कारोबार संवाददाता
आइतवार, असार २९, २०७६
298

काठमाडौं । जगतगुरुका श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी हरिदासद्वारा युवाहरुमा आध्यात्मिक जागरणका साथै वहुआयामिक व्यक्तित्व विकास गर्ने उद्देश्यले संस्थापित राधे राधे सम्वध्द युवाहरुको मञ्च डिभाइन युथ क्लवले हेटौंडामा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ हटिया जुरेथुममा निर्माणाधिन जगदगुरुत्तम तथा श्री राधाकृष्ण मन्दिर परिसरमा चितवन मेडिकल कलेज तथा रिमेडि डाइग्नोष्टिक हेल्थ केयर हेटौंडाको प्राविधिक सहयोगमा संचालित उक्त स्वास्थ्य शिविरको नेपाल रेडक्रस सोसाइटी प्रदेश नम्बर ३ का अध्यक्ष भोला रुपाखेतीले शुभारम्भ गरेका थिए ।
विभिन्न रोगका विशेषज्ञ चिकित्शकहरुद्वारा स्वास्थ्य परीक्षण गरिएको उक्त शिविरमा २७० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । संस्थाले विगत ७ महिनायता देशका विभिन्न स्थानमा हरेक महिनाको तेश्रो शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।