कारोबार संवाददाता
आइतवार, असार २९, २०७६
371

पछिल्लो समय मुगु जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको पाइएको छ । विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाहरुले सुरक्षित गर्भपतनबारे चेतनामूलक कार्यक्रम चलाएपछि सुरक्षित गर्भपतन गराउने आमाको संख्या बढेको हो ।
गत आवमा मुगु जिल्लाभर २१० जनाले सुरक्षित गर्भपत गराएकोमा चालू आवमा यो संख्या ३७३ पुगेको छ । नेपाल सरकारबाट मान्यता प्राप्त मुगु जिल्लाका ७ वटा स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । मुगुमा गर्भपतन गराउनेमा २० देखि ४० वर्षका बढी छन् । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ मा बलपूर्वक गर्भपतन गराउन नहुने, लिंग पहिचान गरी गर्भपतन गर्न नहुने, गोपनियता कायम राख्नुपर्ने, सुरक्षित गर्भपतन गराउनुपर्ने उल्लेख छ ।