सागर परियार
बुधवार, चैत्र १२, २०७६
595

जुम्लाका एक यूवालाई कोरोनाको आशंकापछि क्वारेन्टाईनमा राखिएको छ । सिंजाका ३२ वर्षिय यूवा भारतको कास्मीरबाट आएको करिब ११ दिनपछि चेकजाँच गर्दा उच्च ज्वरो देखिएपछि क्वारेन्टाईन्मा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए । उनका अनुसार उनी युवालाई विगत सात दिनदेखि निरन्तर उच्च ज्वरो र खोकी लागेको थियो ।
आफै उपचारका लागि शिक्षण अस्पताल जुम्ला पुगेका उनमा चेकजाँच गर्न कोरोनाको लक्षण देखिएपछि कर्णाली प्राविधिक शिक्षालय स्थित क्वारेन्टाईन्मा रोखिएको डाक्टर रावलको भनाई छ । जुम्लामा लग डाउनका बीचपनि दैनिक हजारौ नागरिक भारतबाट भित्रि रहेकाले कोरोना संक्रमणको उच्च जोखिम कर्णाली रहेको छ । हेल्थडेक्सहरुमा चेकजाँचमा कडाई गर्न समेत निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् ।

कोरोना परिक्षण सेन्टरको माग
दुर्गम क्षेत्रको सबैभन्दा ठुलो स्वास्थ्य संस्थाका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लिईन्छ । तर केहि पूर्वाधार अभावले जटिलको खालको उपचारमा कठिनाई हुने गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षण सेन्टर नहुँदा एकजनाको परिक्षण गराउन एम्बुलेन्स लिएर काठमान्डौ पठाउनुपर्ने बाध्यता रहेको अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताए । हाल क्वारेन्टाइनमा रहेका ३१ वर्षीय यूवाको कोरोना हो वा हैन भन्ने पृष्टी गर्न केहि दिनमा काठमाडौँ पठाउने तयारी छ ।
कोरोनाको लक्षण देखिएका युवालाई क्वारेन्टाईनमा राखेका  छौ उनले भने । उनको परिक्षणका लागि काठमाडौँ पठाउनु पर्ने बाध्यता छ । मन्त्रीपरिषदको बैठकले नेपालका सबै प्रतिष्ठान सहित नेपालगन्ज र बुटवलमा समेत कोरोना परिक्षण सेन्टर स्थापना गरिसकेको र जुम्ला अस्पतालमा नभएकाले सरकारको ध्यानआर्षण कर्णालीमा  चाडै कोरोना परिक्षण सेन्टर स्थापना गर्न माग राखेका छन्  । विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको उच्च जोखिम कर्णालीमा छ ।
कर्णालीमा भारतबाट आउने संख्या उल्लेखीय भएकाले कोरोना संक्रमित बढ्ने सक्ने देखिन्छ । कर्णालीका १० वटै जिल्लामा विशेष  सेवा प्रवाह गरिरहेको कर्णाली अस्पतालमा कोरोना परिक्षण सेन्टर नहुँदा कुनैपनि बेला हुन सक्ने जोखिमबाट कर्णाली थप समस्या झेल्नुपर्ने अबस्था छ ।
जुम्लामा रातारात गरी भारतबाट आएका व्यक्तिहरु खुलेआम गाउँमा घुमिरहेको समेत हल्ला बाहिरिएपछि चेकजाँच संगै उच्च सतर्कता अपनाइएको छ । अस्पतालका सबै विशषज्ञ डाक्टर चिकित्सकलाई बिदा नदिएर हाईअलर्ट राखिएको छ ।
एक महिनालाई पुग्ने करिब १० लिटर स्यानीटाईजर पनि प्रतिष्ठान उत्पादन गरेको स्टोर किपर संगम गौतमले बताए । प्रतिष्ठानले आज ५ बजे गरेको पत्रकार भेटघाटमा कर्णाली अस्पतालमा कोरोना परिक्षण सेन्टर स्थापनाका लागि तीनैतहका सरकारले आबश्यक पहल गर्न गरिदिन समेत आग्रह गरिएको हो ।