कारोबार संवाददाता
मंगलबार, आश्विन २८, २०७६
337

२६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञका रुपमा कार्यरत चिकित्सिक गोविन्द केसीले सोमबारबाट अवकाश पाएका छन् । चिकित्सा शिक्षा सुधारका लागि विभिन्न माग राखेर पटकपटक अनशन बस्दै आएका केसीले अवकाश हुँदै गर्दा पनि ६ बुँदे माग अघि सारेका छन् ।
त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेका डा. केसीले कात्तिक ८ गतेसम्ममा आफ्ना माग पूरा नभए १३ गतेदेखि आन्दोलनसहितको सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । आफूले समग्र स्वास्थ्य क्षेत्रको बारेमा बोलेको भन्दै उनले देशका कुनाकाप्चामा गएर पनि अनसन बस्ने बताए ।