रहेको क्वारेन्टाईनमा राख्नका मोरङ पठाइएको छ । घरैबाट एम्बुलेन्स मार्फत बुधवार साझ मोरङतर्फ लगिएको हो ।कतारबाट आएकादुई जनालाई सुरक्षीत क्वारेनटाईनमा राख्न मोरङ्गको टाडिँ पठाइएको र परिवारलाई भने होम क्वारेन्टाइनमा राखिने १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीइन्द्र बहादुर आङ्बोले जानकारी दिए ।
गत चैत ४ गते बाट नेपाल आएका मध्ये फाल्गुनन्द गाँउपालिका–१ नविडाँडाका का एक जना र फिदिम–६ शिवाका एकजना लाई सुरक्षित क्वारेन्टाईनमा पठाइएको हो ।अर्का एकजना पाँचथर ठेगाना भएका भनिए पनि उनीहाल झापा बसोबास गर्दै आएको पाइएको छ ।उनी पनि झापा माक्वारेन्टाईनमा रहेको आफन्तले जनाएका छन् ।
उनीहरुको स्वास्थ्यअवस्था हालसम्म सामान्य रहेका जानकारी दिइएको छ ।