कारोबार संवाददाता
आइतवार, बैशाख ८, २०७६
482

साइ पोलिक्लिनक एन्ड डाइग्नोष्टिक सेन्टर बानेश्वर र जेपी प्रतिष्ठान शंकरापुर लप्सीफेदीको आयोजनामा स्वास्थ्य शिविर आयोजना भएको छ । शंकरापुर लब्सीफेदीस्थित जेपी प्रतिष्ठानमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ७५ जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमा स्त्रीरोग, रक्तचाप, ग्याट्रिक, मधुमेह लगायतका समस्या भएका स्थानीयको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको थियो । गम्भिर स्वास्थ्य समस्या भएका स्थानीयको रगत र दिसापिसाबको परीक्षण गरिएको छ । शिविरमा ३ जना चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए । सो अवसरमा जेपी प्रतिष्ठान (मैत्री वृद्धाश्रम)मा रहेका वृद्धवृद्धाको पनि स्वास्थ्य परीक्षण गरिएको थियो ।