कारोबार संवाददाता
बुधवार, पुष २३, २०७६
611

सुदर्शन बस्नेतको अध्यक्षतामा प्राकृतिक चिकित्सा तथा योग हस्पिटल सञ्चालकहरू संगठित भएका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै ‘प्राकृतिक चिकित्सा तथा योग हस्पिटल एसोसिएसन नेपाल’ गठन गरेको औपचारिक घोषणा गरिएको हो ।
प्राकृतिक चिकित्सा तथा योग अस्पताल क्षेत्रअन्तर्गत रहेका विभिन्न संस्था तथा अस्पताललाई एक पेसागत संस्था आवश्यकता भएको भन्दै एसोसिएसन गठन गरिएको जनाइएको छ । एसोसिएसनमा बस्नेतको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति छ । एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा डा. जनकबहादुर बस्नेत, उपाध्यक्षहरूमा डा. दीपा पाण्डे, डा. रविनलाल श्रेष्ठ, हरि सापकोटा, माहासचिव रुपेश अधिकारी र कोषाध्यक्षमा डा. आनन्द गैरे छन् । यस्तै सदस्यहरू डा. ऋषिराज बराकोटी (क्षितिज), डा. आयुषा अधिकारी, नमिता न्यौपाने, धुव्र घिमिरे, सरस्वती पन्थी भुसाल र शिव अधिकारी छन् ।

अध्यक्ष बस्नेतका अनुसार हालसम्म यो क्षेत्रमा २ अर्ब लगानी भइसकेको छ भने करिब २ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालमा प्राकृतिक उपचार पद्धतिको लोकप्रियता बढ्दै गइरहेकाले भोलिका दिनमा यस क्षेत्रका माध्यमले मेडिकल टुरिजमकै विकास गर्नसकिने व्यवसायीहरू बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा प्राकृतिक चिकित्सा तथा योगलाई हेर्ने छुट्टै निकाय गठन गरी स्पष्ट कानुन, नीति, नियम, निर्देशिका तथा कार्यक्रमहरू बनाइ यस क्षेत्रलाई व्यावसायिक र मर्यादित ढंगले संघीय तथा प्रदेश सरकारसँग समन्वय गरी अघि बढ्ने एसोसिएसनका अध्यक्ष अकु सुदर्शन बस्नेतले बताए ।