लक्ष्मण ढुंगाना
आइतवार, आश्विन २६, २०७६
274

बाँकेमा धान पाकेर भित्र्याउने समयमा फौजी किराको प्रकोप देखीएको छ । जिल्लाका विभिन्न स्थानमा लगाईएको धानबालीमा एक्कैपटक फौजी किराले आक्रमण गरेपछि किसानहरु चिन्तित बनेका छन । फौजी किराले किसानको पाक्न लागेको धानबालीमा क्षति पु-याएको छ । केही समय अघि झापामा देखिएको अमेरीकन फौजी किराको प्रकोप बाँकेको धानवालीमा समेत पुगेको हो । 
बाँकेमा धान पाकेर भित्र्याउने समयमा फौजी किराको प्रकोप देखीएको छ । जिल्लाका विभिन्न स्थानमा लगाईएको धानबालीमा एक्कैपटक फौजी किराले आक्रमण गरेपछि किसानहरु चिन्तित बनेका छन । फौजी किराले किसानको पाक्न लागेको धानबालीमा क्षति पु-याएको छ । केही समय अघि झापामा देखिएको अमेरीकन फौजी किराको प्रकोप बाँकेको धानवालीमा समेत पुगेको हो । 

जिल्लाको डुडुवा गाउँपालिकाको कालाबन्जार क्षेत्रमा असोज १९ गते पहिलो पटक फौजी किराको प्रकोप देखा परेको थियो त्यसयता जिल्लाका विभिन्न क्षेत्रमा दैनिक रुपमा फैलिदै जाँदा किसानहरु चिन्तित बनेको डुडुवा गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष मोहन मिश्रले बताए । ‘फौजिकीरा ३-४ दिनमै यसक्षेत्रका अधिँकास भागमा फैलिसकेको छ’ उनले भने ‘किरा नियन्त्रणका लागि विषादी छिट्दा पनी नियन्त्रणमा आउन सकेको छैन ।’ खासगरी रातीको समयमा सक्रिय हुने फौजी किराले लार्भा अवस्थामा बढी क्षति पु-याउने गरेको छ । दिन भरी धानको गाँजमा लुक्ने र रात परेपछि धानको डाँड, पात र टुप्पा काटेर नोक्सान गर्ने गरेको छ ।
पाक्ने तयारीमा रहेको धान नोक्सान गरेपछि यतीबेला बाँकेका किसानहरु भने चिन्तित बनेका छन । किरा नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रले औषधि वितरण गरेपनि किरा नियन्त्रण हुन नसकेको कालाबन्जरका कृषक रतीराम कुम्हारले बताए । उनले आफ्नो २ विगाह जग्गामा लगाएको राधा–४ धान फौजी किराले काटेर नोक्सान पु-याएको बताए । उनले भने, ‘यसबर्ष धान निकै राम्रो भएको थियो, एक कठ्ठामा साढे २ क्विन्टल धान फल्ने अनुमान गरेको थिए, तर काट्ने बेलाको धान फौजी किराले सखाप पारेपछि उत्पादन शुन्य हुने भयो ।’ बर्षभरीको खानेमाना देखी लगाउने नाना सम्म धान खेती नै भएको भन्दै उनले सरकारले क्षतिपुर्ति दिनुपर्ने बताएका छन ।  कृषि ज्ञानकेन्द्र बाँकेका अनुसार फौजी किराले जिल्लाको डुडुवा गाउँपालिकाको हिरमिनिया, कालाबन्जार, कम्दी, राप्तीसोनारीको फत्तेपुर, बैजापुरका साथै नेपालगञ्ज उपमहानगरपालिकाका केही भागमा प्रकोपको रुपमा धान खेती नष्ट गरिरहेको छ ।
किराको प्रकोप देखीएको ठाउँमा अनुगमन गरी किरा नियन्त्रणका लागि प्रभावित क्षेत्रका किसानलाई ५० एम एलका दरले निशुःल्क विषादी वितरण गरिएको ज्ञान केन्द्र बाँकेले जनाएको छ । फौजी किरा प्रभावित क्षेत्रमा छिट्टै पुग्ने र तत्काल रोकथाम र नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विषादी वितरणसँगै किसानहरुलाई रोकथामका उपायहरुबारे जानकारी दिइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताए । प्रकोप फैलिँदै जाँदा सिमित बजेटका कारण प्रयाप्त रुपमा हुन नसके पछि किरा नियन्त्रणमा सघाउन बाली संरक्षण प्रयोगशाला खजुरा र कृषि मन्त्रालयमा जानकारी गरिएको उनको भनाई छ । 
ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत ओमप्रकाश शर्माले आफुहरुले सम्वन्धीत मन्त्रालयमा जानकारी गराएको बताउँदै बालिसंरक्षण प्रयोगशाला खजुराले पनी केही विषादी पठाई सकेको बताए  । उनले यो समस्या विगत ६-७ बर्ष देखी रहँदै आएको भन्दै सरकारले किरा नियन्त्रणका लागि गम्भिर रुपमा लिएर अनुसन्धान गर्नुपर्ने बताए ।  कृषकहरुले धान पाकेर भित्र्याउने तयारीमा रहेका बेला ठुलो क्षति व्यर्होनु परेको भन्दै सरकारले क्षतिपुर्ति दिनुपर्ने बताएका छन ।